Thursday, July 30, 2015

भाषा र संस्कृती

4 June 2015

पहिचानसँग प्रत्यक्ष जोडिएको बिषय भनेको भाषा र संस्कृती हो ।
सङ्घीय राज्य बनिसकेपछि सो राज्यमा "बहुभाषीक" नीति लागू हुने कुरामा पहिचान पक्षधरहरुको जोड छ----अन्तर्राष्ट्रिय भाषा, राष्ट्रिय भाषा र प्रान्तिय भाषा र स्थानीय भाषा । त्यसै गरि स्थानीय संस्कृतिको जगेर्ना र ती सांस्कृतिक उत्सव-पर्व आदिमा दिइने सुबिधाहरु ।
पहिचानका यी मूल मर्मलाई नै बिर्सिएर बनाईने सङ्घीय राज्य १००० वटै बनाए पनि कुनै अर्थ छैन । कुन समुदाय र क्षेत्रको पहिचान कसरी स्थापित गर्ने भन्ने कुराको निर्क्योल हुन ...साथ सीमा, नाम, संख्या र स्वरुपआफै टुङ्गो लाग्छ ।
पहिलो संविधान सभाको राज्य पुनःसंरचना तथा राज्यको श्रोतशक्ति बाँडफाँड समितिको बहुमतले पारित गरेको १४ र राज्यको पुनः संरचना सुझाब आयोगको बहुमतले सिफारिस गरेको १० प्रदेशको वरिपरि रहेरै बिवादको समाधान खोजिनु पर्छ । ६ वा ८ प्रदेश समस्याको समाधान होइन नयाँ जटिलतातर्फको प्रस्थान बिन्दु हुने निश्चित छ । भलै तल्काल कुनै ठूलो बिद्रोह वा आन्दोलन नहोला तर बहसले विश्राम भने लिने छैन ।

No comments:

Post a Comment