Tuesday, July 14, 2015

कुमार लिङ्देन

3 July 2015
कुनै पनि मान्छे सत्प्रतिशत सही त कहाँ पाईन्छ र ? यसअर्थ लिम्बूवानी नेता कुमार लिङ्देन पनि कमजोरी बीच नै उभिएका मान्छे हुन् । तर उनीमा स्वार्थ कम र जाँगर बढी छ । अहिलेसम्म लिम्बूवानी आन्दोलनले प्राप्त गरेको सफलतामा धेरै हिस्सा कुमार लिङ्देनलाई जान्छ । तर अहिले लिङ्देनलाई खुईलाउन कथित लिम्बूवानीहरु नै लागेका छन् । यतिबेला लिङ्देनलाई खुइलाउनु भनेको लिम्बूवानलाई नै खुईलाउनु हो । त्यसैले आफू खुइलेर लिम्बूवानलाई खुइले बनाउनुभन्दा लिङ्देनले सहाशिक निर्णय गर्ने बेला भएको छ । अब लिङ्देन लिम्बूवानको मात्र होइन राष्ट्रको नेता बन्नु पर्छ । लिम्बूवानको मात्र पहिचानको लागि होइन सबैको पहिचानको लागि अगाडि बढ्नु पर्छ । अशोक राई र उपेन्द्र यादवले लिएको सहाशिक निर्णयलाई लिङ्देन र लिम्बुवानले पनि मनन गरून् ।

No comments:

Post a Comment