Tuesday, July 14, 2015

हिन्दु धर्म, संस्कार र संस्कृतीका खराब पक्षबारे

06 July 2015

 संस्कार र संस्कृतीका खराब पक्षबारे स्टाटस लेखिरहन्छु ।
यसरी लेख्नुको पछाडि हिन्दु धर्म, संस्कार र संस्कृतिप्रती बितृष्णा फैलाउनु हो त ? बुझ्नेहरुले यसरी पनि बुझेका हुन सक्छन् ।
परन्तु मेरो एउटै चाहना हो, हिन्दु धर्म, संस्कार र संस्कृती यूग-यूग बाँचोस् र यूग-यूग समाजलाई मार्गदर्शन गरिरहोस् । किनकी हिन्दु धर्म, संस्कार र संस्कृती मेरो देशको बहुसंख्यक जनताले मान्ने संस्कार, संस्कृती र धर्म हो । मेरो छिमेकी, सँधियार, दौतरी, हितेरी-मितेरी, शिक्षक, बिद्यार्थी आदिको... संस्कार, संस्कृती र धर्म हो । के म उनीहरुलाई नकारात्मक दृष्टिले हेर्न सकौंला र ?
धर्म, संस्कार र संस्कृति रुढ हुनुहुँदैन । धर्म, संस्कार र संस्कृतिको जन्म मानव विकासकै क्रममा भएको हो, यिनीहरुले मानवलाई जन्माएको होइन । त्यसैले समयानुकुल धार्मिक, साँस्कृतिक मान्यताहरु परिवर्तन गर्न सक्नुपर्छ । अनि धर्म, संस्कार र संस्कृती यूग-यूग बाँच्छ ।
कृपया: हिन्दु धर्मावलम्बी मित्रहरु,,,हिन्दु, संस्कार र संस्कृतीलाई एकपटक गहिरिएर हेर्नुस् र विश्व समाजले स्थापित गरेको मान्यता र परिवर्तनहरुसँग दाँजेर हेर्नुस् । हिन्दु धर्म, संस्कार र संस्कृतिका कमजोरी के के छन् तपाईहरु आफैले पत्तोलगाउनु हुनेछ ।
म फेरि पनि भन्छु---हिन्दु धर्म, संस्कार र संस्कृती यूग- यूग बाँचोस् र यूग-यूग समाजलाई मार्गनिर्देशन गरिरहोस् ।
तर भ्रष्टाचार गरेको प्रमाणित भै जेल-नेल खाएको एक कुख्यात ब्यक्ती खुमबहादुर खड्काले अहिले नेपालमा हिन्दुहरुको अगुवाई गरिरहेको छ । खुमबहादुर जस्ता अपराधीले धर्मको मुखुण्डो ओढेर धर्मिक यूद्ध छेंड्छु भनेर धमास दिईरहँदा तपाई असली हिन्दुहरुलाई, हिन्दु हुनुको गौरव अनुभूति होला ? स्वस्थ बहसको अपेक्षा सहित आज यहि प्रश्न राखें ।

Comments
1) Tilak Walahang Rai
मेरो विचारमा समस्त राईहरू दुइटा धर्मको बिचमा हुर्किएका छन । ती धर्महरू हुन- १. किरात धर्म र २. हिन्दू धर्म । बाकी धर्महरू सबै बाकुला दालखाने मात्र हुन ।

2) Prem Khadka
म सबै धर्मको सम्मान गर्छु ।
२ वटा कुरा है
१. एउटाले बाईबल दिदै

भन्छ १०००० दिन्छु हाम्रो
धर्ममा आइज ।
२. अर्कोले भन्छ मुस्लिममा
आइज बस्ने कोठा साथै
केही पैसा पाइन्छ
यसलाई के भन्ने इन्द्र सर ?


3) Nawaraj Adhikari
आफुले माने कुनैपनि र्धम राम्रो कुरा अँगाल्दै नराम्रो परिमार्रजन हुन अास्यक छ।र्धम परिबर्रतन अाबस्यक छैन।इन्द्र सरको बिचार लाई मान्दै ।प्रेम खडका सरको कुलाइ सपोट गर्रदै ।बाइबल ।कुरानको ।बिग्यापन गर्रदै हिन्ने लाई सोधछु ।र्धम को मोल तोक्न।सकिन्छ।
भक
्तले भगवान खोज्ने हो
भगवानले भक्त कहिलै खोज्दैन ।
कस्सैला इअा फुले अपनाएको र्धम सहिलागेन भने उ खोज्दै जाअोस मन्दीर ।चर्चज ।मस्जीत ।गुम्बा ।अादी अन्य ठाँउ ।ऊस्को अधीकार हो।लोभ देखाइर ।धम्मी लगाइर प्रचार मा हिन्न।अाबस्क छैन ।मेरो सामु कोहि अाअोस प्रचार गर्रदै ।लात हानेर लखेटछु ।


4) Saila Dai
हरेक धर्मका कुनै न कुनै कम्जोरी हुन्छन चाहे हिन्दु, चाहे इशाइ, चाहे शामानिज्म/किरांत। कसैमा धेरै कम्जोरी होलान कसैमा थोरै हुने कुरा आफ्नो ठाउंमा छ। हामिले सबै धर्मका राम्रा राम्रा ग्यान दर्शनलाइ आत्मसाथ गर्ने र नराम्रा कुरितिलाइ उखेल्ने प्रयाश गर्दा नै सर्बोत्तम भलो होला जस्तो लाग्छ। अनि हाम्रो देशमा भलै हिन्दुहरु अन्यधर्मावलम्बिहरुको तुलनामा धेरै होलान तर राष्ट्रलाइ नै हिन्दु पहिचान दिएर अन्य धर्म संस्कारको पहिचान र अधिकार हनन गर्नु भनेको आफूलाई नै खराब प्रदर्शन गर्नु हो। त्यसो गर्दा कसैको भलो हुंदैन। धर्म परिवर्तन गर्नेहरुले गरून्, त्यो उनिहरुको जन्मजात अधिकार हो। जन्मदै कोहि धर्म बोकेर वा सदस्यता लिएर आएको हुदैन, हरेक धर्म सिकाइन्छ अभ्यास गराइन्छ अनि मात्र ती मानिसहरु धर्ममा बिभाजन हुन्छन। अनि धर्म भन्ने चिज जबर्जस्ती लादेर धेरै बेर टिक्दैन बरु त्यो धर्ममा नै दाग लाग्छ। त्यसैले राष्ट्र कुनै धर्म सापेक्ष्य हुनुहुंदैन, कुनै धर्मलाइ काखा कुनैलाइ पाखा गर्न मिल्दैन, निरपेक्ष्य अथवा धार्मिक स्वतन्त्रता लागू हुनुपर्छ। सम्पुर्ण धर्मावलम्बिहरु सह-अस्तित्व र समानतामा हि,ड्न सके मात्र नेपालमा शान्ती र बिकाशको ढोका खुल्नेछ।

5) Boz Raj
मैले पढे अनुसार हजूर का हिन्दू विरोधी स्टाटस हरु सन्तुलित छैनन् भन्छु म! सन्तुलित लेख का लागि पहिले त "तथ्यांक" र "प्रमाण" लाइ मध्य नजर गरेर कुरो लेखिन पर्छ, मनको कुरो लेखियो भने त्यो कथा मात्र हुन्छ सन्तुलित लेख हुँदैन! अर्को कुरो हिन्दू धर्म का बारेमा लेख्दा अन्य धर्म मा के छ त नि सो पनि तुलनात्मक हिसावले लेखियो भने "विरोध" जस्तो देखिन्न! अर्को पक्ष हजूर का लेखाइमा अहिलेका भन्दा पनि हजूर बा का पालाका कुरा देख्छु, जस्तै जातका कुरा! अहिलेका हिन्दू हरु ले जात मा त्यति विश्वास गरे जस्तो मलाइ लाग्दैन, विश्वास गर्ने भए बाबुराम, वली देखि लिएर तपाईं हाम्रा साथी हरु ले किन अन्तर-जातीय विहे गर्थे! जान्द रक्सी को कुरो पनि त्यहि हो, अहिले सबै जातले खान थालि सके पछि जातको कुरो रहेन - यसरि सन्तुलित बनाएर लेख्नु भयो भने पठनीय र ज्ञान वर्धक हुन सक्छ तर त्यसका लागि केहि अध्ययन र अनुसन्धान गर्न पर्छ, आफू लाइ जे मन लाग्यो सो लेखेर नहोला ! शुभ दिन

No comments:

Post a Comment