Thursday, July 30, 2015

एक ब्यक्ती माथिल्लो ओहदमा पुग्दैमा बिभेदको अन्त्य भएको हुँदैन ।

31 May 2015

बिनोद चौधरी बिश्वका अर्वपतिहरुको सूचिमा पर्न साथ नेपाल सम्पन्न मुलुक भयो भनिनु र रामवरण यादव राष्ट्रपति तथा सुवासचन्द्र नेम्वाङ सभामुख भएपछि मदेशी र आदिवासी जनजातीमाथि राज्यले गरेको विभेद समाप्त भयो भनिनु उस्तै हो ।
अहिले पहिचान बिरोधीहरुको दृष्टिमा नेपाल सम्पन्न भै सकेको छ, किनकी बिनोद चौधरी बिश्वका अर्वपतिहरुको सूचिमा सूचिकृत भैसकेका छन् ।
तर पहिचान पक्षधरहरु भन्दैछन्-एक जना ब्यक्ती अर्वपती हुन साथ देश सम्पन्न भएको ठानिनु मूर्ख मान्छेको अभिब्यक्ती हो,,,समाजका सबै ब्यक्तिक...ो आर्थिक हैसियत सबल नबनेसम्म देश सम्पन्न हुँदैन ।
त्यसैले कुनै समुदायको एक ब्यक्ती माथिल्लो ओहदमा पुग्दैमा बिभेदको अन्त्य भएको हुँदैन ।

भन्न मिल्ला ?

1 June 2015

कवि र कविता सत्ताको स्थाई प्रतिपक्ष हो,,,,भन्न मिल्ला ?

सत्ता,,,,सत्ता नै हो

2 June 2015

सत्ता,,,,सत्ता नै हो । जुनसुकै वाद, बिचारधारा वा बर्गचरित्रको भए पनि सत्ता, सर्वसाधारणभन्दा माथी र निरंकुश नै हुन्छ । तर पनि हामी एकको स्थानमा अर्कोको परिकल्पना गरिरहेका हुन्छौं ।
सायद बिचारहरुको अन्त्यकै लागि मार्क्सले साम्यवादको परिकल्पना गरेका हुन् । तर मलाई लाग्छ, संसारमा मानिस ज्यूँदो रहेसम्म बिचारको अन्त्य हुँदैन । त्यसैले साम्यवादलाई अचेल म गतिलो भ्रम मात्र देख्ने गर्छु ।

श्रद्धाञ्जली स्वर्गीय बीरेन्द्रको सबै परिवारलाई

June 2/ 2015

अरुलाई मारेर, ज्यूँदै छाला तरेर, नाक-कान काटेर, जाती च्यूत गरेर, पराजितहरुलाई देशबाट अन्तै लखेटेर शुरु भएको जहानियाँ सामन्तबादी शाह बंशको एघारौं पुस्ता बीरेन्द्र र उनको सबै परिवार सखाप भएको आजको दिन अर्थात जेठ १९,,,नेपालको राजनैतिक इतिहासमा बर्तमान पुस्तालाई तर्साई रहने दिन पनि हो ।
दामोदर पाण्डे, रणबहादुर शाह र उनका भाइ शेरबहादुर शाह काटिए, भिमसेन थापाले अपमान सहन नसकेर सेरिनु पर्यो, बिरोधी सबै भारदारहरुलाई कोतमा सखाप पारेर जहानियाँ राणा शासन स्थापना गर्ने जंङ्गबहादुरको सन्...तानलाई उनकै भाइ धिर शम्शेरका छोराहरुले सखाप पारे,,,र, अन्ततः बीरेन्द्रको पनि बंश नास भयो ।
आधुनिक नेपालको निर्माणसँगै बिकास भएको परिवारबादी-एकात्मकबादी राजनीतिक चिन्तन र उच्च जातीय अहंकारबादी सामाजिक/साँस्कृतिक चिन्तन कै उपज हो बिगतदेखि बर्तमानसम्म सत्ता प्राप्तिको लागि भएका हत्या-हिँसा र संघर्षका रुपहरु ।
देशमा गणतन्त्र स्थापना भैसकेर पनि यो चिन्तन परिवर्तन हुन नसक्नु सबैभन्दा बिडम्बनाको कुरो हो । संविधान नबन्नुको पछाडि पनि यही परिवारबादी-एकात्मकबादी राजनीतिक चिन्तन र उच्च जातीय अहंकारबादको मूख्य हात छ । यदि यस्तो चिन्तनलाई परिवर्तन गर्न नसक्ने हो भने जेठ १९ फेरि-फेरि पनि दोहोरिन सक्छ । त्यसैले २०५९ जेठ १९ आउनुको पछाडिका कारणहरु विश्लेषण गरेर आगामी दिनको मार्गचित्र कोर्न आजको दिनले नेताहरुलाई सद्बुद्धि देओस् । श्रद्धाञ्जली स्वर्गीय बीरेन्द्रको सबै परिवारलाई ।

अरुको पीडामा सबैभन्दा बढी रोएको रात

3 June 2015

आफ्नो पीडामा रोइयो होला धेरै नै,,,,तर अरुको पीडामा सबैभन्दा बढी रोएको रात बैसाक १२,,,,जसमा एउटा कारण पनि जोडिन पुगेको छ-----एउटा जँड्याहा साथीले हल्ला गरेर आँखा झिम्म गर्न नदिएपछि फेसबुक खोलियो र फेसबुकमा अपलोड भएको तस्बिर र स्टाटस हेर्दै मन थाम्न नसकेर सिरानीमा आँसु बगाई रहियो ।

हाम्रा पूर्खाहरु प्राकृतिप्रकोपसँग हारेको इतिहास छैन

3 June 2015

१९९० सालको भूकम्पले पूर्वलाई ध्वस्त बनायो,,,,हाम्रा पूर्खाहरुले पुरानै ठाउँमा पुनः घर निर्माण गरे, कसैले अलिक समतल ठाउँमा सारे ।
२०४५ सालको भूकम्पले पनि पूर्वैलाई बढी क्षतिग्रस्त बनायो,,,हाम्रो बाबुहरुले त्यही ठाउँमा फेरि घर उभ्याए र कतिले सुरक्षित र समथर ठाउँमा सारे ।
हाम्रा पूर्खाहरु प्राकृतिप्रकोपसँग हारेको इतिहास छैन । आइपरेको बिपत्तिलाई आफ्नै बलबुताले सामना गरी भत्किएको संरचनाहरु निर्माण गरेर आफ्ना दैनिकीहरु चलाएको इतिहास सुरक्षित छ। यसैबाट भन्न सक्छौं अहिलेको अवस्थामा कसैले, केही सहयोग नगरे पनि ग्रामीण भेगका जनताहरु आफ्नो लागि खाने, बस्नेको ब्यवस्था गर्न सक्छन् तर सहरमा बसेर अरुलाई ठगी/भ्रष्टाचार गरी महल ठडाएका नव ढनाढ्यहरुको हकमा भने लागू नहुन सक्छ ।

भाषा र संस्कृती

4 June 2015

पहिचानसँग प्रत्यक्ष जोडिएको बिषय भनेको भाषा र संस्कृती हो ।
सङ्घीय राज्य बनिसकेपछि सो राज्यमा "बहुभाषीक" नीति लागू हुने कुरामा पहिचान पक्षधरहरुको जोड छ----अन्तर्राष्ट्रिय भाषा, राष्ट्रिय भाषा र प्रान्तिय भाषा र स्थानीय भाषा । त्यसै गरि स्थानीय संस्कृतिको जगेर्ना र ती सांस्कृतिक उत्सव-पर्व आदिमा दिइने सुबिधाहरु ।
पहिचानका यी मूल मर्मलाई नै बिर्सिएर बनाईने सङ्घीय राज्य १००० वटै बनाए पनि कुनै अर्थ छैन । कुन समुदाय र क्षेत्रको पहिचान कसरी स्थापित गर्ने भन्ने कुराको निर्क्योल हुन ...साथ सीमा, नाम, संख्या र स्वरुपआफै टुङ्गो लाग्छ ।
पहिलो संविधान सभाको राज्य पुनःसंरचना तथा राज्यको श्रोतशक्ति बाँडफाँड समितिको बहुमतले पारित गरेको १४ र राज्यको पुनः संरचना सुझाब आयोगको बहुमतले सिफारिस गरेको १० प्रदेशको वरिपरि रहेरै बिवादको समाधान खोजिनु पर्छ । ६ वा ८ प्रदेश समस्याको समाधान होइन नयाँ जटिलतातर्फको प्रस्थान बिन्दु हुने निश्चित छ । भलै तल्काल कुनै ठूलो बिद्रोह वा आन्दोलन नहोला तर बहसले विश्राम भने लिने छैन ।

मेरो एउटा सपना

4 June 2015

धेरै जना,,,,, जिन्दगीभरिको कमाई शहरमा एउटा घर बनाउनमा सक्छन्,,,,तर मलाई किन हो पटक्कै मोह जागेन । म त अझै पनि गाउँ-घरको सबैभन्दा सस्तो पाखारेखा नै खोजी रहेछु । मेरो एउटा सपना छ--५० रोपनी माथिको एउटा निजी बनलाई आफ्नो नामको लाल पूर्जामा चढाउने र जहाँ दुर्लभ, भेटेसम्मको र हावापानी सुहाँउदिलो बिरुवाहरु हुर्काउने । त्यो निजी बनमा थरीथरीका चराहरु, पुतलीहरु, किराफट्याङ्ग्राहरु र जंगली जनावरहरु आ-आफ्ना स्वभाव अनुसार खेलुन् र म उनीहरुको स्वछन्दतामा रमाउँदै जिन्दगीका आखिरी दिनहरुलाई सहजताका साथ पार गरौं ।

 

सहमती हुँदै भएन भने

6 June 2015

सहमती हुँदै भएन भने,,,,,, ६ देखि ८ प्रदेश, सम्पूर्ण जनसंख्याको १% भन्दा माथी जनसंख्या-आफ्नै भाषा-संस्कृती र एतिहासिक भूगोल भएका जातिहरुको उप स्वात्त प्रदेश तथा सम्पूर्ण जनसंख्याको १% भन्दा कम जनसंख्या भएका-आफ्नै भाषा-संस्कृती र एतिहासिक भूगोल भएका प्रत्येक जातिहरुको संरक्षित क्षेत्र निर्माण गर्न काँग्रेस-एमाले तयार भयो भने अहिलेलाई आलोचनात्मक समर्थन गर्ने कि ?
तर प्रदेशको नाम बहुपहिचान, उप स्वायत्त प्रदेश र संरक्षित क्षेत्रको नाम एकल पहिचान तथा हरेक राज्यमा बहुभाषिक नीति हुनुका साथै प्रदेशको नामाङ्कन, सिमाङ्कन र एकबाट अरु प्रदेशहरु बन्ने कुरालाई अपरिवर्तनीय धारा राखिनु हुन्न ।

काङ्सोरे,,,,नभै काङ्सो राय

7 June 2015

काङ्सोरे,,,,नभै काङ्सो राय हुन् भन्ने इतिहासले देखाउँछ,,,खासगरी सेनहरुले पूर्वका किरातहरुलाई "राय" पदवी दिएका थिए, त्यसैले वर्तमान लिम्बू किरात भित्रका धेरै थरको पुस्तौली केलाउँदै जाँदा "राय" भेटिने कुरालाई लुकाउँन मिल्दैन ।
लिम्बू समुदायले "राय" लाई स्विकार्दा "राई" हुनुपर्छ भन्ने डर नपाल्नु उचित हुन्छ, किनकी "राय" र "राई" पदको सिर्जना अलग-अलग समयमा अलग-अलग प्रयोजनको लागि भएको छ ।
...
पूर्वका किराती भू-भागहरु बिस्तारित गोर्खा राज्यमा गाभिएपछि त्यहाँको स्थानिय सत्ता सञ्चालन गर्न वल्लो किरातमा "मुखिया", माझ किरातमा "राई", पल्लो किरातमा "सुब्बा" तथा माझकिरात र पल्लोकिरातको केन्द्रमा रहेका याख्खाहरुलाई देवान पदवीको सिर्जना गरिएको हो । तर सेन कालमा "राय" पद सबै किरातको लागि दिइएको थियो । तर यहाँ हामी किरातीहरु फेरि "राय" हुनै पर्छ भन्ने मेरो जोड होइन,,तर वास्तविकतालाई नभुलौं भन्ने हो ।
र, अर्को कुरो वर्तमान राई भित्रका केही भाषिक समुदायले "राई" लाई जाति अस्विकार गरि भाषिक थरलाई नै जाति बनाउने अभियानलाई टेवा दिन खोजिएको अर्थमा पनि नबुझियोस्,,,रायबाट अपभ्रंस भएर "राई" भएको होइन र "राय" र "राई" पद बितरण भएको कालखण्ड र जिम्मेवारी अलग-अलग थियो भन्ने तथ्यले बताएको कुरोलाई मात्रै मैले जोड्न खोजेको हुँ ।
किरात राई भित्रका भाषिक समुदाय बेग्लै जाती हुनुपर्छ भन्ने कुरामा मेरो घोर असहमती छ तर सबै किरातीहरु एक जाति हुनुपर्छ भन्ने कुरामा भने मेरो जोडदार समर्थन छ । किनकी पृथ्वीनारायण शाहले पूर्व बिजय नगरेसम्म हामी किरातीहरु एकै जाती थियौं भन्ने तथ्य हाम्रै अगाडि छ ।
(नोट: केही कुरा गलत पनि आएका हुन सक्छन्,,,सालिन र तर्कपूर्ण बहसको लागि सबैलाई आग्रह गर्दै यहाँहरुले कुनै तथ्य राखेर मेरो बिचारको खण्डन गर्नु हुनेछ भने यहाँहरुको बिचारलाई समेटेर स्टाटसलाई परिमार्जन गर्न म सदैब तयार छु ।)


Comments

1) Pranaya Limbu
राय वा राज को अर्थ राजा भन्ने हुन्थ्यो । काङ्सोरे लिम्बू जाती भित्रका वनेम फागो थरका थिए भन्ने छ क्यारे । यो शब्द लिम्बू समुदायमा अघि पनि थिएन र अहिले पनि छैन । सुब्बा चाहिँ प्रशासनिक पद हो क्यार । जसरी खम्बुहरुले राईलाई आमरुपमा प्रयोग गरे तर लिम्बुहरुले सुब्बा पद वा नाम आंशिक रुपमा मात्र प्रयोग गरे ।
जसरी जनगणनाका क्रममा खम्बुहरुले जातिको महलमा राई शब्द प्रयोग गरे लिम्बुहरुले सुब्बा शब्द प्रयोग गरेनन । थोरै सोचनिय कुरा यो पनि हो । यद्यपि लिम्बू र खम्बु वा राईहरुको एतिहासिक सामिप्यतालाई कसैले नकार्न सक्दैन ।


2) Indra Narthunge

सरको प्रतिक्रिया पढिसकेपछि थप्नै पर्ने कुरो के देखियो भने,,,सेन कालमा "राय" पद पनि निश्चित मानिसहरु,,,जो सेन राजाको निकट रहेर राजकाजमा सहयोग गर्नेहरुलाई दिइएको पद थियो,,,त्यसबेला "राय" बर्तमानका राई, लिम्बू, याक्खा, सुनुवार सबै हुन्थे

पृथ्वीनारायण शाहको कथित नेपाल एकीकरण पछि किराती भूमिमा दिइएको,,,राई, सुब्बा, देवान वा मूखिया" पद पनि सबैको लागि थिएन,,,प्रशासनिक काममा सहयोग पुर्याउनेहरुको लागि मात्रै थियो । उसबेलाको लिखतमा बर्तमान राईहरुलाई "ज्यमी" र अलिक पछि "जिमी" भनेर लेखिएको छ । तर "खम्बू" शब्द भने कुनै लिखतहरुमा उल्लेख छैन/भेटिएको छैन ।


3) Paruhang Rai

 म पनि यो कुरासँग चाहिँ असहमतिछु जुन बर्तमान राई भित्रका केही भाषिक समुदायले हाम्रो राई थरलाई (जात )लाई अस्विकार गरि भाषिक थरलाईनै जाती बनाउने हो भने भोलिका दिनमा हामी यी राई समदुय नासिन्नेछौ हराउनेछौ ।

हामी अहिलेका राईहरु जतिसुकै जुनसुकै हाम्रो पाछा
( गोत्रा )भएतापनि राई सब्दमा हामी राईहरु एकब्दछौ । जस्तै राईलाई नजोडी नामको पछाडी
पारुहाङ बान्तावा,
ईन्द्र कुलुङ
भुवन चाम्लिङ,
सरु साम्पाङ,
मनु थुलुङ,
किवा दुमि,
मात्र लेख्दै र मान्नदै जानेहो भने आगामी दिनमा हामी हामीमा छुट फुट हुँदै हराउनेछौ ।
हाम्रो आत्मीयता घट्दै जानेछ्।
हाम्रो जातिय नशलिय प्रेम हराउदै जानेछ ।
त्यसैले हाम्रो पाछालाई मात्र जात बनाएर जानु उचित हुदैन ।
त्यसो गरिदा हाम्रो नशलिय नाता तोडिनेछ ।
बरु पारुहाङ बान्तावा राई
इन्द्र कुलुङ राई लेख्दा हाम्रो पाछालाई पनि समेटछ र हामी जुन्सुकै पाछाको भएपनि राई सब्दमा हामी एकजुट हुन्छौ,
र हौ ।

अब काङसोरेलाई हामिले राईकै हो या लिम्बुकै मात्रहो भनेर दाबी गरेर विवाद गर्नुभन्दा काङसोरेले उठाएको मुद्दाहरु चाहिँ के के हुन र कसको लागि उठाएको हो त्यो चाहि प्रधान कुरोहो ।


4) Boz Raj
हुन त पुराना इतिहास का प्राय कुरा सत्य नभएर अन्दाजी गरिएका हुन सक्छन अनि यस्ता कुरा हरु कसैले "अन्दाज" गरेकै भरमा सत्य हुने होईनन, आफ्ना दृष्टिकोण लाइ शिलालेख, पुस्तक, संग्रहालय का प्रमाण आदि लाइ जोडेर तर्क पेश गर्न सके मात्र सत्य जस्तो सुनिने हुन्! हामी नेपाली हरु ले प्रमाण जुटाउन भन्दा लिंडे ढिपी बढी गरेको मैले पढ्दै आएको छु, शायद यो चाहिं त्यस्तो नहोला! शुभ दिन!

5) Mausam Bantawa Rau
किराँती राई हरु सबै एउटै हाै क्यारे तर भाषाहरु अलग अलग छ ,,मेरो गाँउमा बोलिने दुङमाली भाषामा "राय" को अर्थ रक्षा गर्नु बचाउनु हुन्छ,,पृथ्बी नारायणले किरात राज्य हडप्दाखेरि किराँती राजालाई मार्नको लागी लखेट्दा एउटा खोलामा बाढी आयर राजा पारी पुग्दा खोला तर्न नसकेर राजा बचेको एउटा इतिहास तथ्य छ अझै त्यो खोलाको नाम "हाङराय" खोला भनि प्रसिद्ध छ यसको मतलब राय एउटा पद होला जस्ले रक्षा गर्ने जिम्मेवारी बहन गर्नुपरेको थियो,,
तर,हामी सबै एकै हाै अब खम्बुवान राज्य भएपछि भाैगोलिक पहिचानको आधरमा भाषाहरु आफै छुटिने छन तर अहिले हाँगाबिगा केलाउनु भन्दा बोटलाई जिबित पार्नुपर्दछ भन्ने हो...मेरो गाँउमा बोलिने दुङमाली भाषा र ठाउको परिचय म दिनेछु


6) Boz Raj
शुरुमा त एक जना मात्र किरांत पुरुष थियो कि, कि थुप्रै मानिस हरु ले अब देखि हामी हरु आफूलाई किरांत भन्ने भनेर शुरु गरेका हुन? अनि जसरि किरांत भए पनि किरांत चाहि कुन ठाउँ मा भन्न शुरु गरिएको रहेछ? इमान सिंह चेम्जोङ्ग जी को किताव मा किराँती हरु Mediterranean क्षेत्र बाट आएका भनिएको छ, तर त्यहाँ उनी हरु ले आफू लाइ किराँती नै लेख्थे वा लेख्थेनन कुन्नि, लेख्थे भने अहिले पनि सो क्षेत्र मा अपभ्रंश भएका किराँती हरु हुन पर्ने हो, लेख्थेनन र नेपाल प्रवेश गरे पछी मात्र लेख्न शुरु गरेका भए नेपाल मा मात्र होलान किराँती हरु. Family tree वा geneology को अध्ययन गरेर केहि हद सम्म त पत्ता लगाउन सकिएला तर हाम्रो जस्तो रेकर्ड नभएको देशमा धेरै पुस्ता सम्म जान कठिन भएकोले कसै कसै का मन गढन्ते तर्क मा नै विश्वास गर्न पर्ने होला!

7) Indra Narthunge
बोज,,,सर कुनै पनि जातिसँग सम्बन्धित लिखित प्रमाणहरु नभएको अवस्थामा उसको बारेमा अध्ययन गर्ने वा खोज्ने भनेकै उसको भाषा र उसँग सम्बन्धित संस्कृती हो ।

तर किरात जातिको बारेमा धेरै लिखित ईतिहास हिन्दुआर्यकै पौराणिक शस्त्रहरुमा उल्लेख छ । हिन्दुआर्य शास्त
्रलाई केलाउने हो भने त्यसबेला बर्तमान नेपालको अधिकाँस पहाडी भागलाई "किरात देश" भनिन्थ्यो भन्ने थाहा लाग्छ ।

तर किरातीहरु आफैले आफूलाई किरात हुँ भनेको भन्दा पनि केही गुण, ब्यवसाय, व्यवहार वा सन्दर्भको आधारमा अरु कसैले अर्थात अर्कै समुदायले (सम्भवत: आर्य) किरात भनेर सम्बोधन गरेको कुरा बढी सत्यको नजिक छ,,,किनकी नेपालका कुनै पनि आदिवासीहरुको भाषामा "किरात" शब्दले कुनै अर्थ राख्दैन । बरु किरात शब्दको अधिक प्रयोग र केही अर्थसँग निकट राख्ने हुनाले हिन्दु-आर्यहरुले नै नेपालको पहाडि क्षेत्रमा बसोबास गर्दै आएका एउटा एतिहासिक समुदायलाई "किरात" नामाकरण गरिदिएका हुन् भनेर दावी गर्न सकिन्छ ।

यो जात/जाती र समुदायको नामकरण धेरै पछि मात्रै आएर भएको छ । जसको पछिल्लो उदाहरण अमेरिका पत्ता लगाई सकेपछि त्यहाँका आदिवासीहरुलाई यूरोपियनहरुले "रेड इन्डियन" भनेर नामाकरण गरे । त्यस्तै हिन्दु (सिन्धु) -आर्य वा कस (खस) को नामकरणको पनि धेरै लामो ईतिहास छैन,,,जात/जाती वा समुदायको नामाकरण भाषाको उत्पत्ति भैसकेपछी मात्र भएको हो तर मान्छे त लाखौं बर्ष अगाडिदेखि यो पृथ्वीमा छन् ।

तर नेपालको सन्दर्भमा अहिले आफूलाई किराती हौं भनेर स्विकार गर्ने र अन्य केही आदिवासीहरुको सवालमा के भन्न सकिने आधार छ भने,,,यी जातिहरु पहिला अन्यत्रै बाट आए पनि उनीहरु बर्तमान नेपालमा आउँदा आदिम मानवकै रुपमा अर्थात भाषा पनि राम्रोसँग बिकास नभैसकेको अवस्थामा आएका हुन् भन्ने प्रशस्त आधारहरु छन् ।

तर हिन्दु-आर्य-खसहरुको आगमन भने धेरै पछि र भाषा, लिपि सबैकुराको बिकास भैसके पछि बर्तमान नेपालमा आगमन भएको हो भन्ने कुरा प्रष्ट छ । र, उत्पति र बिकासको हिसाबले पनि हिन्दु-आर्य र किरातीहरुमा धेरै अन्तर देखिन्छ । हिन्दु आर्यहरुको निकट सम्बन्ध यूरोपियनहरुसँग छ भने किरातीहरुको निकट सम्बन्ध मङ्गोल अर्थात चिनियाँ, कोरियन, बर्मिज, जापानीज, भियतनामिजहरुसँग छ ।

इमानसिं चेम्जोङले लेखेको किरात ईतिहास पनि हिन्दु-आर्यको पौराणिक शास्त्रहरुमै टेकेर हो । तर उनले समग्र किरातको भन्दा पनि लिम्बू समुदायको बारेमा बढी खोजेका छन्,,,,किराती समुदाय पनि संमिश्रणबाट अछुतो छैन तर किरात समुदाय भित्रका लिम्बूमा मिश्रण ज्यादा छ, जुन कुरा चेम्जोङले लेखेका छन् ।


8) Boz Raj
यदि हिन्दू-आर्य अनुसन्धान र शोध भित्र नै किरांत उल्लेख हुन्छ भने कि हिन्दू-आर्य हरु लेखाइ पढाइ मा अगाडी हुन पर्यो [तर किराँती क्यालेन्डर ५०७५ वर्ष हो भने त्यो कुरो ले मेल खान अलि कठिन हुन सक्छ, हुन त हिन्दू-आर्य हरुले क्यालेन्डर नचलाएका पनि हुन सक्छन] कि किराँती हरु पछि आएको हुन पर्यो. यी सबै कुरा अनुसन्धान भित्र नै पर्ने र प्रमाण फेला पार्न मुश्किल हुनाले यस्ता कुरामा कसैले ठोकुवा गर्नु बुद्धिमत्तापूर्ण हुँदैन. हिन्दू धर्म लाइ संसारकै पुरानो र संस्कृत लाइ सबै भन्दा वैज्ञानिक भाषा ठानिने हुँदा यी दुवै चिजले अन्य कुरालाई ओझेल मा पारेको हुन सक्ला - तर यो पनि किरांत संस्कार लाइ लामो समय सम्म गर्न सक्यो होला भनेर अड्कल काट्न अलि मुश्किल नै पर्ला! शुभ दिन!

9) arastriya tatwa
ईन्द्र सर नक्षत्र भित्रका एक चम्किला तारा भन्न रुचाएँ।बहुतै समसामयिक कुराको उठान गर्नुहुन्छ।गर्व लागेको छ।

मैले केही समय पहिले राय र राई एउटै हुन् भन्ने सम्मको लेख भेटेको थिएँ।


राई र सुब्बा दाजुभाई थिए।राई जेठा अनि लिम्बू कान्छा भन्ने अाख्यान छ।इतिहासमा यसलाई कुनै एउटा पद भनिएको छ।

बाहुन क्षेत्रीको ऋग्वेद,सामवेद, अथर्बवेद अादि जस्तै हामी अादिवासीहरुको वेदलाई "थुथुरीवेद"-( मौखिक वेद ) भनिएको छ।जसलाई लिखित रुपमा राख्नको लागि प्रतिबन्ध थियो।

मौसम बान्तवा सरले बुझ्नै पर्ने कुरा उल्लेख गर्नुभएको छ।हो, दशैमा मार हानेर हत्केलाको छाप घरमा अनिवार्य राख्नुपर्ने नियम थियो।यसको मतलब मार काटेको/ नकाटेको प्रमाण हो।

मार नकाट्नेहरुको १७ डालो नाक र कान र कान काटेर किर्तिपूरमा जम्मा गरिएको इतिहासले देखाएको छ।१० धार्नी भन्दा ज्यादा भनिएको छ। त्यति मात्र नभएर धेरै जनालाई मृत्युदण्ड पनि दिईएको थियो।

यसरी जबरजस्ती लादिएको धर्म हो- हिन्दू।हाम्रा पूर्खाहरु हिन्दू थिएनन्।

" फुटाउ अनि राज गर" भन्ने संस्कार हो यो।हामीलाई टुटाउने फुटनउने को हुन् र हाम्रो जन्मजात वैरी को रहेछ भनेर पनि स्पष्ट बुझ्यौं।अबको पालो बरु ज्यान जाअोस,हामी जुटौं नफुटौं।हाम्रो अाँखामा स्वर्गको रक्तिम लाली छाउनेछ।"अादिवासी एकता, देशको अावश्यकता"
 

संघर्ष, फेरि संघर्ष र फेरि पनि संघर्ष,,

8 June 2015

संघर्ष, फेरि संघर्ष र फेरि पनि संघर्ष,,,,यो त राजनीतिको नियम नै हो । बिना पहिचानको आठवटा सङ्घीय राज्य बनाउने कुरामा सहमति हुन लाग्यो भन्दैमा निराश हुनुपर्ने सवाल छैन ।
आउने संविधानले पनि राजनीतिक स्थायित्व नदिने पक्का भयो । राजनीतिक स्थायित्व नहुन साथ जनसाधरणको बिकास निर्माण र शान्तिप्रतिको चाहना पूरा नहुने प्रष्ट छ । त्यसैले पहिचानबादी-परिवर्तनकारीहरुले आफ्ना कम्जोरीहरुलाई सुधार गर्दै दीर्घकालिन संघर्षको लागि तयारी थाल्नु पर्छ ।

गुणात्मक छलाङ

9 June 2015

चार नेताको हस्ताक्षर, आठ प्रदेश बनाउने गरी सोह्र बुँदे सहमती,,,,यसैलाई त भन्ने होला गुणात्मक छलाङ ।

सोह्र बुँदे सहमतिको अन्तिम सोह्रचाहिँ के का लागि ?

9 June 2015

सहमती पत्रमा आठ वटा सङ्घीय राज्य बनाउने पनि भनिएको छ,,फेरि जतिसक्दो चाँडो स्थानिय निकायको निर्वाचन पनि गर्ने भनेर सोह्रौं बुँदा थपिएको छ, यो सोह्रौं बुँदा राखिनुको अर्थ के हो ?
देशलाई आठ वटा सङ्घीय राज्यमा पुनःसंरचना गरिसकेपछि त हाल कायम रहेको स्थानिय निकायहरु (जिबिस, नगरपालिका र गाविस) पनि बदलिन्छन् नै । अहिलेकै अवस्थामा जिबिस, गाविस र नगरपालिकाहरुलाई राखेर देशको पुनःसंरचना हुँदैन/हुनै सक्दैन । त्यसैले स्थानिय निकायको निर्वा...चनको सन्दर्भ किन उल्लेख गरियो ? यहाँ भित्र गम्भीर सड्यन्त्र लुकेको हुन सक्छ ।
राज्यको पुनः संरचना भै सकेपछि पहिला राज्य सभाको निर्वाचन हुन्छ, त्यसपछि स्थानिय निकायको । तर राज्यको पुनःसंरचना नै नगरी स्थानिय निकायको निर्वाचन जतिसक्दो चाँडो गर्ने भनेर सहमती गर्नुको पछाडि सङ्घीयतालाई असफल पारेर बर्तमान राज्य संरचनालाई नै कायम गर्ने षड्यन्त्र त होईन ?
बाहिर देखाउनलाई एउटा तर भित्र अर्कै सहमती भएको पनि हुनसक्छ । नत्र बिपरित ध्रुबमा रहेकाहरुको लगनेगाँठो यति सजिलै नजोडिनु पर्ने हो ।

गाली गर्न आवश्यक ठानिएन ।

10 June 2015

३० दलीय गठबन्धनको संयोजक प्रचण्डले पहिचानको पक्षमा उत्तेजित भाषण गर्दा पनि कुनै उत्तेजना आएन,,,अहिले टाउको र लिङ्ग नभएको मुर्कुट्टा सङ्घीयतामा सम्झौता गर्दा पनि उनलाई गाली गर्न आवश्यक ठानिएन ।
कारण एउटै हो,,,प्रचण्ड र एमाओबादी प्रतिको बिश्वास 2010 मे 7 गते शुक्रबारकै दिन टुट्नु, जुनदिन माओबादीले काठमाण्डौ केन्द्रीत अनिश्चितकालिन आम हडताल फिर्ता लिएर सत्ताको लागि बार्गेनिङ शुरु गरेको थियो । र, अब बिश्वासै नभएको ब्यक्ती र पार्टीलाई गाली गरेर समय फाल्नु अर्को मूर्खता ठाने ।
बर...ु एमाओबादी भित्रका पहिचान र समानता पक्षघरहरुलाई बिद्रोह गर्दैआगामी जेठ ३२ गते, सङ्घीय समाजबादी पार्टी नेपाल र मदेशी जनअधिकार फोरम नेपाल बीच हुने एकीकरणमा सामेल हुन आह्वान गर्दछु । अब पहिचानको लडाइँमा केन्द्रीय भूमिका निर्वाह गर्ने पार्टी भनेकै "सङ्घीय समाजवादी फोरम नेपाल" हुनेछ ।
पहिचान सहितको सङ्घीय अभिवादन !

पहिचानको मुद्दालाई पाखा लगाउने काम होइन केन्द्रमा ल्याउने काम

10 June 2015
पहिचानको मुद्दा यति चाँडै टुंगोमा पुग्ने कुरै थिएन,,,
पहिचानको ५ आधार र सामर्थ्यको ४ आधारमा बन्ने आठ वटा सङ्घीय प्रदेश र ४० प्रतिशतको समानुपातिक प्रतिनिधित्व सम्बन्धी सम्झौताले पहिचानको मुद्दालाई पाखा लगाउने काम होइन केन्द्रमा ल्याउने काम गरेको छ ।
यसैको जगमा टेकेर वास्तविक पहिचान सहितको सङ्घीयता र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जान सकिन्छ ।
...
त्यसैले,
१) उपलब्धीको रक्षा गर्दै पहिचानको आन्दोलनलाई नयाँ उचाईमा उठाउँ ।
२) बिकेन्द्रीत शक्तिलाई एक ठाउँमा ल्याउने प्रयास गरौं ।
३) सत्तारुढ पार्टी र एनेकपा माओबादीको सैद्धान्तिक-ब्यवहारिक कम्जोरी माथि निरन्तर बैचारिक प्रहार गरौं ।
४) सत्तासिन पार्टीहरुले भूकम्प पछि थालेको लुटतन्त्रलाई जनताको बीचमा पर्दाफास गरौं ।

पदम शुन्दर लावतीको आत्माले चीर शान्ती पाओस्

10 June 2015

लिम्बूलाई चिनाउने तर लिम्बूवानलाई भ्रमित बनाउने,,,,,,जातीयगत बिभेदको मारमा पिल्सिएर पनि, विभेद गर्ने समुदायकै हितको लागि जीवन उत्सर्ग गर्ने,,,,आफू इमान्दार भए पनि बैमानीहरुकै खातिर मरी मेट्ने,,,,राजा र राजतन्त्रको सबैभन्दा ठूलो भक्त,,,,पूर्व मन्त्री पदम शुन्दर लावतीको आत्माले चीर शान्ती पाओस्,,,,बाटो बिराएकाहरुको बुद्धि पलाओस्,,,

"गुरु" सम्बोधन

11 June 2015

जसले जे सुकै भन्नुस् साहित्यमा "गुरु" सम्बोधन मबाट कदापी हुने छैन ।

१० प्रदेशलाई किन स्वीकार गरिएन

11 June 2015

पहिचानको पाँच आधार
१ जाती
२ भाषा
३ संस्कृति
४ भौगोलिक क्षेत्रगत निरन्तरता ...
५ ऐतिहासिक निरन्तरता

सामर्थ्यको चार आधार
१ आर्थिक अन्तरसम्बन्ध र सामर्थ्य
२ पूर्वाधार विकासको अवस्था र सम्भावना
३ प्राकृतिक साधन र श्रोतको उपलब्धता
४ प्रशासनिक सुगमता ।
यति स्वीकार गरिसकेपछि,,,,यहि आधारमा अघिल्लो संविधान सभाको राज्य पुनः संरचना तथा राज्यको श्रोतशक्ति बाँडफाँड उपसमितिको बहुमतले सिफारिस गरेको १४ वा राज्य पुनः संरचना आयोगको बहुमतले सिफारिस गरेको १० प्रदेशलाई किन स्वीकार गरिएन ?

पहिचानबादी पार्टीहरुको भूल

12 June 2015

१६ बुँदे सहमतिलाई हतारमा आलोचनात्मक समर्थन गर्नु, केही पहिचानबादी पार्टीहरुको भूल हो ।
रचनात्मक बिरोधका साथ अहिलेकै सम्झौता माथि टेकेर पूर्ण पहिचान र समग्र बिभेद अन्त्यको निम्ति एकता र संघर्षको चरणबद्ध कार्यक्रम पहिचानबादीहरुले अब तय गर्नु पर्छ ।

मलेसियासँग जोडिएका केहि दायित्वहरु

13 June 2015

मलेसिया बसेर पैशा कमाउन सक्दिन भन्ने राम्रोसँग थाहा छ,,,,तर मलेसियासँग जोडिएका केहि दायित्वहरु छन्,,,,दायित्वहरु पूरा हुन साथ जरुर नेपाल आउने छु ।

अनिवार्य श्रमको ब्यवस्था

June 13/ 2015

कुनै पनि अपराधीलाई जेल सजायको फैसला भैसकेपछि,,,,कारागारमा उसलाई ८ घण्टा अनिवार्य श्रमको ब्यवस्था सहितको सजाय तोकिने ब्यवस्था भए राम्रो हुन्थ्यो कि ?