Wednesday, July 29, 2015

शिक्षा र शिक्षक बारे

26 June 2015


शिक्षकको काम पाठ भट्याउने र नोट टिपाउने मात्र होइन, उत्प्रेरणा जगाउनु पनि हो । पढाउनु एउटा कला हो । कला बिहिन मान्छेले पढाउला तर शिक्षाप्रती रुचि जगाउन र बुझाउन सक्दैन । मलाई लाग्दैन कि,,कुनै पनि विद्यार्थी पढ्न मान्दैनन् । सबै राम्ररी पढ्न चाहान्छन् तर पढाउने तरिकाले उनीहरु वाक्क छन् ।
मैले धेरै यस्ता शिक्षकहरु पनि देखेको छु जो स्कुल जाँदा टिल्ल रक्सी धोकेर जान्छन्, त्यस्ता शिक्षकले के पढाउला स्कूलमा ?
...
मैले धेरै यस्ता शिक्षक पनि देखेको छु, जो आफ्नै विद्यार्थीको सामु चुरोटको धुवाँ उडाउँदै मोबाइलमा फ्लिम हेरेर बस्छ । अब त्यस्ता शिक्षकबाट के सिक्ने विद्यार्थीहरुले ?
मैले यस्ता शिक्षकहरु पनि देखेको छु, जो केश काट्दैन, लुगा राम्रोसँग लाउँदैन, लुगा धुँदैन, समयमा नुहाउँदैन र क्लासमा ठ्वाँस गन्हाउँदै छिर्छन्,,त्यस्तो शिक्षकले जतिसुकै राम्रो पढाए पनि विद्यार्थीहरु पढाइमा आफूलाई केन्द्रित गर्न सक्दैनन्, किनकी शिक्षकको शरीरबाट निस्केको नमिठो गन्धले वातावरण उकुसमुकुस भै सकेको हुन्छ ।
मैले यस्तो शिक्षक पनि देखेको छु, जो विद्यार्थीको अघि दयाको पात्र वा हास्य पात्र देखिन्छन्,,अपाङ्ग शिक्षकहरु प्राय: बिद्यार्थीको नजरमा हाँस्य वा दयाको पात्र देखिन्छन्,,,यस्तो शिक्षकले जतिनै राम्रोसँग पढाए पनि विद्यार्थीले आफूलाई पढाईमा केन्द्रित गर्न सक्दैनन् ।
धेरै शिक्षकहरु रिसाहा हुन्छन्, जो आफ्ना विद्यार्थीलाई पिटेर भए पनि बसमा राख्न चाहान्छन् तर त्यस्तो शिक्षकले जतिसुकै राम्रो पढाए पनि विद्यार्थीले बुझ्न सक्दैनन्,,किनकि शिक्षा डरले आउने चिज होइन ।
धेरै शिक्षकहरु आफू फिटिक्क पढ्दैनन् । संसारमा प्रत्येक पल नयाँ घटनाहरु घटिरहेको हुन्छ, ती घटनाहरुको व्याख्या विश्लेषण बिना शिक्षा अपुरो हुन्छ । खाली कोर्षको किताब पढाउनु पात्र पढाउनु होइन ।
धेरै शिक्षकहरु समयको ख्याल गर्दैनन्, समयको ख्याल नगर्ने शिक्षकबाट असल विद्यार्थी उत्पादन हुन असम्भव छ ।
धेरै शिक्षक आफ्ना विद्यार्थीको प्रशंसा गर्दैनन्, कक्षामा बरु खिल्ली उडाउँछन्, त्यस्ता शिक्षकले पढाएको कुरामा विद्यार्थीले चासो राख्दैनन् ।
धेरै शिक्षकको बोली खश्रो हुन्छ,,स्वर अस्पष्ट हुन्छ, जसको बोलिमा स्पष्टता, माधुर्यता वा अरुलाई आकर्षण गर्ने खालको हुँदैन,,,त्यस्तो शिक्षकले पढाउँदा विद्यार्थीले ध्यान खिच्न सक्दैनन् ।
पढाउने काम सबैभन्दा चुनौतीपूर्ण छ । शिक्षक बन्नु भनेको धेरै ठूलो जिम्मेवारी उठाउनु हो । घरको आमा-बाबुको भन्दा पनि बढी जिम्मेवारी शिक्षकको छ । तर नेपालमा शिक्षकलाई जागिरदारको रुपमा लिइन्छ,,,जागिरेले पढाउन सक्दैन । त्यसैले अरु जागिरको छ्नौट प्रक्रियाले शिक्षकको छनौट गरिनु नै गलत भैरहेको छ । त्यसमा राजनीतिक हस्तक्षेपले अझ शिक्षा क्षेत्रलाई थिलथिलो बनाएको छ ।

Comments

1) Tulsi Bindu
जो शिक्षक बालमनोविज्ञानमा प्रवेश गरेर निस्कन सक्दैन त्यो शिक्षक नै होइन ।
किनकी

त्यसै फत्फताइरहेको हुन्छ ।


2) Unik Prakash Bhattrai
दोष शिक्षक को भन्दा नि शिक्षा प्रणाली को हो यहाँ बिद्यार्थी को रुचि को विषय भन्दा भिन्दै शिक्षा लाद्ने कोसिस गरिन्छ मत्लब शिक्षक चोखोछन भन्ने चै होइन।

3) DS Thulung Rai
असल शिक्षकमा हुनु पर्ने १० गुणहरु अहिलेका शिक्षकहरुंमा एउटा पनि छैन।

4) Dan Khaling
हुनत यहाँ सभासद, मन्त्री, प्रधानमन्त्री सब लाई कती मैना कती साल खाने भनिन्छ
अब शिक्षक लाई त भन्ने नै भयो नि जागिर, तर यही कुरा देखी सुधार गर्नु पर्ने भो.


5) Rambhakta Adhikari
हुन त शिक्षक शिक्षाका जननि हुन तर विविध कारणले अाज अाफेमा भएकाे पर्तिभा पनि देखाउन नसकेकाे अवस्था

6) DV A S
अरु सबै कुरा ठिक लाग्यो । तर, अपाङ्गमैत्री भएन कि । किनभने नेपालमै राम्रा अपाङ्ग शिक्छ्यक पनि छन् ।

7) Ganesh Poudel
अपाङ्गका बारेमा त्यस्तो नलेखुँ सर ! भएन । अरु ठिक छ ।

8) Rina Bamjan Tamang
"अपाङ्ग शिक्षकहरू प्राय: बिद्यार्थीको नजरमा हाँस्य वा दयाको पात्र देखिन्छन्,,,यस्तो शिक्षकले जतिनै राम्रो पढाए पनि विद्यार्थीले आफूलाई पढाईमा केन्द्रित गर्न सक्दैनन्" यो भनाईसँग म चाहि अलि असन्तुष्ट भएँ तर अरू भनाईहरू भने एकदमै व्यवाहारिक र मनन योग्य छन् ।
मैले कुनै बेला यस्तै एक जना शिक्षकसँग ट्युसन पढेकी छु । उहाँ शारीरिक रूपमा अपाङ्ग हुनुहुन्थ्यो । उहाँसँग मैले मात्र तीन महिना ट्युसन पढेँ तर 1 कक्षा देखि 10 कक्षासम्म सबलाङ्ग शिक्षकहरूले पढाएको र सिकाएका ज्ञान भन्दा उहाँले तीन महिनामा दिनु भएको ज्ञानले मेरो जीवनमा महत्वपूर्ण भूमिका निर्बाह गरेकोछ । उहाँ मल्टिट्यालेन्ट व्यक्तित्व हुनुहुन्थ्यो कविता, गीत, गजल लेख्न, गीत गाउन, गीटार बजाउन, क्यारीक्रेचर, हाँसी मजाक र बोल्ने कला देखि पढाउने कला पनि उतिकै राम्रो यस्तै राजनीक, सामाजिक, आर्थिक विषयमा पनि उतिकै बहस गर्न सिपालु हुनुहुन्थ्यो । क्लासमा पढाउँदा पढाउदै बिषय बस्तुसँग मिल्ने गरि गीत गाउने, कबिता भन्ने क्यारीक्रेचर गर्ने जस्ता अतिरिक्त त्रियाकलाप गरेर विद्यार्थीको ध्यान आकर्शित गराइरहनु हुन्थ्यो । उहाँको क्लास यति रोचक हुन्थ्यो कि एक घण्टा वितेको चालै पाउदैनथ्यौ हामीले । त्यसैले उहाँको क्लासमा बिद्यार्थीहरू जहिल्यै उतिकै भरीभराउ हुन्थे ।
मेरो भनाईको अर्थ अपाङ्गहरू पनि सबलाङ्ग भन्दा कम हुदैनन भन्ने हो ।

No comments:

Post a Comment