काङ्सोरे,,,,नभै काङ्सो राय हुन् भन्ने इतिहासले देखाउँछ,,,खासगरी सेनहरुले पूर्वका किरातहरुलाई "राय" पदवी दिएका थिए, त्यसैले वर्तमान लिम्बू किरात भित्रका धेरै थरको पुस्तौली केलाउँदै जाँदा "राय" भेटिने कुरालाई लुकाउँन मिल्दैन ।
लिम्बू समुदायले "राय" लाई स्विकार्दा "राई" हुनुपर्छ भन्ने डर नपाल्नु उचित हुन्छ, किनकी "राय" र "राई" पदको सिर्जना अलग-अलग समयमा अलग-अलग प्रयोजनको लागि भएको छ ।
...
पूर्वका किराती भू-भागहरु बिस्तारित गोर्खा राज्यमा गाभिएपछि त्यहाँको स्थानिय सत्ता सञ्चालन गर्न वल्लो किरातमा "मुखिया", माझ किरातमा "राई", पल्लो किरातमा "सुब्बा" तथा माझकिरात र पल्लोकिरातको केन्द्रमा रहेका याख्खाहरुलाई देवान पदवीको सिर्जना गरिएको हो । तर सेन कालमा "राय" पद सबै किरातको लागि दिइएको थियो । तर यहाँ हामी किरातीहरु फेरि "राय" हुनै पर्छ भन्ने मेरो जोड होइन,,तर वास्तविकतालाई नभुलौं भन्ने हो ।
र, अर्को कुरो वर्तमान राई भित्रका केही भाषिक समुदायले "राई" लाई जाति अस्विकार गरि भाषिक थरलाई नै जाति बनाउने अभियानलाई टेवा दिन खोजिएको अर्थमा पनि नबुझियोस्,,,रायबाट अपभ्रंस भएर "राई" भएको होइन र "राय" र "राई" पद बितरण भएको कालखण्ड र जिम्मेवारी अलग-अलग थियो भन्ने तथ्यले बताएको कुरोलाई मात्रै मैले जोड्न खोजेको हुँ ।
किरात राई भित्रका भाषिक समुदाय बेग्लै जाती हुनुपर्छ भन्ने कुरामा मेरो घोर असहमती छ तर सबै किरातीहरु एक जाति हुनुपर्छ भन्ने कुरामा भने मेरो जोडदार समर्थन छ । किनकी पृथ्वीनारायण शाहले पूर्व बिजय नगरेसम्म हामी किरातीहरु एकै जाती थियौं भन्ने तथ्य हाम्रै अगाडि छ ।
(नोट: केही कुरा गलत पनि आएका हुन सक्छन्,,,सालिन र तर्कपूर्ण बहसको लागि सबैलाई आग्रह गर्दै यहाँहरुले कुनै तथ्य राखेर मेरो बिचारको खण्डन गर्नु हुनेछ भने यहाँहरुको बिचारलाई समेटेर स्टाटसलाई परिमार्जन गर्न म सदैब तयार छु ।)
Comments
1) Pranaya Limbu
राय वा राज को अर्थ राजा भन्ने हुन्थ्यो । काङ्सोरे लिम्बू जाती भित्रका वनेम फागो थरका थिए भन्ने छ क्यारे । यो शब्द लिम्बू समुदायमा अघि पनि थिएन र अहिले पनि छैन । सुब्बा चाहिँ प्रशासनिक पद हो क्यार । जसरी खम्बुहरुले राईलाई आमरुपमा प्रयोग गरे तर लिम्बुहरुले सुब्बा पद वा नाम आंशिक रुपमा मात्र प्रयोग गरे ।
जसरी जनगणनाका क्रममा खम्बुहरुले जातिको महलमा राई शब्द प्रयोग गरे लिम्बुहरुले सुब्बा शब्द प्रयोग गरेनन । थोरै सोचनिय कुरा यो पनि हो । यद्यपि लिम्बू र खम्बु वा राईहरुको एतिहासिक सामिप्यतालाई कसैले नकार्न सक्दैन ।
2) Indra Narthunge
सरको प्रतिक्रिया पढिसकेपछि थप्नै पर्ने कुरो के देखियो भने,,,सेन कालमा "राय" पद पनि निश्चित मानिसहरु,,,जो सेन राजाको निकट रहेर राजकाजमा सहयोग गर्नेहरुलाई दिइएको पद थियो,,,त्यसबेला "राय" बर्तमानका राई, लिम्बू, याक्खा, सुनुवार सबै हुन्थे ।
पृथ्वीनारायण शाहको कथित नेपाल एकीकरण पछि किराती भूमिमा दिइएको,,,राई, सुब्बा, देवान वा मूखिया" पद पनि सबैको लागि थिएन,,,प्रशासनिक काममा सहयोग पुर्याउनेहरुको लागि मात्रै थियो । उसबेलाको लिखतमा बर्तमान राईहरुलाई "ज्यमी" र अलिक पछि "जिमी" भनेर लेखिएको छ । तर "खम्बू" शब्द भने कुनै लिखतहरुमा उल्लेख छैन/भेटिएको छैन ।
3) Paruhang Rai
म पनि यो कुरासँग चाहिँ असहमतिछु जुन बर्तमान राई भित्रका केही भाषिक समुदायले हाम्रो राई थरलाई (जात )लाई अस्विकार गरि भाषिक थरलाईनै जाती बनाउने हो भने भोलिका दिनमा हामी यी राई समदुय नासिन्नेछौ हराउनेछौ ।
हामी अहिलेका राईहरु जतिसुकै जुनसुकै हाम्रो पाछा ( गोत्रा )भएतापनि राई सब्दमा हामी राईहरु एकब्दछौ । जस्तै राईलाई नजोडी नामको पछाडी
पारुहाङ बान्तावा,
ईन्द्र कुलुङ
भुवन चाम्लिङ,
सरु साम्पाङ,
मनु थुलुङ,
किवा दुमि,
मात्र लेख्दै र मान्नदै जानेहो भने आगामी दिनमा हामी हामीमा छुट फुट हुँदै हराउनेछौ ।
हाम्रो आत्मीयता घट्दै जानेछ्।
हाम्रो जातिय नशलिय प्रेम हराउदै जानेछ ।
त्यसैले हाम्रो पाछालाई मात्र जात बनाएर जानु उचित हुदैन ।
त्यसो गरिदा हाम्रो नशलिय नाता तोडिनेछ ।
बरु पारुहाङ बान्तावा राई
इन्द्र कुलुङ राई लेख्दा हाम्रो पाछालाई पनि समेटछ र हामी जुन्सुकै पाछाको भएपनि राई सब्दमा हामी एकजुट हुन्छौ,
र हौ ।
अब काङसोरेलाई हामिले राईकै हो या लिम्बुकै मात्रहो भनेर दाबी गरेर विवाद गर्नुभन्दा काङसोरेले उठाएको मुद्दाहरु चाहिँ के के हुन र कसको लागि उठाएको हो त्यो चाहि प्रधान कुरोहो ।
4) Boz Raj
हुन त पुराना इतिहास का प्राय कुरा सत्य नभएर अन्दाजी गरिएका हुन सक्छन अनि यस्ता कुरा हरु कसैले "अन्दाज" गरेकै भरमा सत्य हुने होईनन, आफ्ना दृष्टिकोण लाइ शिलालेख, पुस्तक, संग्रहालय का प्रमाण आदि लाइ जोडेर तर्क पेश गर्न सके मात्र सत्य जस्तो सुनिने हुन्! हामी नेपाली हरु ले प्रमाण जुटाउन भन्दा लिंडे ढिपी बढी गरेको मैले पढ्दै आएको छु, शायद यो चाहिं त्यस्तो नहोला! शुभ दिन!
5) Mausam Bantawa Rau
किराँती राई हरु सबै एउटै हाै क्यारे तर भाषाहरु अलग अलग छ ,,मेरो गाँउमा बोलिने दुङमाली भाषामा "राय" को अर्थ रक्षा गर्नु बचाउनु हुन्छ,,पृथ्बी नारायणले किरात राज्य हडप्दाखेरि किराँती राजालाई मार्नको लागी लखेट्दा एउटा खोलामा बाढी आयर राजा पारी पुग्दा खोला तर्न नसकेर राजा बचेको एउटा इतिहास तथ्य छ अझै त्यो खोलाको नाम "हाङराय" खोला भनि प्रसिद्ध छ यसको मतलब राय एउटा पद होला जस्ले रक्षा गर्ने जिम्मेवारी बहन गर्नुपरेको थियो,,
तर,हामी सबै एकै हाै अब खम्बुवान राज्य भएपछि भाैगोलिक पहिचानको आधरमा भाषाहरु आफै छुटिने छन तर अहिले हाँगाबिगा केलाउनु भन्दा बोटलाई जिबित पार्नुपर्दछ भन्ने हो...मेरो गाँउमा बोलिने दुङमाली भाषा र ठाउको परिचय म दिनेछु
6) Boz Raj
शुरुमा त एक जना मात्र किरांत पुरुष थियो कि, कि थुप्रै मानिस हरु ले अब देखि हामी हरु आफूलाई किरांत भन्ने भनेर शुरु गरेका हुन? अनि जसरि किरांत भए पनि किरांत चाहि कुन ठाउँ मा भन्न शुरु गरिएको रहेछ? इमान सिंह चेम्जोङ्ग जी को किताव मा किराँती हरु Mediterranean क्षेत्र बाट आएका भनिएको छ, तर त्यहाँ उनी हरु ले आफू लाइ किराँती नै लेख्थे वा लेख्थेनन कुन्नि, लेख्थे भने अहिले पनि सो क्षेत्र मा अपभ्रंश भएका किराँती हरु हुन पर्ने हो, लेख्थेनन र नेपाल प्रवेश गरे पछी मात्र लेख्न शुरु गरेका भए नेपाल मा मात्र होलान किराँती हरु. Family tree वा geneology को अध्ययन गरेर केहि हद सम्म त पत्ता लगाउन सकिएला तर हाम्रो जस्तो रेकर्ड नभएको देशमा धेरै पुस्ता सम्म जान कठिन भएकोले कसै कसै का मन गढन्ते तर्क मा नै विश्वास गर्न पर्ने होला!
7) Indra Narthunge
बोज,,,सर कुनै पनि जातिसँग सम्बन्धित लिखित प्रमाणहरु नभएको अवस्थामा उसको बारेमा अध्ययन गर्ने वा खोज्ने भनेकै उसको भाषा र उसँग सम्बन्धित संस्कृती हो ।
तर किरात जातिको बारेमा धेरै लिखित ईतिहास हिन्दुआर्यकै पौराणिक शस्त्रहरुमा उल्लेख छ । हिन्दुआर्य शास्त्रलाई केलाउने हो भने त्यसबेला बर्तमान नेपालको अधिकाँस पहाडी भागलाई "किरात देश" भनिन्थ्यो भन्ने थाहा लाग्छ ।
तर किरातीहरु आफैले आफूलाई किरात हुँ भनेको भन्दा पनि केही गुण, ब्यवसाय, व्यवहार वा सन्दर्भको आधारमा अरु कसैले अर्थात अर्कै समुदायले (सम्भवत: आर्य) किरात भनेर सम्बोधन गरेको कुरा बढी सत्यको नजिक छ,,,किनकी नेपालका कुनै पनि आदिवासीहरुको भाषामा "किरात" शब्दले कुनै अर्थ राख्दैन । बरु किरात शब्दको अधिक प्रयोग र केही अर्थसँग निकट राख्ने हुनाले हिन्दु-आर्यहरुले नै नेपालको पहाडि क्षेत्रमा बसोबास गर्दै आएका एउटा एतिहासिक समुदायलाई "किरात" नामाकरण गरिदिएका हुन् भनेर दावी गर्न सकिन्छ ।
यो जात/जाती र समुदायको नामकरण धेरै पछि मात्रै आएर भएको छ । जसको पछिल्लो उदाहरण अमेरिका पत्ता लगाई सकेपछि त्यहाँका आदिवासीहरुलाई यूरोपियनहरुले "रेड इन्डियन" भनेर नामाकरण गरे । त्यस्तै हिन्दु (सिन्धु) -आर्य वा कस (खस) को नामकरणको पनि धेरै लामो ईतिहास छैन,,,जात/जाती वा समुदायको नामाकरण भाषाको उत्पत्ति भैसकेपछी मात्र भएको हो तर मान्छे त लाखौं बर्ष अगाडिदेखि यो पृथ्वीमा छन् ।
तर नेपालको सन्दर्भमा अहिले आफूलाई किराती हौं भनेर स्विकार गर्ने र अन्य केही आदिवासीहरुको सवालमा के भन्न सकिने आधार छ भने,,,यी जातिहरु पहिला अन्यत्रै बाट आए पनि उनीहरु बर्तमान नेपालमा आउँदा आदिम मानवकै रुपमा अर्थात भाषा पनि राम्रोसँग बिकास नभैसकेको अवस्थामा आएका हुन् भन्ने प्रशस्त आधारहरु छन् ।
तर हिन्दु-आर्य-खसहरुको आगमन भने धेरै पछि र भाषा, लिपि सबैकुराको बिकास भैसके पछि बर्तमान नेपालमा आगमन भएको हो भन्ने कुरा प्रष्ट छ । र, उत्पति र बिकासको हिसाबले पनि हिन्दु-आर्य र किरातीहरुमा धेरै अन्तर देखिन्छ । हिन्दु आर्यहरुको निकट सम्बन्ध यूरोपियनहरुसँग छ भने किरातीहरुको निकट सम्बन्ध मङ्गोल अर्थात चिनियाँ, कोरियन, बर्मिज, जापानीज, भियतनामिजहरुसँग छ ।
इमानसिं चेम्जोङले लेखेको किरात ईतिहास पनि हिन्दु-आर्यको पौराणिक शास्त्रहरुमै टेकेर हो । तर उनले समग्र किरातको भन्दा पनि लिम्बू समुदायको बारेमा बढी खोजेका छन्,,,,किराती समुदाय पनि संमिश्रणबाट अछुतो छैन तर किरात समुदाय भित्रका लिम्बूमा मिश्रण ज्यादा छ, जुन कुरा चेम्जोङले लेखेका छन् ।
8) Boz Raj
यदि हिन्दू-आर्य अनुसन्धान र शोध भित्र नै किरांत उल्लेख हुन्छ भने कि हिन्दू-आर्य हरु लेखाइ पढाइ मा अगाडी हुन पर्यो [तर किराँती क्यालेन्डर ५०७५ वर्ष हो भने त्यो कुरो ले मेल खान अलि कठिन हुन सक्छ, हुन त हिन्दू-आर्य हरुले क्यालेन्डर नचलाएका पनि हुन सक्छन] कि किराँती हरु पछि आएको हुन पर्यो. यी सबै कुरा अनुसन्धान भित्र नै पर्ने र प्रमाण फेला पार्न मुश्किल हुनाले यस्ता कुरामा कसैले ठोकुवा गर्नु बुद्धिमत्तापूर्ण हुँदैन. हिन्दू धर्म लाइ संसारकै पुरानो र संस्कृत लाइ सबै भन्दा वैज्ञानिक भाषा ठानिने हुँदा यी दुवै चिजले अन्य कुरालाई ओझेल मा पारेको हुन सक्ला - तर यो पनि किरांत संस्कार लाइ लामो समय सम्म गर्न सक्यो होला भनेर अड्कल काट्न अलि मुश्किल नै पर्ला! शुभ दिन!
9) arastriya tatwa
ईन्द्र सर नक्षत्र भित्रका एक चम्किला तारा भन्न रुचाएँ।बहुतै समसामयिक कुराको उठान गर्नुहुन्छ।गर्व लागेको छ।
मैले केही समय पहिले राय र राई एउटै हुन् भन्ने सम्मको लेख भेटेको थिएँ।
राई र सुब्बा दाजुभाई थिए।राई जेठा अनि लिम्बू कान्छा भन्ने अाख्यान छ।इतिहासमा यसलाई कुनै एउटा पद भनिएको छ।
बाहुन क्षेत्रीको ऋग्वेद,सामवेद, अथर्बवेद अादि जस्तै हामी अादिवासीहरुको वेदलाई "थुथुरीवेद"-( मौखिक वेद ) भनिएको छ।जसलाई लिखित रुपमा राख्नको लागि प्रतिबन्ध थियो।
मौसम बान्तवा सरले बुझ्नै पर्ने कुरा उल्लेख गर्नुभएको छ।हो, दशैमा मार हानेर हत्केलाको छाप घरमा अनिवार्य राख्नुपर्ने नियम थियो।यसको मतलब मार काटेको/ नकाटेको प्रमाण हो।
मार नकाट्नेहरुको १७ डालो नाक र कान र कान काटेर किर्तिपूरमा जम्मा गरिएको इतिहासले देखाएको छ।१० धार्नी भन्दा ज्यादा भनिएको छ। त्यति मात्र नभएर धेरै जनालाई मृत्युदण्ड पनि दिईएको थियो।
यसरी जबरजस्ती लादिएको धर्म हो- हिन्दू।हाम्रा पूर्खाहरु हिन्दू थिएनन्।
" फुटाउ अनि राज गर" भन्ने संस्कार हो यो।हामीलाई टुटाउने फुटनउने को हुन् र हाम्रो जन्मजात वैरी को रहेछ भनेर पनि स्पष्ट बुझ्यौं।अबको पालो बरु ज्यान जाअोस,हामी जुटौं नफुटौं।हाम्रो अाँखामा स्वर्गको रक्तिम लाली छाउनेछ।"अादिवासी एकता, देशको अावश्यकता"