Friday, September 11, 2015

सबै ठाउँबाट हालेमालो गरौं ।

26 april 2015

ठूलो भुकम्प आइसकेपछि केही दिनसम्म सामान्य झट्का आउने गरेको बिगतको ईतिहासले पनि देखाउँछ,,,,,,त्यसैले कुनै अर्को ठूलो प्रलय नै पो भै हाल्छ कि भन्ने आशंकामा नरुमल्ली आफूलाई सुरक्षित गर्न र घाइतेहरुको उद्धारमा जुट्नु यतिबेला सबैको कर्तब्य हो,,,,,परदेशमा रहेकाहरुले देश र देशबासीको महापीडामा कसरी मल्हम लगाउन सकिन्छ,,,,,यता तिर सोच्ने बेला भयो है,,,,सबै ठाउँबाट हालेमालो गरौं ।

सान्त्वनाका शब्दहरु नपाउँदा

26 april 2015
अरु बेला पार्टीका कार्यक्रमहरुको बारेमा भुरुरु स्टाटस लेख्ने नेपाली नेताहरु फेसबुकबाट सबै गायब हुनु भएको छ,,,,,उद्धार कार्यमा जुट्नु भएकोले हो भने ठिकै छ,,कम्तिमा जनताहरुलाई सान्त्वना दिनको लागि केही स्टाटस लेखे राम्रो हुन्थ्यो,,,,नरेन्द्र मोदी देखि डेभिड क्यामरुन सम्मको सान्त्वना फेसबुकमा पढी सकियो ।
आफ्नै नेताहरुको केही सान्त्वनाका शब्दहरु नपाउँदा दुःख लागेको अवस्था ।

संसारका मानिस हामी एउटै हौं,,,,,,

26 april 2015

काल्पनिक सीमालाई मैले कहिल्यै गर्व ठानिनँ,,,,अहिले नेपाललाई विभिन्न देशले सहयोग गरिरहेको समाचार सुन्दा बढी भावुक बनेको छु,,,,संसार एउटै हो,,,,संसारका मानिस हामी एउटै हौं,,,,,,

हैन मान्छेहरु कति अन्धबिश्वासी,,,,,,,,,

26 April 2015

हैन मान्छेहरु कति अन्धबिश्वासी,,,,,,,,,
कोही पशुपती नाथ रक्षा गर रे !
,,,,,,कोही भगवान बचाउ रे !
कोही गड एण्जलले यसो भनेको छ रे ! ...
कोही आत्मनन्दले यसो भनेको थियो रे !

आफै त माहादेव उतानो पर,,,,कसले देला वर ।

मान्छे मार्न थापिएका धराप

26 april 2015

धरहरा लगायत काठमाण्डौका अधिकाँस पुराना संरचनाहरु मान्छे मार्न थापिएका धराप जस्तै थिए,,,
न यिनीहरुको संरचनालाई बलियो बनाउन नै सक्यो राज्यले, न उखेलेर फाल्न नै ।
यी ज्यानमारा संरचनाहरु अहिले मसान घाट भएका छन्,,,,यी मसानघाटको होइन यिनीहरु भत्किन्दा मृत्युवरण गर्न पुगेका होनाहार नेपाली जनहरुलाई स्मरण गरौं र शोकसन्तप्त परिवारजनमा समवेदना जाहेर गरौं,,,,मान्छे मार्ने धरापलाई होइन ।

तिम्रै हातमा छ सरकार,,,,,!

26 april 2015

धेरै आशा त छैन तर पनि देश तिम्रै हातमा छ सरकार,,,,,!
देश बिदेशबाट जुटिरहेको सहयोग,,,भूकम्प पीडितहरुले पाउन्,,,,,,,
प्राप्त सहयोग रकममा पनि खान पल्केका तिम्रा मन्त्री, सचिव र कर्मचारीहरुको नजर पर्न सक्छ,,,,यदि त्यसो हुन गयो भने अर्को महाप्रलय तिमी माथी आईपर्ने छ,,,,,चेतना भया !

राहत बितरण समिती बनाईयोस्

27 april 2015

भूकम्पबाट पीडितहरुलाई तुरुन्तै राहत उपलब्ध गराउन सर्वपक्षीय राहत बितरण समिती बनाईयोस्,,,,,
प्रधानमन्त्री राहत कोषमा जम्मा हुने रकम दुरुपयोग हुने धेरै सम्भावना छ,,,,,त्यसैले छुट्टै कोषको ब्यवस्था गरियोस्,,,,,,,
सरकारमा सामेल पार्टीका यूवा नेताहरु बढी कृयाशिल हुन आवश्य छ,,,,,मन्त्रीमण्डलमा रहेकाहरुको कुनै भर छैन,,,,पार्टी भित्रै हस्तक्षेप गरेर यूवा नेताहरु अगाडी नआए पीडितहरुको उद्धार र राहत बितरण कार्यक्रम प्रभावकारी हुँने देखिन्दैन ।
...
यस्तै संकटकालिन अवस्थामा यूवा नेतृत्वले निर्वाह गरेको भूमिकाले उसको क्षमतालाई उजागर गर्छ । यूवा नेताहरु पार्टीका सिमित घेराभन्दा बाहिर आएर राष्ट्रलाई नेतृत्व दिनुस् ।

रक्तदान जीवन दान

27 april 2015

आज उपत्यका लगायत देशका बिभिन्न स्थानमा रक्तदान कार्यक्रम भैरहेको भन्ने सूचना आइरहेको छ ।
रक्तदान जीवन दान हो,,,,यो बिपतको घाडीमा झन् महादान नै हो ।
16 बर्ष माथिका स्वस्थ पुरुषहरुले हरेक तीन-तीन महिनामा र गर्भवती बाहेक 16 बर्ष माथिका महिलाहरुले ६-६ महिनामा रक्तदान गर्न सकिन्छ ।
...
हाम्रो शरिरमा रगत उत्पादन हुने र अनावश्यक रगत विभिन्न माध्यमबाट शरिरबाट बाहिरिने क्रम चलिरहन्छ,,,,त्यसैले शरिरबाट निकालिने एक पाउण्ड रगत त्यही खेरो जाने रगत भित्रै पर्छ,,,,
जीवनमा मैले पनि धेरै समय यो अवसरबाट बञ्चित हुनु परेको थियो,,,कारण म गाउँ घरमा थिँए,,,तर जब अवसर आयो म कहिल्यै पछाडि हटिन,,मैले ११ पटक रक्तदान गरेको छु,,,,,मलेसियामा छु र यो महान अवसरबाट बञ्चित छु । तर जति पनि स्वस्थ साथीहरु देशमा हुनुहुन्छ,,,,यो महान अवसरबाट आफूलाई टाढा नलानुस्,,,,,रक्तदान गरेर कसैको जीवन बचाउनुस्,,,,,,,साँचो धर्म यही हो ।

उदेश्य जे सुकै होस्

27 april 2015

उदेश्य जे सुकै होस् तर अहिलेका राजनीतिक पार्टीहरुमा मैले केही आशा गरेको पार्टी नवगठित नेकपा माओबादी पनि हो ।
यो बिपतको घडीमा राजधानी लगायत देशै भरी सामानको मूल्य वृद्धि गरेर कालाबजारियाहरु मौकामा चौका हानिरहेका छन्,,,,यस्तालाई कार्वाही गर्न सरकारको सामर्थ्य पनि छैन र चाहँदैन पनि ।
त्यसैले बिप्लव कामरेड,,,, पार्टीका इमानदार र सचेत कार्यकर्ताहरुलाई बजार अनुगमनमा खटाई मूल्य वृद्धि गर्ने ब्यापारीको सामान जफत गरि भूकम्प पीडितहरुलाई बाँडी दिए,,,,,यो बेला महान कार्य हुनेछ ।

होसियार सरकार

27 april 2015

होसियार सरकार ! तिम्रा मन्त्री र कर्मचारीहरुले भूकम्प पीडितहरुको नाममा आएको सहयोगलाई भ्रष्टाचार गर्ने र आफू निकटकाहरुलाई मात्र उपलब्ध गराउने प्रबल सम्भावना छ,,,,,,यदि यो बेला पनि तिम्रा मन्त्री त तिमी मातहतका कर्मचारीको बुद्धि फिरेन भने तिम्रो सानो र एक्लौटी संसारमाथि 10 रेक्टर स्केलको भुकम्प आउने निश्चित छ । त्यसैले बेलैमा चेतना भया !

राष्ट्र सेवकको पगरी गुथ्नु बेकार छ

28 april 2015

पार्टीको झोला भिरेर सरकारी जागिर पड्काउने विभिन्न पार्टीका कर्मचारी संगठन र शिक्षक संगठनहरु कता हराए ?
पार्टीको लागि करोडौं चन्दा उठाउने यी संगठनहरुले तुरुन्तै निर्णय गरेर भूकम्प पीडित कर्मचारी र शिक्षक बाहेक अरुलाई कम्तिमा 15 दिनको तलब उद्धार कोषमा अनिवार्य जम्मा गर्न वा सरकारलाई नै सिधै तलबबाट कट्टा गरि जम्मा गर्न लाउन तत्कालै निर्णय गरोस् ।
तिनै जनताहरुले तिरेको करले तलब खाईरहेका कर्मचारी र शिक्षकहरुले जनताहरु महा बिपत्तिमा पर्दा यति पनि गर्न नसके राष्ट्र सेवकको पगरी गुथ्नु बेकार छ ।

अब देश सम्हालिनु पर्छ

28 april 2015

अब देश सम्हालिनु पर्छ,,,,यो बेला सबै एक भएर पुन: निर्माण र पीडित जनताहरुको न्यूनतम आवश्यकता पूर्तिको लागि जुट्नु पर्छ ।
त्यसैले संविधान सभाको बैठक न्यूनतम् ६ महिना स्थगित गर्नु पर्छ ।
पार्टीहरुको महाधिवेसन, सम्मेलन जस्ता कार्यक्रमहरु पनि न्यूनतम ६ महिनासम्म नगर्ने प्रतिवद्धता जाहेर गरि सबै पार्टीका सबै शक्तिलाई राष्ट्रको पुनः निर्माणमा लगाउनु पर्छ ।
...
अहिलेको सरकारप्रती नागरिकको मात्र होइन स्वयं सरकारमा रहेका पार्टीका अधिकाँस सदस्यहरुको समेत आशा र बिश्वास गुमी सकेको छ । अहिलेकै ब्यक्तिहरु सरकारमा रहनु भनेको उनीहरु अझै आलोचित हुनु र देशलाई झन् अन्धकारको यात्रामा धकेल्नु मात्रै हो ।
त्यसैले अहिलेको सरकारलाई स-सम्मान बिदा गरेर उमेर, स्वास्थ्य, शिक्षा र इमानदारिताको ख्याल गरि सर्वदलीय-सर्वपक्षीय सरकार गठन गर्नु पर्छ । जुन सरकारलाई आम नागरिकले बिश्वास गर्न सकोस र त्यसले ब्यक्ती र पार्टीगत स्वार्थभन्दा माथी उठेर राष्ट्रको पुन: निर्माणमा जुट्न आम नागरिकलाई प्रेरित गरोस् ।
जीवनको उर्जाशिल समय कौडीको मूल्यमा बिदेशीलाई बेच्न बाध्य ५० औं लाख होनाहार यूवाहरु यो बेला देश फर्किएर देशको लागि श्रम र पसिना बगाउन चाहान्छन् ।
अब देशलाई ,,बिभाजन होइन एकताको खाँचो छ,,,,सम्मानको होइन सक्रियताको खाँचो छ,,,,भाषणको होइन नेतृत्वको खाँचो छ,,,,ब्यक्तिगत र पार्टीगत स्वार्थ होइन राष्ट्र निर्माणको संकल्पको खाँचो छ,,,,शक्तिको केन्द्रीकरण होइन बिकेन्द्रीकरणको खाँचो छ । र, नेताहरु जनताको नजरमा सम्मानित हुने परिस्थिती निर्माण गर्ने सबैभन्दा सुनौलो अवसर यहि हो ।
सबैमा चेतना भया !

मलेसियाका सम्माननीय प्रधानमन्त्री ज्यू,,,,

29 april 2015

मलेसियाका सम्माननीय प्रधानमन्त्री ज्यू,,,,
नेपाललाई अहिले मलेसियाको आर्थिक र भौतिक सहयोगभन्दा पनि गत सनिबारको महाभुकम्पले परिवारका सदस्य गुमाएका र बस्ने घर पूर्णरुपमा क्षति पुगी, स्वदेश फर्कन चाहने यहाँ कार्यरत नेपालीहरुलाई सहज ढङ्गले नेपाल फर्कने वातावरणको ठूलो खाँचो छ ।
मलेसियाका लागि महामहिम नेपाली राजदुत ज्यू,,,,...
भुकम्प पीडितहरुलाई यथासक्य राहत उठाउने कार्यमा मलेसियामा स्थापित विभिन्न संस्था मार्फत हामी जुटेका छौं,,यसतर्फ दुतावास नअल्झी नेपालमा परिवारका सदस्य गुमाएका र बस्ने घर पूर्णरूपमा क्षति भै नेपाल फर्कन चाहने नेपालीहरुलाई सहजरुपमा स्वदेश फर्किने वातावरण मिलाई दिनु भए सबैभन्दा ठूलो उपकार हुनेछ ।
धन्यवाद ।

नागरिक उद्धार कोष खडा गरे

29 april 2015

बिदेशमा भूकम्पबाट पीडितहरुको लागि सहयोग संकलन भैरहे पनि कहाँ र कसरी पठाउने भन्ने बारेमा अन्यौल छ । प्रधानमन्त्री राहत कोष र विभिन्न पार्टीको नाममा खोलिएको खातामा जम्मा गर्दा पीडितले नपाउने सम्भावना छ ।
संविधान सभाले सर्बदलीय एक समिती गठन गरेर उसैको नाममा भुकम्प पीडित नागरिक उद्धार कोष खडा गरे अलिक बिश्वासिलो हुने थियो कि ?

धेरैले यो फोटो र फोटोमा

30 april 2015


धेरैले यो फोटो र फोटोमा संलग्न ब्यक्तिहरुको बारेमा नकारात्मक टिप्पणी गरेको पाईयो ।
गुनासो मेरो पनि हो,,,,,कि, भूकम्पबाट पीडित नागरिकहरुले सुरक्षित रहेकाहरुबाट उद्धारको अपेक्षा गरिरहेको बेला छातिमा प्लेकार्ड भिरेर धर्ना बस्नु आफैमा राम्रो होइन ।
तर सरकार र सरकारका मन्त्रीहरुको अलमल, ढिलासुस्ती, लापरबाही र गैरजिम्मेवार पूर्ण व्यवहार प्रती खबरदारी गर्ने को हो त ?
...
सिन्धुपाल्चोकमा सहायक सिडियो माथी नागरिकको हातपात हुनु, उपप्रधान तथा स्थानीय बिकास मन्त्री आफ्नै निर्वाचन क्षेत्रमा लखेटिनु, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै नाराबाजी हुनु, प्रमुख जिल्ला अधिकारी र स्थानीय बिकास अधिकारीको कुर्सी तोडफोड हुनु,,,,,यी तमाम गतिबिधिहरुलाई हेर्दा राज्यलाई खबरदारी गर्न पुगेका वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौला लगायतको समूहलाई दोषी भन्न मिल्दैन ।
राहत बितरण कार्यमा हुने नाताबाद, पार्टीवाद, अनियमितता र पक्षपातप्रती अझै खबरदारी आवश्यक छ ।
यति हो,,,अलिक जवान साथीहरु उद्धार कार्यमा खटिनु भएको भए,,,बाहिर देख्नलाई राम्रो हुन्थ्यो ।
See More

नेता ज्यू,,,,कुनै जवाफ छ ?

30 April 2015

पचासौं हजार जनताहरु घरबार बिहिन भएका छन् । धेरैले परिवारका सदस्य र आफन्त जन गुमाएका छन् । एक छाक खाने अन्न बाँचेको छैन । तर नेपालका नेताहरु सामान्य चर्किएका आफ्ना घर र पार्टी कार्यालयको फोटो फेसबुकमा अपलोड गर्दै बसेका छन् ।
नेकपा एमालेका एक बरिष्ठ नेता Gurung Kiran ज्यूको फेसबुक पेज खोलेर हेर्न सक्नु हुन्छ,,,वहाँ नेता महोदयले बल्खु दरबारको फोटो फेसबुक वालमा राखेर भवनको भित्री भाग सामान्य क्षतिग्रस्त भएकोमा धेरै दु:ख मनाउ गर्नु भएको छ ।
यति मात्र होइन, प्रतिक्रियामा आएका केह...ी आक्रोशप्रती वहाँले निकृष्ट शब्द प्रयोग गरेर आफूलाई महान देखाउनु भएको छ ।
एमाले आफै सरकारमा छ,,,आफ्नै पार्टी कार्यालय क्षतिग्रस्त भएको भन्दै करोडौं क्षतिपूर्ती लिने दाउ स्वरुप यस्ता फोटोहरु फेसबुकमा अपलोड भएका हुन् भन्ने कुरा सर्वसाधारण जनताहरुलाई राम्ररी थाहा छ ।
नेता ज्यू,,,,कुनै जवाफ छ ?

अध्यक्ष केपी ओली

30 april 2015

सामाजिक सञ्जालहरुमा आफ्नो बिरोध भो भनेर नेकपा एमालेका अध्यक्ष केपी ओली ज्यू फेरि उही पारामा उफ्रनु भएछ । पार्टी कार्यालयमा पुगेको क्षतिप्रती निक्कै भावुक समेत हुनु भएछ ।
सरकारमा सहभागी दोश्रो ठूलो पार्टीको अध्यक्ष भएको नाताले सरकार र अन्य पार्टीहरुसँग समन्वय गरेर उद्धार र राहत बितरणमा सरकारलाई महत्वपूर्ण सहयोग गर्नु पर्ने दायित्व ओलीको हो ।
लोकतन्त्र प्राप्तीको लागि आन्दोलन चलिरहँदा कुनै खोपीमा बसेर विष बमन गरिरहेका यी महासय सायद उद्धार र राहत बितरणमा सुशील कोइरालालाई असफल... सावित गरेर त्यसैको आडमा प्रधानमन्त्री बन्ने तानबाना बुन्दै अहिले बसिरहेका छन् । त्यसैले त भन्दैछन् सरकारले तुरुन्तै संसदको अधिवेसन डाक्नु पर्छ ।

भुकम्प पीडितहरुलाई दिइने सहयोग

2 May 2015

भुकम्प पीडितहरुलाई दिइने सहयोग सरकारकै मातहतबाट हुनुपर्छ भन्ने कुरा गलत होइन । तर देश-बिदेशबाट प्राप्त सहयोग पीडितहरुले नै पाउँछन् र कुनै अनियमितता हुँदैन भन्ने ग्यारेन्टी पनि त सरकारले दिनु पर्यो ।
सरकारप्रती कै अविस्वासको कारण न हो ब्यक्ती वा संस्था आफैले पिडितहरुलाई सिधै राहतका सामग्री बाँड्न चाहेको । कि कसो प्रधानमन्त्री ज्यू ?

शक्तिको कारण

03 May 2015

शक्तिको कारण पशुपतीनाथको मन्दिर भत्किएन भन्ने, राहतको नाममा बाइबल पठाउने, आत्मनन्द र स्व: घोषित गड एञ्जल यानेकी भक्त राईले पहिला नै भुकम्प आउने भबिष्यबाणी गरेको थियो भन्नेहरु एउटै ड्याङका मुला हुन् ।
तर दिनमा पाँच हजारभन्दा बढीलाई खाना खुवाउने शिख र उद्धारमा जुटीरहेका आनीहरुलाई देखेर मनमा असिम श्रद्धा पलाएको छ ।

मोदी नेपाल आउनु

03 May 2015

मोदी नेपाल आउनु, संविधान सभा हलमा बुद्ध नेपालमा जन्मिएका थिए भनेर भाषण छाँट्नु, तुरुन्तै जापान पुगेर भारतलाई बुद्ध भूमी भनेर घोषणा गर्नु, यूरोप पुगेर बुद्ध भारत मै जन्मिएको हो भन्नू",,,,
र, अहिले भारतीय सञ्चार माध्यममा नेपालमा जति उद्धारको कार्य भै रहेको छ त्यो जम्मै भारतले गरिरहेको छ,,,भन्ने जस्ता समाचारहरु जोडतोडका साथ प्रचार-प्रसार हुनु ।
भारतीय राज्य सत्ता,,,,भ्रमलाई नै आफ्नो हतियार ठान्छ । त्यसैले त बर्तमान सरकार गडुलको अगाडि सर्प भएको छ । किनकी,,,अहिलेसम्म नेपाली राज्यसत्ता पनि भ्रममै त अडेको छ ।

आज उभौली साकेला

4 May 2015

आज उभौली साकेला,,,,
उभौली र उधौली,,,,प्रकृतिको पूजा हो । प्रकृतिसँग क्षमायाचना गर्ने र बल माग्ने अवसर हो ।
अहिले देश महाभूकम्प पछिको बिपत्तिमा छ । हजारौं नेपालीहरुले ज्यान गुमाएको र अरबौं श्रोत र सम्पत्ती नष्ट भएको यो बेला खुसीमा पर्व मान्न सकिन्न । तर सत्यलाई भने आत्मसात गर्नै पर्छ । कि, मान्छेको मृत्यु भुकम्पबाट होइन भूकम्प आएपछि मानव निर्मित संरचनाहरु भत्किएर भएको हो । यसर्थ भूकम्प, प्राकृतिक हो यसलाई रोक्न सकिन्न तर मानव निर्मित कृतिम संरचना भूकम्प प्रतिरोधी बनाउन सकिन्छ...
त्यसैले अहिले प्रकृतिसँग मेल नखाने संरचनाहरु निर्माण गरेर धेरै धन-जनको क्षति भएकोमा आत्मा आलोचित हुँदै,,,अब संरचनाहरु निर्माण गर्दा प्रकृति सुहाउँदो निर्माण गर्ने प्रतिवद्धता जाहेर गरेर मानव हितको लागि समर्पित हुने संकल्प यो बर्षको उभौलीमा गरौं ।
उभौली साकेलाको अवसरमा सबैलाई यहि कामना ।

ए कुम्भकर्ण सरकार

5 May 2015

ए कुम्भकर्ण सरकार ! भूकम्पले घर पूर्णरूपमा क्षति भएकाहरुलाई अब त्रिपाल होइन, जस्ता पाता देऊ ।
वर्षा लागि सक्यो, त्रिपालले धान्दैन बर्षाको चुनौती ।
अहिले नै जस्ता पाता दिने हो भने वर्षा शुरु हुनु अगावै अस्थाई टहरो निर्माण गरिसक्छन् ।...
घर निर्माणको लागि सरकारले दिने राहत दशैं कट्ला, त्यतिञ्जेलसम्म कसरी धान्छ त्रिपालले,,,, भत्किएको जिन्दगी ?

दमिनी भिर

05 May 2015

प्रकाशन भएको केही समयपछि नै देवेन्द्र सुर्केलीको कोठामा बसेर पढी सिध्याएको "दमिनी भिर",,,,,अडियो डाउण्लोड गरि तीन दिन लगाएर सुने ।
प्रशंग दमिनी भिरको राम्रो नराम्रो पक्षको होइन, प्रशंग हो उपन्यास बाचक अर्थात श्रुति सम्बेगका कार्यक्रम सञ्चालकले उच्चारण गरेका किरात राई भाषाका शब्दहरुको ।
उपन्यासमा बाक्लै छन्, किरात राई भाषाबाट सम्बोधित स्थान, मान्छे र वस्तुको नाम । संस्कार र संस्कृतीजन्य परिदृश्यमा बोलेका छन् पात्रहरुले किरात बान्तवा राई भाषा । तर ती शब्दहरु पर्गेल्न उपन्यास ...बाचकलाई धौधौ भएको छ । धेरै शब्दहरुको गलत उच्चारण भएको छ ।
उपन्यासको पूरै भाग सुनिसकेपछि लाग्यो,,,जिब्रो र दिमाग त हाम्रै पो तीखो रहेछ । हामीले यतिका बिमात्री भाषी शब्दहरु फरर बोल्न सक्नु अझ त्यही भाषामा लेख्न सक्नु ?
त्यसैले भन्न मन लाग्यो,,,सत्ताले किनारीकृत नगरेको हुन्थ्यो भने,,,हामी पक्कै हामी हुने थिएनौ ।

घरमुली लफङ्गा

05 may 2015

घरमुली लफङ्गा भएपछि नै छिमेकीले हेप्ने हो ।
भारत, भारतीय प्रधानमन्त्री र भारतीय सञ्चार माध्यमलाई गाली गर्नु अगाडि नेपाल सरकार र सत्तासिन पार्टीका गन्हाउने नेतृत्वलाई खुइल्याउनु,,,आवश्यक छ ।

दैवी प्रकोप

06 May 2015

"प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष"
नाम नै "दैवी प्रकोप" अर्थात दैबको इच्छाले हुने घटना ।
प्राकृतिक घटनालाई दैव अर्थात भगवानसँग जोडेपछि,,,,कताबाट हुन्छ उद्धार ?
...
भागवत सप्ताह पुराण लगाएर स्वस्ती-शान्ति गरेपछि जम्मै खलास । भागवतको श्रावणले मात्रै पनि जीवन भरको पाप नास हुन्छ ।
भगवान श्रीकृष्ण कि---------जय !!!

धन्न भूकम्पको गम्भीर प्रभाव

06 May 2015

धन्न भूकम्पको गम्भीर प्रभाव केही जिल्लाहरुमा सिमित भो ।
यदि देशैभरी समान प्रभाव परेको हुन्थ्यो भने अहिले देशको हाल के हुन्थ्यो होला ?
र, अर्को कुरा,,,यदि देश धेरै पहिला सङ्घीयतामा गएको हुन्थ्यो र सङ्घीय राज्यहरु सबल भएका हुन्थे भने,,, बाहिरी देशको कुनै सहयोग आवश्यक पर्दैन थियो ।
...
अहिलेको भूकम्पबाट घर, मठ-मन्दिर, पाटी-पौवा, पुल-पुलेसाको संरचना कस्तो बनाउने भन्ने मात्र होइन देशको संरचना पनि कस्तो बनाउने भन्ने कुराको पाठ सिक्नु आवश्यक छ ।

पूर्वाग्रही हुन नेपाली राजनीतिले सिकाएको

07 May 2015

कोही साथीहरु भन्छन्,,,,"भारतप्रति सानैबाट पूर्वाग्रही हुन नेपाली राजनीतिले सिकाएको कारण पो हो कि,,,अहिलेको भारतीय सहयोगलाई पनि हामीले हस्तक्षेप ठानिरहेका छौं । त्यसैले पूर्वाग्रह त्याग्नु पर्छ ।"
कोही साथीहरु भन्छन्,,,"भारतले नेपाललाई सार्वभौम राष्ट्रभन्दा पनि आफ्नै एउटा प्रान्त ठान्छ र त संकटको घाडीमा पनि अन्य देशको जासुसी गर्नमा बढी केन्द्रीत हुन्छ" त्यसैले भारतको जोडदार बिरोध गर्नै पर्छ ।"
तर मैले भारतको पक्ष र बिपक्षमा बोल्न आवश्यक ठानेको छैन । किनकी चीन, अमेरिका र भारतकै... केही बिद्वानहरुले सत्य कुरा बोली सकेका छन् ।
तर बोल्नै पर्ने र बिरोध गर्नै पर्ने कुरो भनेको नेपाली शाषक बर्गको चरित्र,,,जो सधैं भारतको निगाहमा सत्तामा पुग्न र सत्तामा टिकी रहन चाहान्छ ।
नेपालीमा एउटा उखान छ,,,,आफ्नो थैलीको मुख बलियो बाँध्नु, छिमेकीलाई चोर नलाउनु । हो अहिले भारतको बिरोध गरेर मुखको स्वाद फेर्नु भन्दा नेपाली शासक बर्गको दिमागको सल्यक्रिया गर्नु आवश्यक छ ।

आवाशिय भिसा

07 May 2015

बेलायत, अमेरिका वा जहाँ-जहाँ आवाशिय भिसा पाएर नेपालीहरु बसेका छन्,,,जरुर उनीहरुको हृदयमा नेपाल छ,,,नेपालमा घट्ने सामान्य घटनाले पनि दुख्छ उनिहरुको मन । त्यसैले आफूलाई निचोरेर भए पनि नेपालको पीडामा मल्हम लगाउन अगाडि सर्छन्,,,,त्यो मानेमा सलाम छ वहाँहरु प्रती ।
तर पहिलो, दोश्रो, तेस्रो हुँदै क्रमशः पुस्ताहरु पुरानो बन्दै जान्छ तब नेपाल बिस्तारै टाढा हुँदै जानेछ,,,,,त्यसैले अन्तिममा हाम्रो सम्बन्ध कुटुम्बेरीको नै हो । खानदानी मिल्यो भने साइनो जोडिन्छ, खानदानी मिलेन भने हेला भईन्छ ।

देश डुबाउने बुढा नेताहरु

09 May 2015

२०४६ सालको परिवर्तन पछि, गाउँ-गाउँमा नेपाली काँग्रेसले हल्ला चलायो-----कम्युनिस्टहरुले ६० बर्ष माथिकालाई गोली ठोकेर मार्छ ।
तर त्यो सत्य थिएन, अशिक्षित जनताहरुलाई कम्युनिस्टप्रति बितृष्णा जगाउनको लागि फालिएको षड्यन्त्र थियो ।
तर अब आम नेपाली यूवाहरुले भन्ने बेला भएको छ-----कि ६० बर्षमाथि पनि कुनै मान्छे कार्यकारी पदमा बस्छ र स्वेच्छाले जिम्मेवारी सुम्पदैनन् भने त्यस्तालाई गोली ठोकेर मार्नु पर्छ ।
...
बृद्ध-बृद्धा सम्माननीय हुनुहुन्छ,,,,आदरणीय हुनुहुन्छ,,,,आदर र सम्मान मात्र होइन वहाँहरुबाट सल्लाह र सुझाव पनि लिनु पर्छ ।
तर कार्यकारी जिम्मेवारी स्विकार्नु भनेको भेल उर्लिएको ठाडो नदिमा डुङ्गा तार्नु जस्तै हो । शारिरिक र मानशिक रुपमै बुड्यौलीले क्लान्त कार्यकारीहरुले यो जिम्मेवारी लिए आफू मात्र होइन डुङ्गामा सवार सबैलाई डुबाउँछ ।
खासमा नेपालमा भएकै यहि हो,,,देश डुबाउने बुढा नेताहरु नै हुन् ।

नेपालमा गतिलो रोजगार

10 May 2015

हाम्रा प्रधानमन्त्री हजुरबाको भनाई अनुसार 2 बर्ष भित्रमा भूकम्पबाट क्षतिग्रस्त घरहरु निर्माण गरिसकिने छ ।
मेरो अनुमान 5 लाख बढी घरहरु क्षतिग्रस्त भएका होलान् । अब 2 बर्षमा 5 लाख घर निर्माण गर्ने जनशक्ति बाँकी छ र नेपालमा ?
भएभरका यूवाहरुलाई लात मार्दै बिदेश खेदेपछि,,,,,आपतको बेला छिमेकी गुहार्नुको बिकल्प छैन ।
...
अब बिहारी भाइहरुको लागि नेपालमा गतिलो रोजगार खुल्ने भो ।

तेश्रो पुस्तालाई जिम्मेवारी देउ

11 May 2015

नयाँ सरकार बनाउने नै हो भने,,,,दोश्रो र तेश्रो पुस्तालाई जिम्मेवारी देउ । पहिलो पुस्ता सल्लाहकार बन ।

बुढा नेताहरुलाई देख्छु

11 May 2015

अरु बृद्ध-बृद्धालाई देख्दा मनमा सम्मान जागेर आउँछ, घण्टौ बसेर धेरै कुरा गरौं झैं लाग्छ । तर जब शासन सत्ता र पार्टीको प्रमुख पद ओगटेर बसेका बुढा नेताहरुलाई देख्छु तब ज्यूँदै आर्यघाट कुदाउँ जस्तो लाग्छ,,,,किन होला ?

प्रकृति त्यति निस्ठुर छैन

12 May 2015

हरेस नखानुस्,,,,,,,प्रकृति त्यति निस्ठुर छैन । केही दिन सतर्क भने हुनै पर्छ ।
तर अब कस्तो ठाउँमा बस्ती बसाउने र कस्तो संरचना बनाउने भन्ने बिषयमा भने सरकारले मात्र होइन अब हामी सर्वसाधारण जनताले पनि चिन्तन गर्नु पर्ने दिन भने आयो है।

दोष भूकम्पको होइन

13 May 2015

दोष भूकम्पको होइन,,,,,,दोष हामीले बस्नको लागि रोजेको ठाउँ र हामीले नै बनाएको संरचनाको हो ।
पटकपटक हल्लाई रहँदा आत्तिनु स्वभाविक हो । तर प्रकृतिको स्वभाविक प्रक्रियालाई बुझौं र शारिरिक तथा मानशिक रुपमा सुरक्षित बन्ने प्रयास गरौं ।
सामुहिकरुपमा बसेर छलफल गरौं, अरु देशमा घटेको मानबीय बिपत्तिहरुलाई पढौं र उनीहरुले बिपत्ति आइसके पछि के गरे,,सोही अनुसार अगाडि बढौं ।
...
प्राकृतिक प्रकोपले बिनास मात्र होइन मान्छेलाई शिक्षा पनि दिन्छ र आगामी दिनमा कसरी अगाडि बढ्ने भनेर मार्ग निर्देश पनि गर्छ ।

तर यो बर्षको भूकम्पले

15 May 2015

नेपालको ग्रामिण भेगका अधिकांस यूवाहरुको उर्जाशिल समय,,,,,राजधानी वा ठूला शहरमा घडेरी किन्न र घर बनाउनको लागि पैशाको जोरजाम गर्न मै बित्दथ्यो ।
तर यो बर्षको भूकम्पले,,,,,राजधानी वा शहर बजारको बाक्लो बस्ती र ठूलठूला महलहरु सुरक्षित नहुँदो रहेछ भन्ने प्रमाणित गरिदिएको छ । त्यसैले अब,,,ग्रामीण इलाकाका यूवा पुस्ताको प्रगती होला कि भन्ने लागिरहेको छ ।

संविधान सभा भित्रै पाल बितरणको काण्ड

15 May 2015
संविधान सभा भित्रै पाल बितरणको काण्डले ८ रेक्टर स्केलको भूकम्प निम्त्याएको छ ।
सभाषद्ले पाल नलिने भन्ने प्रश्न होइन । तर सर्वसाधरण जनताहरुले नपाई रहेको अवस्थामा सार्वजनिक स्थल मै पहुँचवाला सभाषद्हरुलाई बाँडिनु कुनै पनि हालतमा न्यायसंगत काम होइन ।
पाल बाँड्न निर्णय गर्ने र दिएको पाल चुपचाप थाप्नेहरुलाई देखेर दया लाग्यो,,,,,

नेपाल, भारतको डम्पिङ साइड


16 May 2015

भारतबाट थोत्रो लुगा र त्रीपाल आउँछ,,,तर बेलायतबाट आएको राहत सामग्री र उद्धार टोली भारतबाटै फर्कन्छ । नेपाल अब भारतको डम्पिङ साइड बनेकै हो त ?

Thursday, September 10, 2015

आज मदन-आश्रीत स्मृति दिवस

17 May 2015

आज मदन-आश्रीत स्मृति दिवस । तर एमालेलाई मदन-आश्रीत सम्झने अधिकार छैन । किनकी मदन-आश्रीत कै लासमाथि उभिएको बल्खु दरबारले अचेल एकल जातिबादी बाहुनबादी राज्य सत्ता र डनतन्त्रको वकालत गर्छ ।

नोट अफ डिसेन्ट

17 May 2015

२०४६ सालको संविधान जारी गर्दा मदन भण्डारीले नेतृत्व गरेको तात्कालिन एमालेले जुन-जुन धारा-उपधारामाथि नोट अफ डिसेन्ट लेखेको थियो त्यो नै मदन भण्डारीको पहिचान थियो ।
मदन भण्डारीको त्यही पहिचानलाई नष्ट गरेर उनलाई सम्झनुको कुनै अर्थ छैन । मदन भण्डारी र जीवराज आश्रीतको लास माथी टेकेर उभिएको एमालेले मदन भण्डारीको सम्मान होइन अपमान गरिरहेको छ ।

राहत बितरण

17 May  2015

संविधान सभामा प्रतिनिधित्व गर्ने दलसँगै पूर्वको लिम्बूवान देखि, नवगठित माओबादीसम्म राहत बितरणमा जुटिरहेका छन् तर खुमबहादुरको गोरक्ष सेना र सिके राउतको आजाद मदेश अभियानको नामै कतै आउँदैन । भूकम्पले यी दुईको पक्कै चिहान बनाए न नै होला ।
सायद अतिवाद यसैलाई भनिन्छ,,,जो अरुको पीडामा लुकेर हाँसेर बस्छ र यथार्थको सधैं खिल्ली उडाउँछ ।

सुनामीको खतरा छैन ।

18 May 2015

यस अर्थमा नेपाल र नेपालीलाई भाग्यमानी सम्झनु पर्छ कि, जति नै ठूलो भूकम्प आए पनि सुनामीको खतरा छैन ।

पीडितहरुको भावनामाथी खेल्ने काम नगर

18 May 2015

कसैको अस्थित्व तथा पहिचानलाई अस्विकार र अपमान गरेर राष्ट्रियता निर्माण हुन सक्दैन ।
बहु जातीय, बहु भाषिक, बहु धार्मिक, बहु साँस्कृतिक, भौगोलिक बिबिधता र बिबिध मनोबिज्ञानले भरिएको देशमा एकल जातिबादी पहाडे बाहुनबाद नै समस्याको जड हो ।
प्राकृतिक बिपत्तिको बेला सहयोग गर्ने नाममा पीडितहरुको भावनामाथी खेल्ने काम नगर ।
...
हिमाल/पहाडको डाँफे हिमालमै रमाउन सक्छ,,तराईको एक लपेटो जमिनमा उसले आफ्नो अस्थित्व बचाउन सक्दैन ।

सिके राउत जन्माउने मनोबिज्ञान

19 May 2015
सिके राउत जन्माउने मदेशी मनोबिज्ञान नभै पहाडे उच्चजातीय अहंकारबाद हो भन्ने कुरामा प्रष्ट हौं ।
मदेशी जनताहरुको अपमान गर्नु र कालो अनुहार देख्नसाथ भारतीय हुन् भनिनु लाखौं सिके राउतहरु जन्माउनु हो ।
मदेश सहितको नेपाल कि, मदेश बिनाको नेपाल चाहिएको हो ? मदेश बिनाको नेपाल चाहिएको हो भने लाखौं सिके राउतहरु अझै जन्माउने प्रयास गरौं । होइन मदेश सहितको नेपाल भैरहनु पर्छ भन्ने हो भने मदेशी जनताहरुलाई नेपालीको व्यवहार गरौं ।

एमाले भित्रको साँस्कृतिक चिन्तन

22 May 2015

यो बिरोधको लागि बिरोध होइन, एमाले भित्रको साँस्कृतिक चिन्तन, लेखाजोखा पछिको निर्क्यौल हो ।
एमालेले गोकर्ण बिष्टको नेतृत्वमा १० हजारको संख्यामा पुनः निर्माण समिती बनाएको छ । यसलाई सकारात्मक कदमको रूपमा आम जनता र भूकम्प पीडितहरुले लिनु पर्छ ।
तर पुनः निर्माणमा खटिने कार्यकर्ताहरु को र कस्ता हुन्छन् भन्ने कुरो पनि यहाँ महत्वपूर्ण छ ।
...
बिगत लामो समयदेखि जिल्ला र गाउँमा निरन्तर कृयाशिल एमाले र काँग्रेसका कार्यकर्ताहरु भनेका जिल्ला र गाउँमा आएको योजनाहरु कि कामै नगरी, गरे पनि स्टिमेट अनुसार काम नगरी मिलेमतोमा बाँडचुँड गरेर खान पल्केकाहरु छन् । विद्यार्थी संगठन र यूवा संगठनमा ठेक्कापट्टा लेनदेन र कमिसन असुलीमा संलग्नहरुकै बाहुल्यता छ । यी र यस्ता कार्यकर्ताहरु नेतृत्वको निकट छन् र यस्ता कार्यकर्ताहरु पुनः निर्माणको क्रममा शारिरिक परिश्रम गर्न सक्दैनन्,,,,किनकी यिनीहरुले कठोर शारिरिक परिश्रम गरेकै छैनन् ।
यसर्थ पुनः निर्माणको क्रममा एमालेले तिनै सोझा, ईमान्दार, आर्थिक रूपमा बिपन्न, नेतासँग पहुँच नभएका र सीमान्तकृत एवं दलित समुदायकै कार्यकर्ता वा सामान्य भोटर्सहरुलाई खटाउने निश्चित छ ।
तर खुशीको कुरो पुनः निर्माणमा खटिनेहरुले मानवीय सम्बन्ध र श्रमको महत्व भने अझै मज्जाले बुझ्ने छन् । र, पार्टीको लागि मरिमेटेर काम गर्ने आफूहरु भए पनि बेइमानहरुकै हालीमुहाली देखेर पार्टीको बर्ग चरित्रबारे पनि प्रष्ट भएर फर्किने छन् ।

जातीय अहंकार ग्रस्त पुरेत्याईबादी बाहुनबाद

23 May 2015

(एउटा स्टाटसमा यस्तो प्रतिक्रिया पो लेखियो)
नेपालका उच्च जात अर्थात ब्राह्मण, क्षेत्री, ठकुरी र दशनामीहरु इसाई हुनुको एउटै कारण स्वार्थ हो,,,,
दलितहरु इसाई हुनुको पछाडि छुवाछूतबाट मुक्त हुने अभिलाषाले काम गरेको छ ।
...
तर नेपालका आदिवासीहरु इसाई हुनु भनेको आफ्नै नाभीमा बिणा छ भन्ने थाहा नपाएर त्यसको सुगन्ध खोज्दै रणबन डौडीरहेको हरिण जस्तै बन्नु हो ।
अरुलाई छोडेर दलितहरुलाई हेर्दा उनीहरुलाई इसाई बन्न बाध्य बनाउने भनेकै हिन्दु धर्म र संस्कृति भित्रको जातीय अहंकार ग्रस्त पुरेत्याईबादी बाहुनबाद हो ।

यो निकम्मा सरकारलाई

26 May 2015

यो निकम्मा सरकारलाई हटाउने बेला अझै भएन र ?
१) सर्बोच्च अदालतको पूर्व न्यायाधीश आफ्नो अनुभव उपयोग गर्ने अवस्थाबाट बञ्चित भएकोले बाँची रहनुको उपादेयता नरहेको भन्दै सुसाईड नोट लेखेर आत्महत्या गर्छन् ।
२) पुलिसले व्यापक खोजि गरिरहेका विभिन्न अपराधमा सामेल भएका डनहरुलाई प्रधानमन्त्री स्वयंले स्वागत गर्दै उद्धार तथा पुन: निर्माणको लागि भूकम्प प्रभावित क्षेत्रमा महत्वपूर्ण जिम्मेवारी दिएर खटाउँछ ।
...
३) राहत बितरणको नाममा मन्त्रीहरु चार-चार घण्टा मन्त्री परिषदको बैठकमा झगडा गर्छन् र बिना निर्णय बैठक टुङ्गिन्छ ।
४) एक मन्त्रालय स्वयंले खरिद गरेको पालमा व्यापक अनियमितता भएको सोही मन्त्रालयबाट गठन भएको छानबिन समितिले निष्कर्ष निकाल्छ ।
क्रमश.............

सिके राउतको चाहनालाई

26 May 2015

सिके राउतको चाहनालाई सरकारले फेरि पूरा गर्यो ।
वास्तवमै राउत आफू र आफ्नो अभियानमा दमन चाहान्छ,,किनकी सरकारी दमन नभै प्रतिकारमा उत्रनु राजनीतिक र रणनीतिक हिसाबले राम्रो हुँदैन ।
आफू र आफ्नो अभियानमा हस्तक्षेप र दमनपछि मात्रै मदेशी जनता र अन्तरास्ट्रिय समुदायको ध्यानाकर्षण हुने कुरामा राउत र उनका कार्यकर्ता प्रष्ट छन् ।
...
जे होस् सरकारले राउतको चाहनालाई पूरा गर्यो ।

सिके राउतलाई रोक्ने अचुक हतियार

27 May 2015

पहिचान सहितको स्वायत्त मदेश प्रदेश र मदेशी नागरिक माथिको विभेद अन्त्य नै सिके राउतलाई रोक्ने अचुक हतियार हो । उसलाई पक्रेर तर्साउँदैमा समस्या समाधान हुँदैन । राज्य, मिडिया र पहाडीहरुले यो कुरा बुझ्न आवश्यक छ ।

हाम्रा राष्ट्रिय गीतहरु

28 May 2015

हाम्रा राष्ट्रिय गीतहरु कि त यूद्धको बखान कि त भूगोलको परिधी मै सिमित भएछ,,,,,
राष्ट्रियता भने कै भूगोल हो भन्ने भ्रमले कवि-लेखकहरुलाई पनि मज्जैले समाते छ ।
खासगरी शब्द रचनामा,,,राष्ट्रियताका महत्वपूर्ण पक्ष जनता र उनीहरुको भाषा, संस्कृति, कला र मनोबिज्ञानलाई कमै समेटिएको भेटिन्छ ।
...
आज यो देशका दलित, मदेशी, मुस्लिम, आदिवासी-जनजाती, महिला र पिछडिएका क्षेत्रमा बस्ने समुदायले गर्व गरेर गाउने राष्ट्रिय गीत औंलामा गन्न सकिने मात्र छन् भन्दा आफैलाई लज्जा महसुस भैरहेछ ।

Wednesday, September 9, 2015

मेरो देश

15 July 2015

मेरो देश,,,"घुम्ने मेचमाथि अन्धो मान्छे" बसेर "बधु शिक्षा" पुजी रहेछ ।

‎सन्दर्भ‬ प्रपञ्नाचार्यको गिरफ्तारी

15 July 2015


धर्मको संरक्षण हुनुपर्छ तर धर्मको नाममा हुने गैह्र कानुनी कामलाई निरुत्साहित गरिनु पर्छ ।
चितवन राष्ट्रिय निकुञ्ज जस्तो राष्ट्रिय-अन्तर्राष्ट्रिय गैरबको क्षेत्रमा धर्मको नाममा भैरहेका अतिक्रमण बन्द मात्र होइन अतिक्रमणमा संलग्न जो सुकै होस् कानुनतः कार्वाही गर्नु पर्छ ।
...
राष्ट्रिय सम्पदाको गैह्र कानुनी अतिक्रमण धार्मिक मान्यताको बिरुद्ध हो । र, अतिक्रमणकारीलाई कानुनको फन्दाबाट बचाउन खोज्नु धार्मिक मान्यताको धज्जी उडाउनु हो ।

"बुद्ध धर्म" सापेक्ष राष्ट्र बनाउँ

17 July 2015

नेपाललाई धर्म सापेक्ष राष्ट्र नै बनाउने हो भने "बुद्ध धर्म" सापेक्ष राष्ट्र बनाउँ ।
कारणहरु
१) बुद्ध नेपालमा जन्मेको
२) हिन्दुहरुले समेत आफ्नो आराध्य देव बिष्णुको अवतार मानेको
३) पश्चिमा राष्ट्रका इसाई नागरिकहरु स्वत: बुद्ध धर्मप्रती आकर्षित हुँदै गएको । ...
४) हिन्दु र इसाईसँग झैं मुस्लिमहरुको बैमनस्यता बुद्ध धर्मसँग नभएको ।
५) बिज्ञानले पनि बुद्ध धर्मलाई बैज्ञानिक बिचार मानेको ।
६) अरु धर्म झैं बुद्ध धर्ममा बिवाद नरहेको ।

आदि,,,,

गाईप्रती कस्को सम्मान नहोला ?

17 July 2015

गाईप्रती कस्को सम्मान नहोला ? मासु खाने वा दूध खाने सबैले आफ्नै हिसाबले गाईलाई सम्मान गरिरहेकै छन् । फरक यति हो,,,,कसैले दुधको लोभमा त कसैले मासुको लोभमा गाईलाई सम्मान गर्छन् ।
तर कुरोको चुरो कहाँ छ भने गाईलाई आमा ठान्नेहरु,,,,जन्म दिने आमालाई गाईलाई दिने सम्मान पनि दिन सकिरहेका छैनन् ।
आमाप्रति असिम श्रद्धा भाव राख्नेहरुसँग अग्रिम माफी माग्दै ती धर्मभिरुहरुलाई यति भन्दैछु,,,,त्यो देवघाटमा गएर जीवनको आखिरी दिन गनिरहेका बृद्ध आमाहरुलाई हेर,,,,,कुन समुदायको आमाहरु बढी भेटिन्छ...न् ? गाईलाई आमा ठान्नेको, कि गाईलाई मासु पनि मान्नेको ?
आफ्नै जन्म दिने आमालाई बृद्धाश्रममा थन्काएर गाईलाई आमा मान्ने नौटंकी बन्द गर । एउटा निरीह प्राणीलाई बिबादको घेरोमा नल्याउ । ईतिहास हेर,,,हिन्दुहरु पनि पहिला गाईको मासु खाने नै हौ । अहिले पनि हिन्दु भित्रकै एक जातिलाई गाई (मरेको) खान कुनै बन्देज छैन ।
(आमाप्रती अशिम श्रद्धाभाव राख्नेहरुसँग यति कटु बचन बोल्नु परेकोमा फेरि माफी मागें ।)

कि म झुटो बोल्दैछु ?

18 July 2015

ए खुमबहादुर र कमल थापा,,,तिमीहरु जतिसुकै हिन्दु राज्यको नारा लाउ,,,,,,हिन्दु धर्ममा तिमीहरुको हैसियत बाहुनको गोडा धोएर पानी खानेभन्दा पर छैन । कि म झुटो बोल्दैछु ?

कुनै संका ?

20 July 2015

कमल थापा, खुमबहादुर खड्का, तारानाथ रानाभाट वा अर्जुन नरसिंह केसी,,,,,हिन्दु राज्यको जतिसुकै वकालत गर,,,,,आखिरीमा तिमीहरुको हैसियत बाहुनको खुट्टा ढोग्ने भन्दा पर छैन । किनकी तिमीहरु क्षेत्री हौ र क्षेत्रीहरुलाई यूगौंदेखी बाहुनले हली मात्रै बनाईरहेको छ ।
कुनै संका ?

असलीमा नेपालमा १७ प्रतिशत हिन्दुहरु छन्

20 July 2015

असलीमा नेपालमा १७ प्रतिशत हिन्दुहरु छन् । पहाडे बाहुन १३ प्रतिशत र मदेशी बाहुन ४ प्रतिशत ।
१) नेपालका कुनै पनि आदिवासी जनजातिहरु हिन्दु होइनन्,,,,कसै कसैलाई जब्बरजस्ती बनाइएको छ ।
२) समान धर्ममा छुवाछुत हुँदैन । तर नेपालका १३ प्रतिशत दलितहरुलाई अछुत बनाईएको छ । छुत र अछुत कहिल्यै एक धर्मावलम्बी हुँदैनन् । त्यसैले नेपालका १३ प्रतिशत दलितहरु हिन्दु होइनन् ।
...
३) नेपालका १६ प्रतिशत खस-क्षेत्री-दसनामी-ठकुरीहरु पानी चल्ने जात भए पनि बाहुन पुरोहितहरुभन्दा सानो जात भएकोले भात र बिवाहवारी चल्दैन ।
धर्म भनेको समान आस्था, समान व्यवहार र समान बिश्वास भएका मानिसहरुको सामूहिक कृयाकलाप हो । अब भात र बिवाहवारी नै नचल्नेहरु कसरी एकै धर्मावलम्बी हुन्छन् ?
त्यसैले असलीमा खस-क्षेत्री-दसनामी-ठकुरी पनि हिन्दु होइनन्,,,,जब्बरजस्ती लादिएको हो ।
दशैं, तिहार जस्ता पर्वहरु धर्म होइन संस्कृती हो । त्यसैले दशैं-तिहार मान्नेहरु सबै एकै धर्मावलम्बी हुन् भन्न मिल्दैन ।

धार्मिक रुपमा हामी आदिवासी

21 July 2015

धार्मिक रुपमा हामी आदिवासी जनजातिहरु कति सहिष्णु छौं भन्ने कुरा बिगतले बताउँछ ।
१) हाम्रै चाड पर्वहरुलाई हिन्दुकरण गर्दा पनि हामी चुपचाप बस्यौं ।
२) हाम्रै प्रकृति र पूर्खाको पुज्य थलो (मनकामना, मुक्तिनाथ, हलेसी, पाथीभरा आदि) लाई हिन्दुकरण गर्दा पनि हामी चुपचाप बस्यौं ।
...
३) हामीमाथि हिन्दु धर्म संस्कृती, हिन्दु कानुन, खस भाषा, हिन्दु लिपि, हिन्दु सम्बत् लागू गर्दा पनि हामी चुपचाप बस्यौं ।
४) गोरु काटेर पूजा गर्ने संस्कृतिलाई हिन्दु कानुनले बन्देज लाउँदा पनि हामी चुपचाप बस्यौं ।
५) हामी अलग धर्म-संस्कृती मान्ने मानिसहरुलाई सोध्दै नसोधी सरकारी लिखतमा हिन्दु लेखिदिदा पनि चुपचाप बस्यौं ।
६) जात-पात, छुवाछूत नमान्ने हामी आदिवासी जनजातिहरुलाई हिन्दु कानुन अनुसार पानी चल्ने-नचल्ने, मासिने-नमासिनेमा बिभाजन गर्दा पनि चुपचाप बस्यौं ।
७) सरकारी बजेट खर्च गरेर हाम्रै थातथलोमा हजारौं हिन्दु मन्दिरहरु बनाउँदा पनि चुपचाप बस्यौं ।
८) हाम्रै थातथलोमा विभिन्न नामका महायज्ञ लगाएर हामीलाई नै राक्षसका सन्तान भनिरहँदा पनि हामी चुपचाप बस्यौं ।
९) हामीले नै तिरेको करबाट सञ्चालन भएको रेडियो नेपाल र नेपाल टेलिभिजनले दैनिक घण्टौं घण्टा हिन्दु धर्मको गुणगान गाईरहँदा पनि हामी चुपचाप बस्यौं ।
१०) कागजको नाग, कुश, डोरो, तिलक, रातो टीका जस्ता वस्तुसँग कुनै सरोकार नराख्ने हामीहरुलाई घर-घरमा आएर लगाइदिंदा/राखिदिंदा सकेको भेटी/पाती चुपचाप दिईरह्यौं ।
तर आज देशले सबै धर्मावलम्बीहरुलाई समान व्यवहार गर्नु पर्छ भन्दा तिमीहरु यूद्धको धम्की दिन्छौ भने उठाउ हतियार र प्रहार गर हामी माथी,,,,,ईटको जवाफ के ले दिनु पर्छ हामीले पनि जानेका छौं ।

जनताको सुझाब संकलन

22 July 2015

जनताको सुझाब संकलन नामक दुईदिने नाटक सम्पन्न भो ।
संकलित सुझाब रद्दिको टोकरीमा फालिनेमा कुनै संकै छैन । तर यही हालतमा संविधान जारी गरिए त्यसले देशमा अर्को यूद्ध निम्त्याउन सक्छ भन्ने कुरामा उच्चजातीय अहंकारबादी नेताहरुको अलिकती होस् खुले हुने हो ।

आफू भित्रको कम्जोरी सुधार्ने कि, अरुलाई धारे हात लगाएर गाली गर्ने ?

23 July 2015


बहु जातीय, बहु भाषिक, बहु धार्मिक र बहु सांस्कृतिक राज्यमा, राजनीति र धर्म संगसंगै हिंड्न सक्दैन । यदि राज्य र धर्म सँगै भयो भने राज्यले मान्यता दिएको धर्म इतरका धार्मिक समुदायमाथि दमन हुने र जब्बरजस्ती एकल धार्मिक निर्णयहरु लादिने निश्चित छ । त्यसले समाजमा बिद्यमान वैमनस्यता र द्वन्दलाई झन् बढावा दिने छ । जसको कारण शान्ती, स्थिरता र बिकास असम्भव हुनेछ ।
धर्म निरपेक्षताको अर्थ राज्यले कुनै धर्मप्रति अनास्था... राख्ने भन्ने होइन । राज्यको नजरमा सबै धर्म बराबर हुन्छ भन्नू हो । तर यहाँ धर्मभिरुहरुबाट यसरी प्रचार गरियो कि, धर्म निरपेक्षता भनेको हिन्दु धर्मको बिरुद्धमा इसाई बाहुल्य राष्ट्रले जब्बरजस्ती लादेको नीति हो, नेपालमा धर्म निरपेक्षता कायम भयो भने हिन्दुहरु सबै इसाई हुन्छन् ।
तर यी धर्मभिरुहरुलाई किन इसाई बाहुल्य राष्ट्रहरुमा हिन्दु धर्मको प्रचार गर्न र धर्म अनुरुपको साँस्कृतिक पर्व-उत्सव मनाउन स्वतन्त्रता छ भन्ने हेक्का छैन ? अमेरिका, क्यानडा, बेलायत लगायतका स्थानमा सयौं हिन्दु मन्दिरहरु बनेका छन्, ती मन्दिरहरु बनाउन राज्यको तर्फबाट कुनै असहयोग भएको छैन । बरु आफ्नो देशमा बिस्तार भएको साँस्कृतिक बिबिधताले उनीहरुमा आत्मगौरब बढेको छ ।
साना र निर्धाहरुलाई संरक्षण गर्नु पर्छ भन्ने मान्यता मानव मात्रमा छ । सर्प जस्ता मानवलाई आघात पुर्याउने बिषालु जनावरको बच्चालाई मार्न त हाम्रो हात काँप्छ । तर धर्मको नाममा बहुमतको आधार देखाएर अरु धर्मप्रति आस्था राख्नेहरुको स्वतन्त्रतालाई कुण्ठित गर्न खोज्नु कहाँको धार्मिक नियम हो ?
देशलाई हिन्दु धर्म सापेक्ष राष्ट्र बनाउन खोज्नुको कारण यो देश हिन्दुहरुको मात्र हो, राज्यले हिन्दुहरुलाई मात्र संरक्षण गर्नु पर्छ, हिन्दु धर्मभन्दा बाहिरका धर्मावलम्बीहरुले पनि हिन्दु कानुन मान्नु पर्छ भन्न खोजिएको होइन ?
अहिलेको तथ्याङ्क जे सुकै होस्, तर नेपालमा हिन्दुहरुको आगमन हुनुभन्दा पहिलाबाट प्रकृतिबादी मान्यता राख्ने किरातहरुले आफ्नो मौलिक धार्मिक मान्यता हालसम्म जिवित राख्दै आएका छन् । हिन्दु-आर्य कुलमा नेपालमै जन्मेर बिश्वलाई नयाँ दृष्टि दिन सफल बुद्धको दर्शनलाई (धर्म) मान्ने नेपालीहरुको संख्या सानो छैन । इस्लाम र जैन धर्मावलम्बीहरु पनि यथेष्ट छन् । परापूर्व कालदेखी हिन्दु धार्मिक सम्प्रदायसँग नङ र मासुको सम्बन्ध राखेर नेपालमा रहँदै आएका यी धार्मिक समुदायलाई अहिले इसाईको हाउगुजी देखाएर हिन्दु सापेक्ष राज्यको वकालत गर्नु कति जायज हो ?
इसाईकरणको समस्या हिन्दुमा मात्र छैन बौद्ध र किरातमा पनि उतिकै छ । नेपालमा इसाईको संख्या बढ्नुमा हिन्दु भित्रको छुवाछुत, बुद्ध धर्मावलम्बीहरुमा (खासगरी तामाङ) बिद्यमान गरिबी, किरात भित्रको जँडेहा सँस्कृतिले महत्वपूर्ण भूमिका खेलेको छ । त्यसैले आफू भित्रको कमजोरी नदेखी अरुलाई गाली गर्नुको कुनै तुक छैन । हिन्दु, बुद्ध र किरातहरु इसाई बन्नुमा थोरै आर्थिक प्रलोभन र अवसरको खोजी पनि जोडिएको छ तर मूख्य कुरो यी धर्म भित्रको धार्मिक अन्धबिश्वास, कुरिती र कुसंस्कार नै हो । त्यसैले आफू भित्रको गलत पक्षलाई सुधार्नु यतिबेलाको आवश्यकता हो, धर्म सापेक्ष राज्यको माग वा धर्म सापेक्षताले इसाईकरण रोकिनेवाला छैन ।
अन्त्यमा हिन्दुधर्म सापेक्ष राज्यका माग गर्ने मित्रहरुलाई यहि भन्न चाहान्छु,,,,,आफू भित्रको कम्जोरी सुधार्ने कि, अरुलाई धारे हात लगाएर गाली गर्ने ?

महिलाले पनि दुईवटा श्रीमान् घरमा राख्न पाउनु पर्छ

23 July 2015

 ..........जसले यो कुरो सुझाबको क्रममा राख्नु भो, ती सहासी नारीलाई मेरो सलाम ।
यदि कानुनले कुनै पुरुषलाई एउटी श्रीमति हुँदाहुँदै अर्की श्रीमति राख्न अनुमति दिन्छ भने एउटी महिलाले एउटा श्रीमान हुँदाहुँदै अर्को श्रीमान राख्ने अनुमति किन नपाउने ?
...
नेपालमा धेरै पहिलाबाट बहुबिवाह गर्न नपाईने कानुन प्रचलनमा छ । तर कानुन हुँदाहुँदै पनि धेरै महिलाहरुले सौता बेहोर्नु परेको तथ्य हाम्रो नजरबाट छिपेको छैन । बहुबिवाहबाट पीडित महिलाले कानुनी उपचारको बाटो खोजे पनि समाजले उनलाई सँगै गरेर खान दवाब दिन्छ । त्यसैले एउटी महिला कानुन र समाजसँग जहिल्यै पराजीत भैरहेकी हुन्छिन् ।
यति हिम्मतिलो कुरा बोल्ने महिलाले कुन अर्थमा बोलिन् त्यसको विश्लेषणनै नगरी समाचार लेख्नेले सिधै लेखिदिएपछि समाचार पढ्नेहरुमा अहिले उपरोक्त भनाई खिसीट्यूरीको बिषय भएको छ । सर्वसाधरण मानिसहरु मात्र होइन सामाजिक, राजनीतिक, साहित्यिक र अधिकारमूखी आन्दोलनमा सरिक ब्यक्तिहरु पनि ती महिलामाथि ब्यङ्ग्यबाण हान्न पछिपरेका छैनन् ।
ए ! पुरुष मित्रहरु ।
कानुनले छेकबार लगाएको कुरोलाई सहजै उल्लंघन गरेर घरमा एउटी हुँदाहुँदै अर्की महिलालाई दोश्रो श्रीमतिको रुपमा भित्र्याउने पुरुष र कानुनी उपचार खोज्न साथदिनुको सट्टा मिलेर गरिखान सल्लाह दिने समाजलाई यहाँभन्दा गतिलो झापड अरु के हानुन् ती महिलाले ।
उपरोक्त ब्यङ्ग्यबाणबाट वर्तमान कानुन, समाज ब्यवस्था र पुरुष मानशिकताको मर्मस्थलमै प्रहार गर्ने सहासी नारी तपाईं जो हुनुहुन्छ,,,,मेरो एक पटक फेरि सलाम ।

ए नेपाली जनता

24 July 2015

एमालेका नेताहरु भन्दैछ्न्----राज्यको सिमाङ्कन र नामाङ्कनमा संविधान अल्झनु हुँदैन ।
काँग्रेसका नेताहरु भन्दैछन्----राज्यको सीमा र नाम टुङ्ग्याएर मात्र संविधान जारी हुन्छ ।
एमाले स्वार्थ------चाँडो संविधान घोषणा गरेर आफ्नो नेतृत्वमा सरकार बनाउने ।
काँग्रेस स्वार्थ : संविधान घोषणा गर्न जति ढिला हुन्छ उति आफ्नो नेतृत्वको सरकार रहन्छ ।
...
ए नेपाली जनता ! यस्ता स्वार्थले पनि देश उभो लाग्ला त ?

मेरो भनाई.........

24 July 2015

१)
मेरो भनाई.........
यदि नेपाललाई हिन्दु राज्य बनाउने हो भने बुद्ध भारतमा जन्मेको हो भन्दा किन टाउको दुखाई ?
अरुको बुझाई............
नारथुङेले बुद्ध भारतमा जन्मिएको हो भन्यो ।
२)

एक महिलाको भनाई.........
नेपालमा बहुबिवाह बिरुद्धको कानुन भएर पनि एउटा पुरुषले बहु बिवाह गर्छ र घरमा सँगै दुई वटी श्रीमति राख्छ । तर कानुन र समाज अन्धो बनिदिन्छ भने महिलाले पनि दुई वटा श्रीमान राख्ने प्रावधान संविधानमा लेखिनु पर्छ ।
पुरुषप्रधान समाजको बुझाई......
लौ महिलाले पनि दुई वटा श्रीमान् संगै राख्न पाउने माग गर्यो ।
यस्तो बुझाईबाट सत्य कुराको ज्ञात कसरी होला ?

धर्मनिरपेक्षतामाथि ओलीको बिषबाणी

24 July 2015
कुख्यात भ्रष्टचारी खुमबहादुर खड्काले हिन्दु धर्म सापेक्ष राष्ट्रको वकालत गर्नुको कारण-------आफ्नो गुमेको राजनीतिक सान फर्काउनु र फेरि पनि सत्तामा पुगेर देशलाई लुट्नु चाहनु हो ।
जनआन्दोलन २०६२-६३ ताकाका हत्यारा गृहमन्त्री कमल थापाले हिन्दु धर्म सापेक्ष राष्ट्रको वकालत गर्नु--------फालिएको राजतन्त्र फेरि बिउँताउन खोज्नु हो ।
...
यी राष्ट्रघाती खुमबहादुर खड्का र कमल थापाहरुले "धर्म निरपेक्षता भनेको हिन्दुहरु माथि इसाईकरण गर्ने षड्यन्त्र हो" भन्ने जस्ता भ्रामक हल्ला फैलाएर नेपालका हिन्दु धर्मावलम्बीहरुलाई उत्तेजित बनाई रहेका छन् ।
अर्कोतिर सत्ता स्वार्थमा लिप्त काँग्रेस र एमालेका नेताहरु मौनता साँध्दै र कतिपय अवस्थामा खुमबहादुर र कमल थापाकै लय समात्दै बलेको आगोमा घिउ थप्ने काम गरिरहेका छन् ।
धर्म निरपेक्षता,,,,न इसाईकरणलाई बढावा दिनु हो, न हिन्दु धर्मलाई नै अनादार गर्नु हो । राज्यको नजरमा सबै धर्मावलम्बी समान हुन् र सबैलाई आफूले चाहेको धर्म मान्न स्वतन्त्रता छ भन्ने लोकतान्त्रिक मान्यता नै धर्म निरपेक्षताको सार हो ।
मदन भण्डारीकृत एमालेको बहुदलीय जनवाद वा बिपीद्वारा विभिन्न समयमा लेखिएका दस्तावेजहरुलाई पल्टाएर हेर्दा पनि थाहा हुन्छ कि, धर्म निरपेक्षताको बारेमा उहिल्यैबाट एमाले र काँग्रेस दुवै प्रतिवद्ध छन् । तर अहिले आएर एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री सुशील कोइराला त्यो कुरा थाहा नपाएको जस्तो गरिरहेका छन् ।
यदि अहिले एमालेका अध्यक्ष केपी ओलीले भने झैं धर्म निरपेक्षता फिर्ता हुने कदम चालियो भने परिस्थितिले जटिल मोड नलेला भन्न सकिन्न ।
धर्म निरपेक्षाताको परिभाषालाई सहज र सरल ढङ्गले आम जनताको बीचमा पुर्याउने हो भने यसप्रति नेपाली जनताको त्यति धेरै असहमति होला जस्तो लाग्दैन ।
त्यसैले ताकपरे तिवारी नत्र गोतामेको रणनीतिमा चलिरहेका काँग्रेस, एमाले र एमाओबादीका नेताहरुले आफ्नै द्वैध चरित्र त्यागेर धर्मनिरपेक्षताको मर्म बारे बोल्नु पर्छ, यो अहिलेको ज्वलन्त आवश्यकता हो ।
यदि अहिले कै अवस्थामा धर्म निरपेक्षता राख्ने वा निकाल्ने दुवै काम गरिए परिस्थितिले नसोचिएको मोड लिन नसक्ला भन्न सकिन्न । त्यसैले सत्ताको मुख मात्र ताकेर बसिरहेका नेताहरू, कथित बुद्धिजीवी, लेखक, पत्रकार सबैको ध्यान यसतर्फ जाओस् । फूर्सदमा पछुताउनु भन्दा बेलैमा होस् पुर्याउनु राम्रो ।
जय ! सार्वभौमसत्ता सम्पन्न धर्म निरपेक्ष सङ्घीय गणतन्त्र नेपालको ।

बाधक एमाले

26 July 2015
सङ्घीय राज्यको नामाङ्कन र सिमाङ्कन टुङ्ग्याएर संविधान जारी गर्ने कुरामा सबैभन्दा बाधक एमाले हुन्छ । किनकी एमालेलाई अहिले देशमा स्थिरता ल्याउने संविधान होइन प्रधानमन्त्रीको कुर्सी चाहिएको छ ।

Tuesday, September 8, 2015

आहुतिको कविता र संविधानमा दलित अधिकारको प्रश्न

26 July 2015

गहुँगोरो अफ्रिका

                आहुति
मेरो रातो रगत
मानिसको पवित्र रातो रगत
नीलो पसिनाको बुँद बनेर जब झर्दछ
तिमी आफ्ना नरम अञ्जुलीहरूमा आली लगाएर थाप्दछौ
जब म त्यो श्रमको सुवासयुक्त पसिना सुघ्न खोज्छु
तिमी मेरो अपमान गर्छौ र मलाई टाढा राख्छौ
आँखा जुधाउने आँट गर पूजारी
म बीसौं शताब्दीको 'अछूत' हुँ !
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
म न्याय चाहन्छु
म मुक्ति चाहन्छु !
तिम्रो मन्दिरको मूर्तिमा मेरो आरनको गन्ध आउँछ
ओदानीमाथिको कराहीमा मेरो पसिनाको गन्ध आउँछ
आँखा जुधाउने आँट गर धर्माती मान्छे
कि मेरो अस्तित्वलाई भुङ्ग्रोमा पोल र धर्म धान्ने आँट गर
कि मेरो अपमान गर्ने शास्त्रका पानाहरूलाई च्यात्ने या
जलाउने साहस गर
म तिम्रो मन्दिरको देवता बनाउने कामी हुँ
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
तिम्रो बस्तीको सफा भुइँलाई सुँघ
बस्तीको हर चोक्टामा मेरो रगतको गन्ध आउँछ
आँखा जुधाउने आँट गर सफा मान्छे !
कि मेरो रक्त नलीहरूमा पानी भर
कि आफ्नो दिमागको फोहोर सफा गर
म तिम्रो बस्तीको फोहोर सोहोर्ने च्यामे हुँ !
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
तिम्रो मनका मनोरञ्जित ग्रन्थीहरूलाई च्यात
त्यहाँ मेरो सङ्गीतको मधुर सरसराहट सुनिन्छ
आँखा जुधाउने आँट गर चेतनायुक्त मान्छे !
कि मलाई जनावरसँग बाँध र घाँस खुवाउने आँट गर
कि तिमी आफूलाई जनावरभन्दा फरक पार्ने साहस गर
म सारङ्गी रेट्ने, मादल ठोक्ने, गाइने हुँ–वादी हुँ !
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
माटोमा धस्सिएको मेरो जीवनलाई छाम
त्यहाँ मेरो आँसुको आहाल भेटिन्छ
आँखा जुधाउने आँट गर अघाएको मान्छे !
कि तिम्रो गाँसमा मेरो आँसुको गन्ध छैन भन्ने आँट गर
कि मेरो दलित जीवनको सम्मान गर्ने साहस गर
म तिम्रो गोरुसँगै माटोमा पौडिने मुसहर हली हुँ !
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
तिम्रो पैतालाको जुत्तादेखि शिरको टोपीसम्म
तिम्रो दृष्टिको दूर क्षितिजदेखि मुटुको स्पन्दनसम्म
म कहाँ छैन? म सर्वत्र छु !
मलाई तिमी कसरी 'अछूत' बनाउन सक्छौ 'छूत' मान्छे?
कि इतिहासको कठघरामा उभिने आँट गर
कि आफूलाई बदल्ने साहस गर
आँखा जुधाउने आँट गर पूजारी !
म बीसौं शताब्दीको 'अछूत' हुँ !
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
म अपमानित इतिहासको हिसाब चाहन्छु
म कुनै पनि मूल्यमा मुक्ति चाहन्छु !
(आहुतिको यो कविता मैले पहिलोपल्ट मूल्यांकन माशिकमा पढेको थिएँ तर त्यो मूल्यांकन माशिक मेरो हातमा पर्दा दुई-तीन बर्ष पुरानो भैसकेको हुनुपर्छ । काठमाण्डौमा कलेज पढेर गाउँ निस्किएका एक जना दाइ पर्नेबाट मैले सो पत्रीका पैंचो लिएको थिएँ । उसबेला कविता अलिक कम बुझ्ने म, यो कविता पढिसकेपछि भने नमज्जैले हल्लिएँ । चारैतिर मेरा दामली दलित साथीहरुको अनुहार नाच्न थाल्यो । गाउँले परिवेशमा हुर्किएको म कवितामा उधृत पूजारी कै मानशिकतामा त नहुन सक्छु तर दलितप्रति उस्तो उदार भने पक्कै थिइँन ।
कविताले उसबेला मज्जैले झक्झकायो, अहिले पनि झक्झकाई नै रहेछ । गाउँले दाइलाई उक्त पत्रीका फिर्ता नदिइञ्जेलसम्म पढें पटक-पटक । अहिले आएर सोंच्दैछु, कविताले मेरो मानशिकता बदल्न निक्कै ठूलो सहयोग पुर्याएको रहेछ ।
आहुतिको यो कविता केही महिनादेखि फेरि चर्चामा छ । यहि कविताको शिर्षकबाट कविता संग्रह प्रकाशित भएपछि यो कवितालाई लिएर बहस गर्ने र कविता साभार गर्ने क्रम चलिरहेको छ ।
२०५० सालमा छापिएको यो कविताको सान्दर्भिकता अहिले अझै मुखरित भएको छ । संविधानको मस्यौदामाथि जनताले सुझाब दिइसकेको अवस्थामा पहिलो र दोश्रो संविधान सभाले दलितको पक्षमा निर्णय गरेका कतिपय बुँदाहरुलाई मस्यौदा लेख्दा छुटाईएको र तोडमोड गरिएको कुरा आइरहेको छ । यस बिषयमा दलित अधिकारकर्मी र दलित राजनीतिज्ञहरुले कति आवाज उठाई रहेका छन् उनीहरुले नै जानुन् तर पनि संविधान सभाका प्रमुख दलहरु दलितलाई सबैप्रकारको बिभेदबाट मुक्तगरी अधिकारसम्पन्न बनाएर समतामूलक समाज निर्माण गर्न चाहँदैनन् भन्नेकुरा भने पारित भैसकेका कतिपय कुरा मस्यौदामा जानाजान छुटाउनुले प्रष्ट पारेको छ ।
एकातिर संविधानको मस्यौदामा सहमति भएका दलित सम्बन्धी निर्णयहरु उल्टाईन्दै छ भने अर्कोतिर शहरिया केही पढालेखाहरु दलित समस्या पहिलाको अवस्थामा नरहेको जिकिर गरिरहेका छन् । बिदेशमा बसेर हिन्दु राष्ट्रको वकालत गरिरहेका कतिपय भुइँफुट्टा बुद्धिजीवीहरु त बिदेशमा दलितसँग एउटै भाञ्सा खाइरहेको प्रशंग उल्लेख गर्दै नेपालमा दलित समस्या नै नरहेको तर्कदिन पनि पछिपरेका छैनन् । तर शहरबाट अलिकती निस्किएर गाउँतिर लाग्ने हो भने दलितको अवस्था अझै पनि कविताले बोले जस्तै छ । म मेरै गाउँको एउटा उदाहरण पस्कन चाहाछु ।
कुरा चार बर्ष अगाडिको हो । गाउँविकास समितिको बजेट र स्थानीय क्लबको साझेदारीमा मेरै गाविसको वडा नं ९ मा एउटा शिवालय बनाईयो। उक्त शिवालय बनाउँदा साझेदारी गर्ने क्लबका सक्रिय सदस्यहरुमा दलित समुदायका पनि छन् । सो शिवालयको जग हाल्नेदेखि धुरी मार्ने, मूर्ति राख्ने मण्डप बनाउने काम सबै दलितहरुले नै गरेका हुन् । तर जब शिवालय तयार भयो, त्यहाँ स्थानीय पण्डितहरुबाट रुद्री पाठ गरेर मूर्ती स्थापित गरियो । हो, त्यही दिनदेखि सो शिवालयमा दलितहरुलाई पस्न मनाही गरिएको छ । उक्त कुरामा केही स्थानीय दलितहरुले असन्तुष्टि जनाए पनि प्रतिरोध गर्न भने सकेनन्। यो एउटा सानो उदाहरण मात्र हो, गाउँघरमा यस्ता उदाहरण त पाइलै पिच्छे भेटिन्छन् । नयाँ पुस्तामा दलितप्रति हेर्ने दृष्टिकोण केही परिवर्तन भए पनि धार्मिक र सामाजिक रुपमा त्यति ठूलो परिवर्तन भएको छ भन्ने देखिन्दैन ।
यहाँ कविताले राज्य र उच्च जातीय अहंकारबादलाई दलित प्रतिको दृष्टिकोण बदल्न सुझाब दिएको छ । यदि दलितप्रतिको दृष्टिकोण र व्यवहार परिवर्तन नगरिए बिद्रोह गर्न दलितको नैसर्गिक अधिकार हुने कवि बताउँछन् ।
नेपालमा भएका हरेक आन्दोलन र बिद्रोहमा दलितहरुको अपार सहभागिता र समर्थन रहँदै आएको छ । यतिबेला जनता आफैले चुनेको प्रतिनिधिबाट संविधान निर्माणको कार्य भैरहेको छ । तर पनि नेपालको कूल जनसंख्याको करिब १३ प्रतिशत हिस्सा ओगटेका दलितहरुलाई अधिकार सम्पन्न बनाउने र बिगतमा राज्यबाट भएका बिभेदको क्षतिपूर्ति स्वरुप निश्चित समयसम्म सकारात्मक बिभेदको नीति अंगिकार गरेर दलितहरुलाई राज्यका हरेक तह र तप्कामा स्थापित गराउने कार्यमा प्रमुख पार्टीहरु नकारात्मक बनिरहेका छन् । अहिले संविधानको मस्यौदालाई संशोधन गर्ने तयारी चलिरहेको छ । बिगतमा संविधान सभाले पारित गरेका दलित सम्बन्धी कतिपय छुटेका बुँदा सँगै पिछडिएका जाती र क्षेत्र, आदिवासी जनजाती, मदेशी, महिला आदिको मागलाई यथोचित सम्बोधन गर्न ठूला पार्टीका नेताहरुको चेत खुलोस् । नत्र कविताले भने झैं----
"कि इतिहासको कठघरामा उभिने आँट गर
कि आफूलाई बदल्ने साहस गर
आँखा जुधाउने आँट गर पूजारी !
म बीसौं शताब्दीको 'अछूत' हुँ !
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
म अपमानित इतिहासको हिसाब चाहन्छु
म कुनै पनि मूल्यमा मुक्ति चाहन्छु !"
भन्न कुनै पनि शक्तिले अब रोक्न सक्दैन ।

बिश्वको चिन्तन र दैनिकीमा .....

29 July 2015

१)
मानव निर्मित रोबोटले प्रतिनिधि छान्ने र प्रतिनिधि बन्ने अधिकार माग्ने सम्भावनाको बारेमा बैज्ञानिकहरुलाई चिन्ता शुरु भएको छ ।
२)
मानवसँग सबैभन्दा नजिकको सम्बन्ध राख्ने बाँदरको समेत क्लोन (डुप्लिकेट) निर्माण गर्न बैज्ञानिकहरु सक्षम भैसकेका छन् । भनिन्छ, मान्छेको पनि क्लोन निर्माण गर्न उनीहरु सक्षम भएका छन् तर समाजिक अप्ठ्याराले घोषणा गर्न नसकिएको हो । यदि मानव क्लोन निर्माण गर्न बिज्ञान सफल भएको हो भने हिटलर, लेनिन, मार्कस, माओ फेरि जन्माउन सकिने कुरामा बैज्ञानिकहरु बिश्वस्...त छन् ।
३)
बैज्ञानिकहरु भन्छन्,,,,पृथ्वीभन्दा बाहिर जीवनको अस्थित्व भेटियो भने आश्चर्य मान्नु पर्दैन तर भेटिएन भनेचाहिँ आश्चर्य मान्नु पर्छ । अर्थात पृथ्वीभन्दा बाहिर जीवन छ भन्ने बारेमा बैज्ञानिकहरु पूर्ण बिश्वस्त छन् । भरखरै नाशाले एउटा पृथ्वी जस्तै ग्रह फेला पारेको र त्यसमा जीवन हुनसक्ने धेरै सम्भावना भएको बताएको छ । यद्यपि त्यसबारे नाशाले छिट्टै आफ्नो औपचारिक धारणा सार्वजनिक गर्दैछ ।
माथी उल्लेखित तीन कुरा मध्ये कुनै एउटा मात्रै सम्भव भयो भने पनि बिश्वको चिन्तन र दैनिकीमा यति ठूलो प्रभाव पर्ने छ । जो मानव जीवनको लागि महत्त्वपूर्ण र उतिकै खतरापूर्ण पनि हुने कुरा बैज्ञानिकहरु बताउँछन् ।

के दलितहरु हिन्दु होइनन् ?

30 July 2015


२०६८ को जनगणना अनुसार नेपालमा सम्पूर्ण जनसंख्याको करिब १३ प्रतिशत दलितहरु छन् । नेवारी समुदायका केही दलित बाहेक अन्य सबै दलितहरु हिन्दु धर्मावलम्बी हुन् । पछिल्लो क्रममा केही दलितहरु इसाई भएका छन्, त्यो बेग्लै कुरो हो ।
अहिले हिन्दु राज्यको माग गर्दै देशका विभिन्न स्थानमा बन्द-हड्ताल गर्ने कार्य भैरहेको छ । खासगरी राजतन्त्रको पुनः बहाली चाहने राप्रपा नेपाल र धर्मको नाममा गैह्र कानुनी कार्य गर्दै आएका कमलनयनाचार्य जस्ता केही बिबादित धर्म गुरुहरुको उ...क्साहटमा यी क्रियाकलाप हुँदै आएका छन् ।
नेपाली समाज अझै पनि अन्धबिश्वासबाट मुक्त छैन । लामो समयदेखि समाजमा जरो गाडेर बसेको वर्ण ब्यवस्थाको कारणले जतिसुकै पढा-लेखा किन नहोस्, उच्च जातको कुनै पनि ब्यक्ती दलितहरुको सन्दर्भमा नकारात्मक हुन्छन् नै । जसलाई अहिले संविधानसभा र सडकमा घटिरहेको घटनाहरुले प्रष्ट पार्छ ।
प्रायः सबै दलका, दलित सुदायबाट संविधान सभामा प्रतिनिधित्व गर्ने सभाषद्हरु मस्यौदा लेखनको क्रममा संविधान सभाले पारित गरेका दलित सम्बन्धी कतिपय प्रावधानहरु कटौती भएकोमा संविधान सभा भित्रै आक्रोशित भएर नाराबाजी गरिरहेका छन् । सदन बाहिर एक पूर्व सभाषद्ले दलित अधिकारप्रती बेवास्ता गरिए आत्मदाह गर्न समेत पछि नपर्ने बताई सकेका छन् तर बाहिर सडकमा हिन्दु राज्यको नारा लगाउनेहरुबाट हिन्दु दलितहरुको अधिकार कटौतीको बिषयमा एक शब्द बोलेका छैनन्, किन ?
कि दलितहरु हिन्दु होइनन् ? यदि दलितहरु हिन्दु होइनन् भने त ठिकै छ तर हिन्दु हुन् भने उनीहरुको अधिकारको लागि किन बोल्दैनन् हिन्दु राज्यका माग गर्दै सडकमा निस्कने धर्म गुरु र उनका अनुयायीहरु ? किन बोल्दैन्न् संविधान सभा भित्र कमल थापा र खुमबहादुर खड्काका हनुमानहरु ? के हिन्दु दलितको उत्थान, हिन्दुको उत्थान होइन ? के हिन्दु दलितले पाउने अधिकार हिन्दुले पाएको होइन ? आफ्नै समुदाय भित्रका त्यति ठूलो हिस्सालाई बेवास्ता गरेर धर्मको उत्थान होला ? यो प्रश्नको जवाफ अब खोजिनु पर्छ । यदि यो प्रश्नको जवाफ हिन्दु राज्य माग्नेहरुले दिन सकेनन् भने धर्मको खोल ओढेर गरिएको राजनीतिको असली नियत के हो त्यो प्रष्ट हुनेछ ।

‎गुरु‬ पूर्णिमा विशेष

31 July 2015


मेरो जीवनको सबैभन्दा असली गुरु मेरो स्वर्गीय मावली कोकु (हजुरामा) हुन् । जसलाई मैले नसम्झिएको दिन नै हुँदैन । त्यसैले गुरुको महत्वलाई म एक दिनमा सिमित गर्न चाहान्न ।
तर जीवनमा केही सम्झनाहरु भने नभुल्ने किसिमको हुने रहेछ । २०६२ सालको गुरु पूर्णिमाको साँझ "सरगम संगीत प्रशिक्षण केन्द्र" पोखराको आयोजनामा संगीत साधक भोलाप्रसाद राईको संगीतालयमा सम्पन्न कार्यक्रमको स्मरणले सधैं पछ्याई रहन्छ ।
...
पोखराका बरिष्टदेखि भरखरै साँगीतिक यात्रामा पाईला चालिरहेका कलाकारहरुको त्यो जमघटलाई ब्यवस्थित गरि कार्यक्रम सञ्चालन गर्ने मेरो जिम्मेवारी थियो । जहाँ राष्ट्रकवि माधव घिमिरेको छोरी शान्ती अधिकारीले गाउनु भएको रागको गुञ्जन अझै पनि मानसपटमा ताजै छ । स्व. सरोज र सोम बज्राचार्य दाइ, बिनोद बानिया लगायतको प्रस्तुती अझै पनि सम्झिरहेको छु ।
द्वन्द कालको चरम उत्कर्ष देशले बेहोरी रहेको बेला सम्पन्न त्यो कार्यक्रममा मध्यरातसम्म बसेर साँगीतिक माहौलमा हराउनु हुने तात्कालिन सशस्त्र प्रहरीबल पश्चिममाञ्चल प्रमुख डिआईजी अमर बिक्रम नेम्वाङ र राष्ट्रिय अनुसन्धान बिभाग पश्चिमाञ्चल प्रमुख बरिष्ठ उपरिक्षक एवं साहित्यकार नरु थापा (नरवहादुर थापा मगर) को साँगीतिक झुकाव अचम्मकै थियो ।
बरिष्ठ उपरिक्षक थापाको "रमिता" उपन्यासमाथि बनेको "बन्दकी" चलचित्रले त्यस बर्षको सर्बोत्कृष्ट चलचित्रको अवार्ड हातपारेको थियो र उत्कृष्ट कथा बन्धकीकै पोल्टामा परेको थियो । त्यो कार्यक्रममा बरिष्ठ उपरिक्षक थापालाई सबैले बधाई टक्राएका थियौं । सो कार्यक्रमा मोहन राई भाइ, सुमन खवास र बिनित जोजिज्यूको उत्साह हेर्न लायक थियो । श्याम श्रेठ दाइको तबला ठोकाई र भोलाप्रसाद राईको हारमोनियम फिटाई अझै ताजै छ ।
उक्त कार्यक्रमा आकाशे रङको कुर्तासलवारमा सजिएकी पोखराकी एक चर्चित गायीकाको सुमधुर आवाज र घरी नै घरी मतर्फ ठोक्किने ठूला गाजलु आँखालाई सबैभन्दा बढी सम्झिरहेको छु, सम्झिनै रहनेछु । (उनको नामचाहिँ नलेखौं है)

दलितले जातीय ......

31 July 2015

दलितले जातीय रुपमा हुने छुवाछुत अन्त्यको माग गर्नु,,,
महिलाले आमाको नामबाट नागरिक्ता दिने ब्यवस्था हुनुपर्छ भन्नू,,,
कर्णालीका बासिन्दाले आरक्षण र सकारात्मक बिभेदको कुरा उठाउनु,,,
...
आदिवासी जनजाती र मदेशीले पहिचान चाहियो भन्नू,,,
र, यी जम्मैले जातीय, क्षेत्रीय, लिङ्गीय, भाषिक, साँस्कृतिक, धार्मिक रुपमा राज्यले गर्दै आएको विभेद अन्त्य गर भन्नूलाई बिखण्डनकारी, अराष्ट्रिय, अराजक देख्नेहरु एउटा धर्मलाई राज्यको धर्म घोषणा गर भन्दै बन्दको आयोजना गर्दैछन् र खुल्लमखुल्ला धर्म यूद्धको धम्की दिंदैछन् ।
वास्तवमै यी अति धार्मिक चिन्तन बोकेका सामन्तबादका अवशेषहरु राष्ट्रिय एकताका बाधक हुन् । बैचारिक रुपले खोक्रा नेताहरुकै कारणले यस्ता असामाजिक तत्वहरुको जन्म हुन्छ । यी असामाजिक तत्वहरुलाई मात्रै होइन कर्ममाभन्दा भाग्यमा बिश्वास गर्ने लुते नेताहरुलाई पनि बहिस्कार गरौं ।

पत्रकारहरुको शब्द प्रयोग प्रती खेद

July 31 2015

पत्रकारहरुको शब्द प्रयोग प्रती खेद ।
नवलपरासीमा केही दिन अघि मान्छेको बली चढाईएको र बली चढाउने झाँक्री भएको समाचार पत्रपत्रीका, रेडियो, टेलिभिजनमा आएको थियो ।
तर बालकलाई बलिचढाउनेको हुलिया (फोटोको गेरु बस्त्र धारी) हेर्दा ऊ झाँक्री होइन भन्ने प्रष्ट हुन्छ ।
...
धामी-झाँक्री प्रथाको सम्बन्ध प्रकृतिपूजकहरुसँग जोडिन्छ । नेपालका आदिवासीहरु र खस (मष्ट पूजा गर्नेहरु) समुदायमा झाँक्री-धामी प्रथा अझैसम्म जीवित छ । ती समुदायमा धामी-झाँक्रीको काम प्रकृतिको रहस्य बुझाईदिनु र पूर्खाको मृत आत्मासँग जीवितहरुको सम्पर्क गराईदिनु हो । प्रकृतिबादीहरु अरुको कुभलो चिताउने समुदाय होइनन् । पूजा-आरधना गर्दा ब्यक्तिगत प्रगती र समृद्धीको कामना नगरी सम्पूर्ण मानव कल्याणको कामना गर्नु नै प्रकृतिबादीहरुको परिचय हो । त्यसैले मानव बलि चढाउनु कुनै पनि प्रकृतिबादी धामी झाँक्रीले गर्न सक्दैनन् ।
यहाँ के कुरा प्रष्ट हुन आवश्यक छ भने प्रकृतिबादीहरुमा धामी झाँक्री भए झैं असली हिन्दुहरुमा "बाबा" "माता" आदि हुने गर्दछ । धामी झाँक्रीहरुको पहिरन सेतो हो भने बाबा र माताहरुको पहेंलो हुन्छ । यहाँ फोटोमा देखिएका पहेलो बस्त्रधारी झाँक्री नभै "बाबा" हुन् ।
त्यसैले शब्द प्रयोग गर्दा शब्दको मर्म बुझ्न पत्रकार महोदयहरुलाई मेरो आग्रह छ ।

पत्र मित्रहरु

1 August 2015
कुनै बेला पत्र मित्रहरुको पत्र पढ्न र जवाफ लेख्नमै रात फर्लङ्गै उज्यालो हुन्थ्यो । हुलाक टिकट किन्दा-किन्दा खल्ती सँधै रित्तो ।
उसबेला पत्रमित्र गर्नेहरु बीचका सेलिब्रेटी दीपेन्द्र दिनदुखी (अहिले दीपेन्द्र राई) को हाल झन् कस्तो थियो होला ? जान्न पो मन लाग्यो ।

सावनसँग

1 August 2015

सावनसँग जोडिएका अनगिन्ती रुमानी सम्झना छन्,,,पृथ्वीनारायण क्याम्पसको मानविकी भवनदेखि प्रशासन भवनसम्म एउटै छाँता ओढेर गईरहँदा सबैको नजरबाट ओझेल पछि सीताले कानैमा फुसफुसाएको एउटा वाक्य सम्झँदा अझै क्याम्पस धाउने रहर जागेर आउँछ ।

मोहन वैद्य

1 August 2015

नेपाली कम्युनिस्ट आन्दोलनका शिर्षस्थ नेताहरु मध्ये एक मोहन वैद्य,,,जसका बिचार र दर्शनबाट विद्यार्थी कालदेखि नै प्रभावित हुँदै आएको छु ।
नेपाली कम्युनिस्ट आन्दोलनमा वैद्यले जति गहन दार्शनिक चिन्तन अरु कमैले लेखेका होलान् । तर तिनै बैद्यले नेतृत्व गरेको पार्टी आज कार्यालयको भाडा तिर्न नसक्ने अवस्थामा पुगेको छ । यसको मतलव यो हो कि,,,,, चिन्तन वा विचारले सक्षम भएकाहरु पनि ब्यवहारमा असफल हुँदा रहेछन् ।

दलित सभाषदमाथि लाठी

4 August 2015

अरुमाथि विभेद र शोषणको मनसाय राखेर बन्द गराउँदै हिँड्ने र युद्धको धम्की दिने हिन्दु अतिवादीलाई स्वागत गर्ने पुलिस प्रशासन र राज्य,,,,,,,,,,,,,,,,,विभेद बिरुद्ध सडकमा उत्रिएका दलित सभाषदमाथि लाठी बर्साउँछ ।
अब देशका १३ प्रतिशत दलितहरु चुपचाप बस्ने कि,,,,संघर्षको लागि मैदानमा निस्कने ।

यस्तो लाग्छ

5 August 2015

यस्तो लाग्छ,,,,,,अलिक अगाडि नै जन्म लिईएछ ।
मानवता बिरोधी मसिना हाँगा बिँगाहरु छिमल्दै जिन्दगी सकिने भो । मानवता बिरोधी मूलजरो अर्थात कथित राष्ट्रियतामाथि प्रहार केन्द्रीत गर्ने समय अगावै निश्चय पनि चोला उठ्छ ।
त्यसैले नाति/पनाति पुस्ताहरुले लगाउने नारामा अहिले नै लगाउँछु।
...
कथित राष्ट्रियता----मूर्दाबाद
कथित सिमारेखा -----मेट्नै पर्छ
सबै मान्छे ----एक हौं
सिङ्गो पृथ्वी एउटै देश

विश्व आदिवासी दिवस

07 August 2015

सन् २००५ को विश्व आदिवासी दिवसको मूल कार्यक्रम पहिलो पल्ट राजधानी बाहिर पोखरामा सम्पन्न भएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथी हुनुहुन्थ्यो भूगोलबिद स्व. डा.हर्क गुरुङ ।
पोखराको दीपेन्द्र सभागृहमा उपस्थित हजारौं आदिवासी जनजातिहरुलाई सम्बोधन गर्दै स्व. गुरुङले तात्कालिन राजनीतिक अवस्थाप्रति संकेत गर्दै भन्नू भएको थियो, "हामी सबैले चाँडैनै देशको निम्ति निकै ठूलो योगदान दिनु पर्ने बेला आउँदैछ, यो बेला योगदान नदिने हो भने पछि भाग खोज्नुको कुनै अर्थ रहने छैन ।"
केही महिनापछि ...डा. गुरुङ लगायत विभिन्न क्षेत्रका दिग्गज ब्यक्तिहरु चढेको हेलिकप्टर ताप्लेजुङको घुन्सामा दुर्घटना हुन पुग्यो । भूगोलबिद डा. गुरुङको शरीर भूगोलले निले पनि पोखराको कार्यक्रममा उनले बोलेको कुरा यथार्थतामा परिणत भयो । एक बर्ष नपुग्दै २०६२-६३ को विशाल जनआन्दोलनले निरंकुशतन्त्र मात्र फालेन राजतन्त्र फाल्ने जग पनि खडा गर्यो ।
२०६२-६३ को जनआन्दोलनमा लाखौं आदिवासी जनजातिहरु सडकमा ओर्लिए । निरंकुश राजतन्त्रको अन्त्यसँगै सबै प्रकारको बिभेदको अन्त्य, धर्म निरपेक्षता, समानुपातिक-समावेसी लोकतन्त्र र पहिचान सहितको सङ्घीयताको गगनभेदी नारा लगाए सडकमा । जसको फलस्वरुप पुनः स्थापित संसदको पहिलो बैठकले नै धर्म निरपेक्षलाई स्वीकार गर्यो । आइ.एल.ओ. महासन्धी नं १६९ लाई अनुमोदन गर्ने काम गर्यो । तर सङ्घीयताको सवालमा अन्तरिम संविधान चुप बसेपछि ऐतिहासिक मदेश आन्दोलनको उठान भयो, सङ्घीयतामा पहिचान थप्न फेरि आदिवासी जनजातिहरुले अर्को आन्दोलन गर्नु पर्यो । यी विभिन्न आन्दोलनको बावजुद अन्तरिम संविधानमा कायम भएको धर्म निरपेक्षता, पहिचान सहितको सङ्घीयता र जनआन्दोलनका कतिपय मर्महरुलाई अहिले आएर संविधानमा उल्टाउने कसरत भैरहेको छ ।
ठिक यहीबेला हामी अर्को विश्व आदिवासी दिवस मनाउँदैछौं । यसपटकको विश्व आदिवासी दिवसको मूल कार्यक्रम दवाव स्वरुप सडकमा मनाउने निर्णय नेपाल आदिवासी जनजाती महासंघले गरेको छ । यो बेला डा. हर्क गुरुङ त हाम्रो बीचमा हुनुहुन्न तर उहाँको बिचार बोक्ने हजारौं पहिचानबादीहरु सडकमा छौं । कठोर संघर्षपछि प्राप्त भएको उपलब्धि खोसिएको टुलुटुलु हेरेर बस्नु पक्कै हाम्रो स्वाभिमानले दिने छैन । यसपटकको विश्व आदिवासी दिवसले पहिचान र समान अधिकारको लागि संघर्ष गर्न हामी सबैलाई थप उर्जा मिलोस्,,यहि कामना ।

सङ्घीयता निर्माणको आधार के हो ?

10 August 2015

सङ्घीयता निर्माणको आधार के हो ? त्यो प्रष्ट भयो भने त्यही आधारले सीमा र संख्याको निर्धारण गर्छ । बन्द कोठामा बसेर बिना आधारको ६ प्रदेश छुट्याउनुको सजाय भोग्दैछ देशले। नेताहरुको चेत खुलोस् ।

सुर्खेत घटना

10 August 2015

सुर्खेत घटना संघीयताको असफलता वा दोष होइन । दोष त बिना आधार बन्द कोठामा बसेर राज्यको संख्या र सीमा तोक्ने नेताहरुको हो ।

कि राजाबादी हुनु नै राष्ट्रबादी हुनु हो ?

11 August 2015

राजेश्वर देवकोटा प्रखर राष्ट्रबादी रे,,,एमालेका एक उच्च नेताले आफ्नो स्टाटसमा लेखेको ।
भूगोल मात्र राष्ट्र हो ? कि त्यो भूगोल भित्र रहेका जाती, भाषा, संस्कृती र मनोबिज्ञानको संयोजित रुप हो ?
राजेश्वर देवकोटाले के त्यस्तो काम गरे ? जुन कामको आधारमा राष्ट्रबादी भन्न सकौं ? कि राजाबादी हुनु नै राष्ट्रबादी हुनु हो ?

"फूटाउ र राज गर"

12 August 2015

कथित सिमाङ्कनले पश्चिममा मगर र थारुलाई यसरी बिभाजन गरिएको छ । "फूटाउ र राज गर" को सिद्धान्तबाट अभिप्रेरित शासकहरुको यस्तो सिमाङ्कन कति दिन टिक्ला ? हेर्न बाँकी छ ।
(मगर)
प्रदेश नं ४------१७.४३ %
प्रदेश नं ५------१४.७७ %
...
(थारु)
प्रदेश नं ५------१५.४३%
प्रदेश नं ६-----११.३७%

ज्योती v/s रामप्रसाद खनाल

12 August 1015

ज्योती मगरले अभिनय गर्दा र स्टेज सो मा प्रस्तुत हुँदा पक्कै छोटो कपडा लाउँछिन् । त्यसलाई नेपाली समाजको एक पुस्ताले अलिक पचाउन सक्दैन । तर नेपालमा ज्योती मगर मात्रै त्यस्तो कलाकार होइन, दर्जनौं फ्लिममा दर्जनौं नायीकाहरुले उत्तेजक किस र बेड सिन दिईसकेका छन् । कतिपय फ्लिमको त सम्बाद सुन्दा पनि अपाच्य लाग्छ, जुन सम्बाद नायीकाले बोलेकी हुन्छिन् ।
ज्योती मगरले छोटो कपडा लाएर नाचेकै आधारमा आफूलाई लोक गीत क्षेत्रको स्वघोषित गड फादर मान्ने एक भू.पू. नेपालील...े आज सामाजिक सञ्जाल मार्फत "निलो फ्लिम" यानेकी ब्लु फ्लिम खेल्ने सल्लाह दिएछन् ।
एक अग्रज वा नेपाली लोक सङ्गीतको पारखीको नाताले ज्योतिलाई लामो लुगा लगाएर नाच्न वा छोटो पहिरनमा लोकगीत नगाउन/ननाच्न सल्लाह दिनुलाई अन्यथा मान्नु हुँदैन । तर सिधै निलो फ्लिम खेल भन्नू कहाँसम्मको तपाईको बौद्धिकता हो रामप्रसाद खनाल ज्यू ?

"म महेश" को गुणगान

14 August 2015

राज्यको नाम "मगरात" वा "थारुवान" लेखिला/नलेखिएला । नाममा, सङ्घीय राज्यको संख्या थोरै/धेरै भन्ने कुरामा सम्मती/बिमती होला । तर मगर र थारु बाहुल्य क्षेत्रलाई छुट्टाछुट्टै राज्यमा बिभाजित गरिनु त्यस क्षेत्रमा रहेका कोही पनि मगर/थारुलाई पाच्य हुँदैन ।
त्यसैले केही दिनदेखि थारुहरु निरन्तर आन्दोलनमा छन्, मगरहरुको पहिलो चरणको आन्दोलन आजबाट शुरु भएको छ । मगर वा थारुहरुको बाहुल्यता रहेको क्लस्टरलाई छुट्टै राज्य बनाउन अहिले नै नसकिए पनि अलग-अलग राज्यमा टुक्राउनबाट जोगाउन भने सकिन्छ । तर पहिचान बिरोधी कित्ताको पक्षपोषण गर्दै आएका तीनै समुदायका नेता-कार्यकर्ताहरु अहिले गुमनाम छन् । केही दिन पछाडि ती महासयहरुको फेसबुक पेजमा "म महेश" को गुणगान गाईएको स्टाटस देखिएमा अचम्म मान्नु पर्दैन ।

Monday, September 7, 2015

नेपालमा दलितको संख्या

16 August 2015

नेपालमा दलितको संख्या सम्पूर्ण जनसंख्याको करिब १३ प्रतिशत छ । दलितहरुको संख्या यति ठूलो हुनुमा धार्मिक कारण मात्र नभै पृथ्वीनारायण शाहको राज्य बिस्तार अभियानले पनि सहयोग गरेको कुरालाई बिर्सनु हुँदैन ।
पृथ्वीनारायण शाहले आफ्नो पहिलो ससुराली खलक मकवानपुरको सेनहरुलाई पराजित गरिसकेपछि ठूला जतिलाई जेल हाल्ने र केटाकेटीहरुलाई दलितको जिम्मा लाएर दलित बनाउने काम गरिएको इतिहास साक्षी छ। पश्चिममा बढी दलितको संख्या हुनुमा राज्य बिस्तार क्रममा असहयोग गर...्ने वा पराजित भएकाहरुलाई अपमानित गर्न न फेरि पनि शक्तिमा नआउन् भन्नको खातिर दलित बनाइएको हुनसक्ने आधार धेरै छ ।
वास्तवमा हिन्दु बर्णाश्रम भित्रैकालाई दलित बनाईनुको कारण
१) कर्मकाण्डी बाहुनबाद टिकाई रहनको लागि ।
२) गोर्खा राज्य बिस्तारको क्रममा पराजित हिन्दु बर्णाश्रम भित्रैका रज्यौटा र तिनका रैतीहरुलाई सजाय दिन दलित बनाईएको हो ।
इतिहासले दलितहरुलाई राजा-रज्यौटा कै सन्तानको रुपमा पनि उभ्याउँछ भने आफ्नो जाति माथि किन हिनताबोध गर्ने ?
अब आफ्नो जातिप्रती गर्व गर्दै सबै प्रकारका विभेद अन्त्यको निम्ति हातेमालो गर्नुको बिकल्प छैन । अधिकार मागेर पाइन्दैन, खोस्नै पर्छ तर खोस्नको निम्ति एक्लैले सम्भव हुँदैन । बृहत दलित एकता र संघर्षको लागि अग्रिम शुभकामना र ऐक्यबद्धता पनि ।

प्रहरीको काम शान्ती सुरक्षा कायम गर्ने हो

16 August 2015

प्रहरीको काम शान्ती सुरक्षा कायम गर्ने हो, त्यसैले आन्दोलन वा बन्दको बेला प्रहरीहरु बढी क्रियाशिल हुनु स्वभाविक हो । तर बल प्रयोग नगर्नु पर्ने स्थानमा समेत बल प्रयोग गरेको र अन्धाधुन्ध लाठी चार्ज गरेको देख्दा प्रहरीको क्रुरता झल्कने गर्छ । लोकतन्त्रमा प्रहरीको ब्यवहार पनि मानवीय हुन आवश्यक छ ।
अर्कोतिर बन्दमा तोडफोड हुनु नेपालमा सामान्य जस्तै छ । तोडफोड गरिनु राम्रो होइन तर अहिलेकै अवस्थामा यो मनोबिज्ञानबाट नेपाली राजनीति वा समाज मुक्त हुने... देखिन्दैन। आज कसैले गरेको तोडफोडलाई नराम्रो देख्नेहरु भोलि आफैले गरेको बन्दमा सोही क्रिया दोहोर्याउँछन् ।
यस्तो बेला सवारी चालकहरु नै होसियार हुनुपर्छ । सर्वसाधारणले सवारी साधन चलाएर बन्दको अवज्ञा गरे पुलिस प्रशासन र सरकार खुशी हुने तर जब त्यो सवारी साधनमाथि आगजनी हुन्छ तब आक्रोश पोख्ने पुलिस र सरकार नै हुन्छन् ।
बन्दलाई बढावा दिनु कदाचित राम्रो काम होइन तर बन्द र तोडफोड नगरी आवाज नै नसुन्ने सरकारको रवैया अझ घातक छ । बन्द र तोडफोडको राजनीतिबाट देशले पार पाउन सबै इमान्दार र संवेदनशील हुनुपर्छ ।
अहिले चारैतिर असन्तुष्टि छ । सम्बाद र सहमतिबाट असन्तुष्ट पक्षहरुले उठाएका कतिपय माग सम्बोधन गर्न सकिन्छ । तर सरकारमा संलग्न रहेका र सोह्र बुदे सहमतिका नायकहरु असन्तुष्ट पक्षसँग वार्ता र सहमति गर्नुको साटो अझ असन्तुष्ट पक्षलाई चिढ्याउने कार्यमा निमग्न छन् । कतिपय सञ्चार माध्यमहरु अन्तरबिरोध खडा गर्न र दुई पक्षलाई भिडाउन कम्मर कसेर लागेका छन् । यस्तो संवेदनशील घडीमा पुलिस प्रशासनले अनावश्यक जोडबल गर्दा परिस्थिती झन भड्किन सक्छ । त्यसैले पुलिस प्रशासनले नेता वा मन्त्रीहरुको मात्र होइन आफ्नै बिवेकले चल्ने बेला भएको छ ।
आखिर पुलिस पनि सामान्य जनताका छोरा-छोरी नै हुन् र उनीहरुलाई पनि लोकतान्त्रिक राज्यको आधारभूत मूल्य मान्यताहरु स्थापित भएको राज्य पक्कै चाहिएको छ ।

किरात के हो ?

17 August 2015

किरात के हो ?
"किरात" जाति होइन र "किरात" धर्म पनि होइन । "किरात" त हिमालय पर्वत शृङ्खलामा सदियौं देखि बसोबास गर्दै आएको एक बृहत समुदाय हो ।
मानव उत्पती र बिकास सम्बन्धी अध्ययनले भन्छ--वर्तमान नेपालमा मानिसको उत्पती नभई अन्यत्रैबाट बसाइँ सराईको क्रममा मानिसका पूर्खाहरु वर्तमान नेपालमा आइपुगेका हुन् ।
...
यसर्थ किरातहरु पनि नेपालमा बाहिरैबाट आएका हौं भन्नू अप्ठ्यारो मान्नु पर्दैन । तर खस-आर्य समुदाय जस्तो बिकसित भाषा, धर्म, संस्कार, संस्कृति बोकेर नभै आदिम जङ्गली अवस्थामा अबिकसित केही मान्यताहरु बोकेर सिकार खेल्दै यहाँ आइपुगेका हौं । किरातीहरुले यही भूमिमा आफ्नो भाषा, संस्कृती र सभ्यताको निर्माण/विकास गरेका हौं । त्यसैले "किरात", आदिम कालदेखि बसोबास गर्दै आएका किराती समुदायको ऐतिहासिक भूमी पनि हो ।
किरातीहरु पूर्खा र प्रकृति पूजक हुन् । "प्रकृति र पूर्खा पूजा" मानव सभ्यतामै सबैभन्दा पूरानो र बृहत् धार्मिक/साँस्कृतिक मान्यता "बोन" सँग सम्बन्धित छ । त्यसैले किरातीहरुको धार्मिक/सांस्कृतिक मान्यता "बोन" वा "प्रकृतिबाद" नै हो, किरात होइन ।
क्रमशः........

काठमाण्डौको वास्तुकला

18 August 2015

काठमाण्डौको अधिकांस वास्तुकला र मूर्तिकला मात्र होइनन् चाड-पर्व, नृत्य-नाट्य कला मल्लकालिन नासोहरु हुन् ।
वास्तव मै मल्लकाल उपत्यकाको हकमा स्वर्णकाल थियो । शाहबंशको उदयपछि उपत्यकाले मात्र होइन सारा देशले अन्धकारमय जीवन भोग्नु पर्यो/भोगी रहेका छौं ।
मल्लकालका नासोहरु जति बाँचेका छन् तिनीहरुलाई आज हेर्दा लाग्छ, मल्लकालिन उपत्यका बिश्वको मैहुँ भन्ने सभ्यतालाई पनि माथ ख्वाउने खालको थियो । तर शाहबंशका नालायक राजा-भारदारहरुले देशलाई बिश्वकै कंगाल मात्र बनाएन नेपाली राष्ट्रियतालाई ...ध्वस्त बनाएरै छाड्यो ।
त्यही ध्वस्त राष्ट्रियता निर्माणको अभियानमा अहिले देश छ तर मृत शाहबंशकै दुष्ट आत्माहरुले लोकतन्त्रको मुखुण्डो ओढेर फेरि पनि देश भित्रका राष्ट्रियतालाई छिन्न भिन्न र पहिचान बिहिन बनाउने दुश्प्रयास गरिरहेका छन् ।
तर अब यो भूगोल भित्रको मदेशी राष्ट्रियता, किराती राष्ट्रियता, नेवारी राष्ट्रियता, तामाङ राष्ट्रियता, मगर राष्ट्रियता, थारु राष्ट्रियता, गुरुङ राष्ट्रियता, खस राष्ट्रियता, लिम्बू राष्ट्रियता, कोच राष्ट्रियता, शेर्पा राष्ट्रियता पक्कै पनि निरीह बनेर बस्ने छैनन् । बिबिध राष्ट्रियताको स्व:पहिचान र पहिचान पछिको एकताले मात्र नेपाली राष्ट्रियता निर्माण हुन सक्छ ।
खुनी-हत्यारा शाह राजाहरु र तिनका भारदारहरुले भन्दै आएको नेपाली राष्ट्रियता,,,राष्ट्रियता नभै बिबिध राष्ट्रियताको टाउकोमा टेकेर उभिएको बुख्याँचा मात्र थियो । त्यो बुख्याँचाको पर्दा उत्रि सकेको छ । त्यसैले अब सबै राष्ट्रियताको पहिचान स्थापित गरेर नेपाली राष्ट्रियता निर्माणको अभियानमा जुटौं ।

मदेश र मदेशी जनताको भावना

18 August 2015

मदेश र मदेशी जनताको भावनालाई सधैं अराष्ट्रिय देख्ने एकल जातिबादी पहाडी सर्वसत्तावादी राज्यसत्ताले फेरि मदेश र मदेशी जनतामाथि धावा बोल्यो ।
नालायक सरकारको हत्यारा गृहमन्त्री बामदेव गौतमको ठाडो आदेशमा सप्तरीको भारदहमा गोली प्रहार गरि दुई होनाहार मधेशीको आज ज्यान लिएको छ । मदेश र मदेशी जनतामाथि गोली हान्न इन्कार गर्ने इमानदार पुलिस जवानलाई ब्यारेकमा लगेर शारीरिक यातना दिने काम गरेको छ ।
अब मदेश र मदेशी जनताको धर्यता पक्कै टुटेको छ । आन्दोलनको आँधी बेहेरी सिर्जना गर्न मदेश र मदे...शी जनताहरु तयार रहेका छन् । यो बेला नालायक सरकारले बुद्धि नपुर्याउने हो भने स्थितिले भयंकर रुप लिन पनि सक्छ ।
त्यसैले नालायक सरकारले तुरुन्तै हत्यारा गृहमन्त्री बामदेव गैतमलाई बर्खास्त गरि अघिल्लो मदेश आन्दोलन, थारुहट आन्दोलन र आदिवासी जनजाती आन्दोलनको बेला गरिएको सम्झौतालाई इमानदारिताका साथ कार्यान्वयन गर्ने र अन्तरिम संविधानको मर्मलाई आत्मसात गरेर संविधान जारी गर्ने प्रतिवद्धता ब्यक्त गरि मदेशी सहित सबै आन्दोलनरत शक्तिहरुलाई वार्तामा बोलाउनु पर्छ ।

आफ्नो चिन्तनमा शंका गर

19 August 2015

मदेश र मदेशीको राष्ट्रियता प्रति होइन आफ्नो चिन्तनमा शंका गर ।

नागसँग मानिसको सम्बन्ध

19 August 2015

नागसँग मानिसको सम्बन्ध उत्पत्तिकाल देखिनै छ । तर त्यो सम्बन्ध मित्रवत नभै सत्रुतापूर्ण हो ।
नाग अर्थात सर्पको डसाईबाट करोडौं मानिसहरुले ज्यान गुमाई सकेका छन् भने मानिसको आक्रमणबाट अरबौं नागले परमधामको यात्रा तय गरिसकेको छ ।
खासगरी नेपाल लगायत बंगालको खाडीबाट फैलने मनसुन प्रभावित क्षेत्रमा बर्षायाममा नागको बिगबिगी ज्यादा हुन्छ । बर्षायाममा नै नागको डसाईबाट धेरै मानिस र मानिसबाट सर्प मारिन्छ्न् । सर्पबाट जोगिने उपाय भने कै उसँग जम्काभेट नहुनु हो ।
...
तर नागलाई कथित देवताको रुपमा उभ्याएर सर्वसाधरण मानिसमा भय उत्पन्न गरि यूगौंदेखि एउटा समुदायले हरेक बर्ष आजकै दिन गतिलो ठगी धन्दा सञ्चालन गर्दै आएको छ । कागजमा कोरिएको नागको चित्र घरमा टाँस्दा नागले डस्दैन भन्ने अन्धविश्वास बेचेर दुनियाँलाई उल्लु बनाउनु धर्मको आड लिए । सायद यो ठगी धन्दाको बिरोध गर्दा धर्मको खिलापमा बोलिएको अर्थ लाग्न पनि सक्छ ।
तर यदि नागको डसाईबाट सर्वसाधारणलाई बचाई धर्म कमाउने रहर नै भए पूरेत महोदय,,,घर, गोठ, करेसाबारी, बाटोघाटो आसपास फैलिएको झाडी सफा गर्न घर-घर पुगेर सल्लाह दिनुस् । झाडी भएको बाटो हिंड्दा हातमा लामो लठ्ठी बोक्न र लठ्ठीले दायाँबायाँको झाडी हिर्काउँदै अगाडि बढ्न सिकाउनुस् । यदि नागसँग जम्काभेट भै हाल्यो र भाग्नु पर्ने अवस्था आयो भने बाङ्गोटिङ्गो पाईला चाली भाग्न अह्राउनुहोस् र नागले डसी हाल्यो भने डसेको भागलाई रुमाल वा लामो कपडाले शरिरको अन्य भागमा बिष नसर्ने गरि कसिलो बाँधी जतिसक्दो चाँडो स्वास्थ्य संस्थामा लैजाने सल्लाह दिनुस् ।
र, नाग पञ्चमीलाई नागको चित्र टाँस्ने होइन नागबाट बच्ने उपाय गाउँ-समाजमा बाँड्ने, छलफल गर्ने दिनको रुपमा मनाऔं । नाग पञ्चमीको यहि शुभकामना ।

दमन बन्द गर

20 August 2015

"मदेश र मदेशी जनतामाथिको हिंसात्मक दमन बन्द गर"---भन्दा बिखण्डनबादीलाई सपोर्ट गर्यो भन्नेहरु नै असलीमा बिखण्डनबादी हुन् ।
मदेशको भूमिलाई नेपाल ठान्ने तर त्यो भूमिमा बस्ने मदेशी जनतालाई बिहारी देख्ने पहाडे एकल जातीय सर्वसत्ताबाद-----मूर्दाबाद ।
मदेश, थारुहट, कर्णाली, मगरात, दलित, महिला, मुस्लिम, कोचिला र समग्र आदिवासी जनजातिहरुको न्यायपूर्ण आन्दोलन----जिन्दाबाद

योगेश भट्टराईले हिम्मत गरे

20 August 2015

एमालेका सचिव योगेश भट्टराईले अन्तत फेसबुक मार्फत जनतामा आफ्नो फरक मत राख्ने हिम्मत गरे । धर्म निरपेक्षता, कर्णालीबासीको स्वायत्तताको चाहना, प्रत्येक्ष निर्वाचित कार्यकारी लगायतका कतिपय सवालमा भट्टराई पार्टी निर्णयभन्दा माथि उठेको देखियो ।
तर एमालेका जिम्मेवार आदिवसी जनजाती समुदायका नेताहरु पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङ, बिजय सुब्बा, शेरधन राई, शेरवहादुर तामाङ, गोकुल घर्ती, रामकुमारी झाँक्री, राजेन्द्र राई, यज्ञराज सुनुवार, जयन्ती राईहरु आज कुन अँध्यारो कोठामा बसेर केपीलाई बादसाह घोषणा गर्न गुलाम जुटिरहेका होलान् । बधाई छ महान गुलाम नेताहरुलाई ।

घैंटेको हत्याले जन्माएका प्रश्नहरु

21 August 2015

प्रहरी, प्रत्यक्षदर्शी र घाइतेहरुको बयान हेर्दा चर्चित डन कुमार घैंटेको हत्याले केही प्रश्नहरु जन्माएका छन् ।
१) घैंटेले आपराधिक कृयाकलाप गरिरहेका थिए र ऊ अपराधी हो भन्ने कुरामा कसैको बिमती छैन । तर ऊ बिगत केही महिनादेखि खुल्लमखुल्ला हिडिरहेको र भूकम्प पीडितहरुलाई राहत बितरण गर्ने कार्यमा संलग्न भएको समाचार आउँदा पनि त्यसबेला नेपाल प्रहरीले किन उनलाई पक्रने प्रयास गरेन ?
२) प्रत्येक्षदर्शीहरुले भनेका छन्---उनलाई पक्रन सिबिल ड्रेसमा मुखमा माक्स लाएर केही प्रहरी घर भित्र छिरेक...ा थिए । घैंटे अपराधी हो, घरमा ऊसँग प्रतिकारको लागि हतियारहरु पनि हुनसक्छ भन्ने कुरो प्रहरीलाई राम्रोसँग थाहा छ । ऊ सार्वजनिक स्थलमा खुल्लम खुल्ला हिडिरहेको अवस्थामा सहजै पक्राउ गर्न पनि सकिने अवस्था थियो तर किन उनकै घर रोजियो ?
३) प्रत्यक्षदर्शीहरु भन्छन्---दोहोरो भिडन्त त नाटक मात्र हो । कुमार घैंटेले प्रहरीमाथि फायर गरेका छैनन् । मानिलिऔं घैंटेले फायर नै गर्यो रे,,,तर उनलाई सिधै छातिमा गोली नहानी कम्मरभन्दा तल गोली हानी घाइते बनाएर गिरफ्तार गर्ने सकिन्थ्यो, तर किन सिधै छातिमा नै गोली दागियो ?
४) ऊ अपराधी हो,,,अपराधीले सजाय पाउनु पर्छ तर यहाँ त अपराधीलाई सिधै मार्नु पर्छ वा मारिन्छ भन्ने सन्देश दिन खोजेको देखियो ।
५) कतै सुर्खेत र सिराहामा प्रहरीद्वारा मारिएका निर्दोष जनताहरुको रगतको पैंचो तिर्न घैंटेलाई मारिएको पो हो कि ?
६) बिगतमा घैंटे झैं आपराधिक क्रियाकलापमा संलग्न र सो संलग्नतालाई पुस्तक मार्फत स्वीकार गरिसकेका बर्तमान उद्योग मन्त्री महेश बस्नेतलाई घैंटेको नजिरले समात्छ-समात्दैन ?
७) दिनेश अधिकारी "चरी" मारिदा एमालेका केही सभाषद्हरुले संविधान सभामै नाराबाजी गरे, अहिले घैंटे मारिन्दा काँग्रेसका केही सभाषद्हरु गृहमन्त्रीलाई गाली गरिरहेका छन् । यी कुरा हेर्दा के प्रष्ट हुन्छ भने घैंटे जस्ता अपराधीलाई प्रयोग गर्ने र संरक्षण दिने उच्च ओहदाका नेताहरु नै हुन् । ती नेताहरुलाई किन कार्वाही गरिन्दैन ?
८) अपराध हुर्काउने नै नेता र प्रहरी हुन् र जतिबेला ती अपराधीहरु आफू अनुकुल हुँदैनन् तब जहाँ पनि मारिन सक्छन् भन्न मिल्ला कि ?

डा. प्रपन्नाचार्य

21 August 2015

उनको दावी थियो,,,किरातीहरुनै असली हिन्दु हुन्,,,आर्यहरु त पछिमात्र हिन्दु भएका हुन् । उनी लिखित "प्राचीन किरात ईतिहास" मा आफ्नो भनाईलाई पुष्टि गर्ने विभिन्न आधारहरु पनि उनले प्रस्तुत गरेका छन् । ता पनि किरातीहरु "हिन्दु" थिए भन्ने कुरामा सहमत हुन सकिन्न ।
तर हिन्दुहरुले आफूलाई सनातनी मान्दै आएको कुरालाई भने ठाडै इन्कार गर्ने आधारहरू प्रशस्त छन् । खासमा सनातनको अर्थ परापूर्वकालबाट मान्दै आएको बिचारभन्ने जनाउँछ । परापूर्वकालदेखि मान्दै आएको बिचार त "प्रकृतिवाद" हो । यसर्थ प्रक...ृतिबादी किरातहरुलाई सनातनी मान्यता बोक्नेहरु भन्न सकिन्छ, हिन्दुलाई होइन। कतै त्यही सनातनी प्रकृतिबादलाई नै डा. प्रपन्नाचार्यले हिन्दु भनेका त होइनन् ? यदि त्यसो हो भने उनले हिन्दुको गलत परिभाषामा अल्मलिएर आफूलाई जीवनभरी हिन्दु माने र किरातीहरुलाई हिन्दु बनाउने प्रयत्न गरिरहे ।
उनी जे हुन्, सहमति-असहमती जे पनि हुन सकिन्छ तर उनले खोजेको गहन दस्तावेज "प्राचीन किरात ईतिहास" मा किरातीहरु पहिला हिन्दु थिए भन्ने सन्दर्भलाई छोडेर अन्य बिषयलाई प्राप्ती कै रुपमा लिनु पर्छ ।
किराती चुल्हामा जन्मिए, एउटा पण्डितको घरमा बसेर भाँडा माझ्दै पूर्विय हिन्दु आर्य दर्शनको बिषद् अध्ययन गरेर र आचार्य पद पाए, धेरै हिन्दु ब्राह्मणहरुलाई किरातीको गोडा ढोकाए उनै काले राई आज सबैबाट बिदा भएर गए । हार्दिक श्रद्धाञ्जली ।
उनी राम्रा संगीतज्ञ पनि हुन् । उनमा शास्त्रीय संगीतको गहिरो ज्ञान थियो । सरगम संगीत प्रशिक्षण केन्द्र पोखराले उनलाई शास्त्रीय संगीतको क्षेत्रमा पुर्याएको योगदान स्वरुप सम्मान गर्दा आयोजकको तर्फबाट मैले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको थिएँ । त्यसक्रमा सामान्य भलाकुसारी पनि भएको थियो । उनको बिचारसँग असमत थिएँ/छु तर उनको बिद्धतालाई भने नकार्न सकिन्न । फेरि पनि हार्दिक श्रद्धासुमन ।

नत्र फेरि पनि आन्दोलनको बिकल्प छैन ।

21 August 2015

प्रदेश नं १,२,३,४ र ५ को सीमालाई यथावत राखेर प्रदेश नं ६ बिभाजन गरेर मात्र समस्याको समाधान हुँदैन ।
१) पूर्वका थारुहरुलाई प्रदेश नं १ र २ मा गरिएको बिभाजनलाई सच्याउनु पर्छ ।
२) प्रदेश नं २ र प्रदेश नं ५ लाई सिधै जोड्नु पर्छ । चितवनको सम्पूर्ण भाग प्रदेश नं २ मा र नवलपरासीको सम्पूर्ण भाग प्रदेश नं ५ मा राख्नु पर्छ ।
...
३) प्रदेश नं ५ र ६ मा बिभाजन गरिएको थारुहरुको बाहुल्य क्षेत्रलाई एउटै प्रदेशमा राख्नु पर्छ ।
४) प्रदेश नं ४,५ र ६ मा बिभाजित गरिएका मगर बाहुल्य क्षेत्रलाई एउटै परदेशमा राख्नु पर्छ ।
हो, यति गरिए पहिचानका ५ र सामर्थ्यको ४ आधारलाई केही हदसम्म स्वीकार गरिएको ठानिने छ । जसको कारण तत्कालै ठूलो असन्तुष्टि र आन्दोलनको सम्भावना टरेर जाने र संविधान निर्माण हुने आधार तयार हुने छ । नत्र फेरि पनि आन्दोलन र असहमतिको बिकल्प छैन ।
प्रदेश नं ७ बनाएर कर्णालीको चाहनालाई सम्बोधन गर्नुलाई सकारात्मकरुपमा लिनु पर्छ ।

धर्म के हो ?

24 August 2015

१) कर्मकाण्डहरु----संस्कार हुन् ।
२) चाड-पर्व, गाना-बजाना-नृत्य, गर-गहना-पोशाक, खान-पान आदि---- संस्कृती हुन् ।
३) ब्रम्हाण्ड, पृथ्वी, मानव-पशुपंक्षी आदिको उत्पत्ति, जन्म-मृत्यू सम्बन्धी धारणा------ दर्शन हुन् ।
४) भय, आश, बिश्वास आदि -----मनोविज्ञान हुन् ।
...
धर्म के हो ?
५) देवी-देवता, सृष्टिकर्ता-संहारकर्ता, कुल-पित्र आदिको पूजा-आजा, तप-जप, तिर्थ-ब्रत, भक्ती-उपासना, भजन-किर्तन आदि नै असलीमा अहिलेको परिभाषित धर्म हो ।
त्यसैले हिन्दु धर्म "सनातन" धर्म होइन । किनकी हिन्दुहरुले सृष्टिकर्ता-संहारकर्ता देखि जम्मै मानिल्याएका देवी देवताहरु ३,५०० बर्षभन्दा यताका मात्रै हुन् । सनातनको अर्थ परापूर्वकालदेखि मानिल्याएको भन्ने हो। ३,५०० बर्षको इतिहासलाई कसरी सनातनी मान्न सकिन्छ ? यद्यपि इसाई, मुस्लिम, बुद्ध, जैन, शिखभन्दा हिन्दु धर्म पुरानो हो ।

कैलालीको टिकापुरमा

24 August 2015

कैलालीको टिकापुरमा हिंशात्मक घटना घट्नु पछाडि सरकार र तीन पार्टीको प्रमुख हात छ । सङ्घीय राज्य सिमाङ्कनको क्रममा थारु बाहुल्य क्षेत्रलाई दुई अलग राज्यमा बिभाजन गरेपछि थारुहरुले सडकमा शान्तिपूर्ण आन्दोलन गर्दै आएका थिए ।
थारुहरुले अधिकार प्राप्तिको लागि गरिरहेको शान्तिपूर्ण आन्दोलनलाई निश्तेज बनाउन सरकार र प्रहरी प्रशासनले अखण्ड सुदुरपश्चिमाञ्चल पक्षधरलाई उचालेर भिडन्तको स्थिती सिर्जना गरि आन्दोलनकारी माथि दमन गर्ने अभियान सञ्चालन गरेपछि बाध्य भएर थारुहरु प्रतिकारमा उत्रेका... हुन् । यद्यपि टिकापुर घटना दु:खद छ ।
नेपाल सरकार र संविधान निर्माणको क्रममा घाँटी जोडेका तीन पार्टीले तुरुन्तै प्रहरी दमनलाई रोकेर शान्ति स्थापनाको लागि पलह गर्नुपर्छ । तर सत्ता उन्मादले अन्धो भएको राज्यसत्ताले निर्दोष थारु जनताहरुमाथि निर्मम दमन गर्न सक्छन् त्यसैले मानवअधिकारकर्मीहरु तुरुन्तै घटना स्थलमा जानू र निश्पक्ष छानबिनको लागि अन्तर्राष्ट्रिय मानव अधिकारबादी संस्थाहरुलाई आह्वान गर्नु पर्छ ।

सेना परिचालनले समस्याको समाधान हुँदैन

24 August 2015

थारुहरु, जसले यूगौंदेखि मदेशको समथर भू-भागमा गर्मी, सितलहर, सर्प-हात्ती-बाघ-गैंडा जस्ता हिंशात्मक जनवारको आक्रमण, औलो जस्ता प्राणघातक रोगसँग लडेर जीवन निर्वाह गर्दै आए ।
जब औलो नियन्त्रणमा आयो, मोटर बाटोको सुविधा सहज बन्यो तब पहाडका टाठाबाठाहरु झरेर विभिन्न बाहानामा थारुहरुको जमिन हडपी भूमिहिन बनाउने कार्य गरे । हरूवा, चरुवा, हलिया, कमैया, कम्लहरी बनाई आफूहरुको सेवामा आजीवन तिनै हिजोका भूमिपुत्रहरुलाई खटाए ।
अधिकारको लागि तिनै थारुहरु सडकमा उत्रन्दा सरकारी खर्चमा अखण्ड सुदुर...पश्चिमाञ्चलको आन्दोलन सञ्चालन गरि थरु बाहुल्य क्षेत्रलाई छिन्न भिन्न बनाउने सामन्ती चिन्तनकै कारण आज कैलालीमा निर्दोष प्रहरी र थारुहरुले जीवन गुमाउनु परेको छ ।
सेना परिचालनले समस्याको समाधान हुँदैन । संविधान निर्माणको क्रममा सिमान्तकृत समुदायलाई गरिएको उपेक्षा र राज्यको सिमाङ्कनको क्रममा थारु, मगर र मदेशी जनतालाई छिन्नभिन्न पारेर गरिएको गल्तीलाई सच्याई समानुपातिक, समावेसी र लोक कल्याणकारी राज्यको अवधारणा अनुसार राज्य सत्ता सञ्चालन गर्ने प्रतिवद्धता जाहेर गर । दलित लगायत अति सिमान्तकृत समुदायलाई थप क्षतिपूर्तिको ब्यवस्था गर ।

कस्तो दृष्टिकोण

25 August 2015

हिन्दु राज्य कायम गर्नको निम्ति भारतीय नेता, सन्त महन्त, जोगी आदिको भौतिक उपस्थितिलाई स्वागत गर्नेहरु नै मदेशी मूलका नेताहरुलाई भारतीय एजेण्ट ठान्छन्,,,,,,,,,हैन यो कस्तो दृष्टिकोण हो ?

दु:खद घटनाले

25 August 2015

टिकापुरमा SSP संगै प्रहरी जवानहरु पनि मारिए, त्यो दु:खद घटनाले सबैलाई मर्माहत बनाएको छ ।
तर शक्तिका पूजारीहरु फेसबुकमा SSP को मात्र फोटो राखेर श्रद्धाञ्जली दिईरहेका छन् भने अनलाइन पेजहरु,,SSP को थिए ? उनको घरपरिवारमा खबर कसले गर्यो ? घरपरिवारमा के भैरहेको छ ? जस्ता समाचार र फिचरहरुले भरिएका छन् ।
हैन ती प्रहरी जवानहरुचाहिँ मारिएका होइनन ? उनीहरुको चाहिँ परिवार छैन ? उनीहरुको परिवारमा चाहिँ शोक छाएको छैन ?
...
हार्दिक श्रद्धाञ्जली SSP सहित सबै प्रहरी जवान र मृतक आन्दोलनकारीहरुलाई । घाइते प्रहरी सहित सबै घाइते आन्दोलनकारीहरुको सिध्र स्वास्थ लाभको कामना ।

राष्ट्रिय बिभुती र तिनीहरुसँग जोडिएको मिथ

26 August 2015

फेसबुकमा एक जना नेपालकै चर्चित मानवशास्त्रीसँग म पनि जोडिएको छु । वहाँको बिद्वता र बिचारलाई सधैं कदर गर्छु र वहाँको भेटेसम्मका लेख, अन्तर्वार्ता, फेसबुक स्टाटस पढ्न छुटाउँदिन ।
हिजो वहाँले फेसबुकमा एउटा स्टाटस लेख्नु भएको छ । धेरै तिरको कचकच र गनगन सुन्दासुन्दा दिक्क भएर फेसबुकमा गुनासो पोखे झैं लाग्यो ।
वहाँ लेख्नु हुन्छ-------"....ईतिहास,,,,कुन इतिहास ? कति पुरानो इतिहास ? तिमीलाई थाहा छ,,,मान्छे इतिहासभन्दा पनि पुरानो छ । आउ भविश्यको कुरा गरौं ।"
...
हो, मान्छे इतिहासभन्दा पनि पुरानो छ । तर म इतिहासको विद्यार्थी भएकै हुनाले होला झट्ट सबैकुरा स्वीकार गर्न सकिन । मेरो मात्र होइन, अधिकांशको बुझाई छ,,,इतिहासका सबल पक्ष र दुर्वल पक्षलाई राम्ररी नकेलाई सुन्दर भविश्यको रेखा कोर्न सकिन्न ।
म यस अर्थमा यो कुरा लेख्दैछु कि,,,,,राजा महाराजाहरुको एक चिम्टी गल्ती र कम्जोरी उल्लेख नभएको नेपालको इतिहासलाई काखीमा च्यापेर नयाँ नेपालको निर्माण हुन सक्दैन । नयाँ संविधान, राज्यको नयाँ पुनःसंरचनासँगै इतिहासको पनि पुन: संरचना र पुनः लेखन आवश्यक छ । कथित केही राष्ट्रिय बिभुती र तिनीहरुसँग जोडिएको मिथको पनि पुनः संरचना आवश्यक छ ।

थारु बस्तीमा आगो लगाउँदा

26 August 2015

पहिचान माग्दा जातीय सद्भाव बिथोलिएको देख्ने दृष्टि रोगीहरु,,,,,उच्च जातीय पहाडे समुदायले तराईको थारु बस्तीमा आगो लगाउँदा जातीय सद्भाव भएको देख्दै हौला, हैन ?
पर्ख,,,,,जरुर तिम्रा उच्च जातीय पहाडे एकल जातिबादी आँखाको सफल सल्यक्रिया हुने छ ।

राज्य सचेत बनोस्

26 August 2015

शन्तिपूर्ण आन्दोलनलाई संयमित बनाउन सुरक्षाको लागि खटिएका सुरक्षाकर्मीको पनि प्रमुख हात हुन्छ । खासगरी सुरक्षाकर्मीहरुको कमाण्ड गरिराखेका उच्च पदस्थ सुरक्षा अधिकारीले बढी होस् पुर्याउनु पर्छ ।
यो दृश्य काल्पनिक होइन । जहाँ दर्जनौं सुरक्षाकर्मीले एक जना निरीह आन्दोलनकारी (जो आन्दोलनकारी नहुन पनि सक्छ) लाई अमानवीय ढंगले लाठी चार्ज गरिरहेको छ । सहजै नियन्त्रणमा लिएर पक्राउ गरि लान सकिने अवस्थामा यसरी कुटपिट गर्नु पक्कै पनि सुरक्षा निकायको दायित्व होइन ।
शुरक्षाकर्मीहरुको योगदानल...ाई अवमूल्यन गर्न सकिन्दैन । तर कहिलेकाही सुरक्षाकर्मीहरुले देखाउने अमानवीय कार्यले सुरक्षाकर्मी भन्नसाथ निर्दयी र कठोर हुन्छन् भन्ने मनोबिज्ञान सर्वसाधरणमा परेको छ । अपराधीलाई कार्वाही गर्नु पर्छ तर सर्वसाधारणलाई आतंकित पारेर दिईने सुरक्षा लोकतान्त्रिक मूल्य मान्यता भित्र पर्दैन ।
संविधानको मस्यौदाको बिरोध गरिरहेका कमल थापामाथिको लाठी चार्ज होस् वा यो दृश्यमा देखिएको अमानवीय र आङ नै सिरिङ्ग हुने दृश्य,,,यो लोकतन्त्रमा पुलिसले देखाउने व्यवहार होइन ।
राज्य सचेत बनोस् ।

यात्रा उज्यालै तिर......

27 August 2015

यात्रा उज्यालै तिर......
जबसम्म आर्थिक-सामाजिक-साँस्कृतिक-भाषिक-धार्मिक रुपमा उत्पीडित, उपेक्षित, सिमान्तकृतहरुलाई अधिकार सम्पन्न बनाउन सकिन्दैन तबसम्म समाजमा द्वन्द्व रहिनै रहन्छ । यद्यपि निरंकुश शासन ब्यवस्थामा त्यस्ता आवाजहरुलाई सुरक्षाकर्मीको बुट मुनि दबाएर राख्न सकिन्छ । नेपालकै सन्दर्भमा हेर्ने हो भने राणाकाल र पञ्चायतकाल यसको गतिलो उदाहरण हुन् ।
समाज फेरिएको छ, मानिसको चेतना फेरिएको छ, मानिसका आवश्यकता र विश्व समुदायमा उनीहरुको पहुँच बिस्तार भएको छ । त्यसैले अब निरंकु...शता लादेर फेरि जनताहरुको न्यायिक आवाजलाई बन्द गर्ने कुचेष्टा दिवास्वप्न मात्रै हो । कथं भैहाल्यो भने पनि छोटै समयमा निरंकुशताको चिहान जरुर खनिने छ ।
अहिले आर्थिक-सामाजिक-साँस्कृतिक-भाषिक-धार्मिक रुपमा उत्पीडित, उपेक्षित, सिमान्तकृत र राज्यसत्ताबाट बहिस्करणमा परेका दलित, मुस्लिम, मदेशी, आदिवासी जनजाती, पिछडिएका क्षेत्र, महिला, यौनिक अल्पसंख्यक, अपांग आदिले पहिचान, समानता र समानुपातिक प्रतिनिधित्वको माग गर्नुलाई कतिपयले सामाजिक सद्भाव बिगारेको भन्दै आरोप लाउनु दृष्टिकोणको संकुचन मात्र हो ।
परन्तु यो सवालमा सर्वसाधारणहरु अहिले भ्रमित छन् । शिर्षस्थ नेतृत्व तहबाटै भ्रमात्मक बिचारहरु पटकपटक संप्रेषण भएपछि र त्यसैलाई ठूला मिडिया हाउसहरुले ब्रेकिङ न्यूज बनाएपछि जनसाधारणमा अन्यौल हुनु स्वभाविक हो । यही अन्यौलताको फाईदा उठाउँदै अहिले संविधान जारी होला तर यो संविधानले समाजमा ब्याप्त द्वन्द्व र असमानतालाई निमिट्यान्न पार्न सक्दैन ।
फेरि पनि संघर्ष निश्चितरूपमा हुने नै छ । अन्ततः राज्यसत्तामा बसेकाहरु एकदिन झुक्न बाध्य हुनेछन् । बिश्वको इतिहासले पनि यो कुरोलाई प्रमाणित गरिसकेको छ कि, न्यायको मुद्दा कहिल्यै मर्दैन । बस् चेतनाले भने उचाई लिनै पर्छ । यात्रा अन्धकारतिर होइन उज्यालैतिर छ तर सूर्यको रोशनीलाई भ्रमको बादलले ढाकेर अँध्यारो पो भएको हो कि भन्ने भान मात्र परेको हो । हुरी चल्दैछ,,,आँधी आउँदैछ पक्कै बादल फाट्ने छ ।
हाम्रो संघर्ष राज्यसँग हो नकि कुनै ब्यक्ती वा जाती बिशेषसँग । आउ न्याय, समानता, समता, भातृत्व, चेतना, शान्ती र बिकासको लागि सहकार्य गरौं ।

दुई बर्षे बालकमाथी कसले गोली चलायो ?

27 august 2015

दुई बर्षे बालकमाथी कसले गोली चलायो ?
टिकापुर घटना दु:खद होइन भनेर कसैले भन्न सक्दैन तर घटना घटेको चार दिन बितिसक्दा पनि सत्य तथ्य कुरो बाहिर नआउनु झन् दु:खद बनिरहेको छ ।
मलाई एउटै कुरोले बारम्बार घोचिरहेको छ कि, टिकापुर घटनामा परि निधन भएको दुई बर्षे बालकलाई गोली लागेको कुरो प्रायः सबै अखबार र अनलाईन पेजहरुले समाचारमा लेखे । तर कसले चलाएको गोली लाग्यो ?
...
सो घटनालाई अतिरञ्जित गर्न चाहनेहरुले आन्दोलनकारीद्वारा बालक मारिएको भनेर घटनालाई जतिसक्दो पासविक देखाउन तल्लिन छन् । तर आन्दोलनकारीसँग बन्दुक थियो र उनीहरुले बन्दुक पड्काएका थिए भनेर अहिलेसम्म सरकार र सुरक्षा निकायले बोलेको छैन । अखबारहरुलाई सत्य खोज्नुभन्दा घटनाको बिभत्सता देखाउन आनन्द आइरहेको छ ।
आन्दोलनकारी माथी जवाफी कार्वाही गर्दा भूलबस पुलिसले चलाएकै गोली लागेर ती बालक मारिएको हुनसक्ने प्रबल सम्भावना छ । सत्यकुरा बाहिर ल्याउँदा जनमानसमा प्रहरीको छवि नराम्रो देखिने र आन्दोलनकारीलाई मात्रै दोषी देखाउन नपाईने भएको वास्तविकता लुकाईएको हुनसक्छ । तर वास्तविकता लुकाउनु अर्को दु:खद पक्ष हो ।
सत्यकुरा बाहिर आओस् । आन्दोलनकारीद्वारा नै ती बालक मारिएको हो भने पनि कसरी कुन अवस्थामा मारियो प्रष्ट पारियोस् । घटनाको वास्तविकतालाई भ्रममा राख्नुको नतिजा राम्रो हुँदैन ।

म गुलियो झुट होइन तितो सत्य मनपराउँछु

August 28/ 2015

म गुलियो झुट होइन तितो सत्य मनपराउँछु । त्यसैले मेरो उपस्थिती गुलियो मन पराउनेहरुको लागि अपाच्य लाग्छ सधैं ।
"महाभारत" महाकाब्य इसाको १००० देखि १५०० बर्ष अगाडि लेखिएको हो भन्ने धारणा पश्चिमी बिद्वानहरुको छ । तर पूर्विय बिद्वानहरुले इसाको ३५०० बर्ष अगाडि लेखिएको दाबी गर्छन् ।
ल सबैले मानिदिउँ इसाको ३,५०० बर्ष अगाडि अर्थात आजभन्दा ५,५०० अगाडि महाभारत महाकाब्य लेखिएको हो ।
...
महाभारतको वर्णन बेदब्यासको मुखारबिन्दुबाट भएको र त्यसबेला सबैभन्दा छिटो लेख्ने "गणेश" ले लेखेका हुन् भन्ने आम बिश्वास छ । "गणेश",,हिन्दु आर्यको आराध्य देव महादेव शिवको छोरा हुन् । शिव र ब्रम्हा समकालीन भए पनि ब्रम्हा शिवभन्दा केही जेठो हुन् । हिन्दु आर्य सभ्यताको सबैभन्दा पुरानो ग्रन्थ बेदको "ब्रम्हा" स्वयंले रचना गरेका हुन् र जसलाई "बेद ब्यास" ले चार खण्डमा बाँडेका थिए भन्ने अहिलेसम्मको आम बुझाई हो ।
बेद ब्रम्हाले नै लेखेका हुन् भन्ने कुरोलाई सत्य मान्ने हो भने "महाभारत" भन्दा बेद ५०-६० बर्ष जेठो हुनुपर्छ । किनकी "महाभारत" उतार्ने काम "गणेश" ले गरेका हुन् । गणेशका पीता महादेव र महादेवको समकालीन ब्रम्हा । तर बेदलाई १०,००० बर्ष पुरानो भएको दावी गरिन्छ ।
लौ न त बेद १०,००० बर्ष अगाडि "ब्रम्हा" ले नै लेखेका हुन् । "ब्रम्हा" सृष्टिकर्ता हुन् । जसले सारा ब्रह्माण्ड र मानिसको समेत सृष्टि गरेका हुन् भन्ने हिन्दु आर्य मान्यता छ । बेद १०,००० बर्ष पुरानो र ब्रम्हाद्वारा लिखित भनेर मानिसके पछि मानिसको उत्पती मात्र होइन सारा ब्रम्हाण्डको उत्पती १०,००० बर्ष पुरानो हो भन्नु पर्ने भएन ?
उडन्ते कल्पना होइन बिज्ञानसम्मत तर्क गरौं ।

शहिदहरु प्रती सलाम !

2 September 2015
टिकापुरमा मारिने नेपाल प्रहरीका उच्चपदस्थ अधिकारीहरु थिए । त्यसमाथि अधिकारको लागि सडकमा उत्रिएका सर्वसाधारणहरुलाई दमन गर्न राज्यले प्रयोग गरेका समूहका नाइकेहरु थिए । र, थिए शाषकहरुसँग मिल्दो अनुहार, भाषा र संस्कृती भएका ब्यक्तिहरु । तापनि, मानव हुनुको नाताले सबैलाई दुख्यो टिकापुर घटना ।
तर अहिले दिनदिनै मदेशमा राज्य सिकार खेलीरहेछ । अश्रुग्याँस, पानीको फोहरा, रबरको गोली र हवाईफायर होइन सिधै छातिमा गोली हान्ने आदेश छ सरकारको । तर मदेशमा मारिएका नौजवानहरुप्रति न पत्रपत्रिकामा ...समवेदनाका शब्दहरु भेटिन्छन्, न सामाजिक सञ्जालमा शाषकहरुप्रति संयमित रहन आग्रह ।
मदेशमा मान्छे/ नेपाली होइन मात्र मदेशी, धोती, बिहारी वा आतंककारी मरिरहेको छ । तर होसियार शाषकहरु ! यदि मदेशी जनतामाथिको तिम्रो हेराई बदलिएन भने त्यहाँ शालिक होइन तिमी ढल्ने छौ । त्यसबेला पश्चाताप गर्ने तिमीसँग समय हुने छैन ।
आन्तरिक उपनिवेस बिरुद्धको संघर्षमा ज्यान गुमाउने महान वीर शहिदहरु प्रती सलाम !