Wednesday, July 29, 2015

किरात जात, धर्म वा दर्शन

17 June 2015

मेरो बुझाईमा किरात जात, धर्म वा दर्शन तीनै चिज होइन । हिमालय पर्वत शृङ्खलाको काखमा यूगौंदेखि अनवरत बस्दै आएको एक समूदायलाई सम्बोधन गर्ने शब्द "किरात" हो । यसर्थ किरात, समुदाय हो ।
किरात समुदाय अहिले विभिन्न जातिमा बिभाजित छन् । किरात समुदाय परापूर्व कालदेखी नै प्रकृतिबादी हुन्,,,,पूर्खा मान्नु किरातीहरुको मैलिक पहिचान हो । प्रकृतिबादलाई दर्शन भनेर पनि व्याख्या गरिएको छ, जसलाई कतै कतै "बोन" भनिन्छ । "बोन" को अर्थ पनि प्रकृति भन्ने नै ला...ग्छ । यसर्थ किरातीहरु प्रकृतिबादी दर्शनलाई मान्छन् ।
तर प्रकृतिबादी दर्शनलाई स्विकार गर्ने किरात समुदाय एक्लो समुदाय भने होइन । खासगरि "मङ्गोलियन" शाखाका सबै समुदाय प्रकृतिमाथि बिश्वास राख्ने समुदाय हुन् ।
वास्तबमै भन्ने हो भने, मान्छेको अलग-अलग धर्म हुँदैन । त्यसैले धर्मको नाम पनि हुँदैन । हाल बिश्वमा जे-जति धर्म छ्न् ती जम्मै दर्शन, कर्मकाण्ड र संस्कृतिको संयोजित रुप हो । त्यसैले किरात,,,धर्म होइन ।
खासगरि प्रकृतिबादी दर्शनमाथि बुद्ध दर्शनको नराम्ररी प्रभाव पर्न गयो । भनिन्छ गुरु रिम्पोछे (पद्मसम्भव) ले प्रकृतिबादी दर्शन र बुद्ध दर्शनलाई मिलाएर लामाबादको बिकास गरे,,जसलाई अचेल बुद्ध धर्म भनिन्छ । तर प्रकृतिबादी दर्शनलाई स्विकार गर्ने एक समुहले "लामाबाद" लाई स्वीकार गरेनन्,,,,हो त्यही समूह अर्थात समुदाय "किरात" हो ।
नेपालमा जनगणना गर्ने र नागरिकता दिने परंपरासँगै धर्मको महल खडा गरियो । राणाकाल र पञ्चायतकालमा हालका किरातहरुलाई एक वचन नसोधी धर्मको महलमा राज्यले नै हिन्दु लेखिदियो । तर २०४६ सालको परिवर्तनसँगै जातीय संस्थाहरुको स्थापनाले धर्मको सवालमा पनि छलफल शुरु गर्यो । त्यसबेला किरात समुदायको धर्मलाई के भन्ने,,भन्ने बारेमा थुप्रै बहस भएको थियो । खासगरी बोन, प्रकृतिबादी र किरात के भन्ने,,भनेर बहस भएको थियो । अन्ततः सबैको सहमतिमा "किरात" धर्म भनेर लेख्ने/भन्ने गर्न थालियो । त्यसैले आज किरात भनेर समुदाय र धर्म दुवै भन्ने बुझिन्छ ।
तर असलीमा किरात,,,धर्म होइन समुदाय हो । र, किरातीहरुले स्विकार गर्ने दर्शन "प्रकृतिबाद" हो ।

No comments:

Post a Comment