5 July 201
####एउटा स्टाटसमा मेरो प्रतिक्रिया####
"आर्य", भने झैं "किरात" एउटा बृहत समुदाय हो । यो समुदाय बृहत हुँदाहुँदै अहिले किरात सुनुवार, किरात राई, किरात याक्खा र किरात लिम्बूमा सिमित भएको छ । यद्यपि जिरेल, थामी, सुरेल, हायू, दनुवार, कोचे, मेचे, राजबंसी, धिमाल लगायतका जातिले पनि आफूलाई किरात भएको दावी गर्दै आएको र चार किरात संगठनले स्विकार गरिसकेको अवस्था छ ।
पहिलेको त्यो बृहत किरात समुदाय किन र कसरी सिमित हुन पुग्यो भन्ने सवालमा धर्म जोडिन पुग्छ । किरातहरु पहिलाबाटै प्रकृति ...र पित्री पूजक हुन् । तर बुद्ध दर्शन र लामाबादको संमिश्रणबाट जन्मिएको अहिलेको बुद्ध धर्मले त्यसबेलाका किरातीहरुलाई प्रभावित बनायो । खासगरी तामाङ, तमु, ह्योल्मो, दुरा, ताङ्वे, थकाली, शेर्पा र केही नेवारहरु आदि बुद्ध धर्मावलम्बी बन्न पुगे । यता मगर र थारुहरुमा हिन्दुको व्यापक प्रभाव पर्यो । त्यसैले पहिला प्रकृति र पित्री मान्ने ती किराती समुदायहरु बिस्तारै किरात भन्न र भनिनबाट बञ्चित हुँदै गए । आज तत् तत् जातीहरु न आफूलाई किरात हुँ भन्छन् न किराँती हुँ भन्नेहरुले किरात हुन् भन्छन् ।

किरात समुदायले जीवन भोगाईको क्रममा बिकास गरेको कर्मकाण्ड, चाडपर्व, नृत्य, कला, संगीत, गीत, खानपान, बालिनाली उब्जाउने तरिका आदि किरात संस्कृती एवं मनोविज्ञान हो ।
किरात समुदायमा स्थापित मान्यता, कर्मकाण्ड, प्रकृति- पित्री पूजा आदिलाई ब्यवस्थित, मर्यादित पार्दै लाने क्रममा "धर्म" शब्दले मान्यता पायो ।
किरातहरु आदिम जाती हुन् । किरातहरु हजारौं बर्ष अगाडिबाटै सभ्य र ब्यवस्थित जाती थिए भन्ने कुरा प्रामाणिक रुपमै पाईन्छ । त्यसैले हजारौं बर्ष अगाडिबाटै किरातहरुले कर्मकाण्ड, पित्री-प्रकृति पूजा लगायतका धार्मिक विधि बिधान गर्दै आएका थिए भन्ने कुरो दावी गर्न सकिन्छ । भलै किरातहरुले स्वीकारेको धार्मिक मान्यतालाई "किरात धर्म" नभनिएको होस् ।
अब कुरो रह्यो "फाल्गुनन्द" को । फाल्गुनन्दसँग जोडिएको किरात धर्मको त सताब्दी उकालो मात्रै लाग्दैछ । यदि फाल्गुनन्दलाई किरात धर्मको प्रवर्तक मान्ने हो भने त फाल्गुनन्द अगाडि किरातीहरु त जंगली अवस्थामै थिए भन्नू पर्ने हुन्छ ।
यहाँ मैले फाल्गुनन्दको महानतालाई अवमूल्यन गर्न खोजेको होइन । मात्र फाल्गुनन्द नै किरात धर्मको प्रवर्तक हुन् भन्ने बिचारलाई खण्डन गर्न खोजेको हुँ । अब प्रश्न उठ्छ कि,,,फाल्गुनन्दको योगदान के हो त ?
फाल्गुन्द किरात समुदाय भित्रका बिकृतिलाई सुधार गर्न चाहने एक सुधारक हुन् । जसले किरातीहरुमा बिद्यमान केही मान्यताहरुमाथी व्यापक सुधार गर्नु भएको छ । त्यसैले फाल्गुनन्द किरात धर्मको प्रवर्तक नभै सुधारक हुन् भन्नू न्यायसंगत हुन्छ ।
तर फाल्गुनन्दले सार्नु भएको सुधारात्मक बिचारलाई सबै किरातहरुले स्वीकार गरेनन् । त्यसैले किरात समुदायमा फाल्गुनन्दको बिचार,,,हिन्दु धर्म भित्रको शैब, बैष्णवी, कविर पन्थी आदि जस्ता पन्थको रुपमा रहेको कुरो घाम जस्तै छर्लङ्ग छ ।
यहाँ फाल्गुनन्दलाई किरात समाज भाँड्नेको रुपमा पनि बुझ्नु हुँदैन र किरात धर्मको संस्थापक नै फाल्गुनन्द हुन् भन्ने तर्क गर्नु पनि यूक्तिसंगत छैन ।
(बुझाईहरु आ-आफ्नो हुन्छन् । कतै मेरो बुझाईले कसैलाई ठेस पर्न गएमा क्षमाप्रार्थी छु)

No comments:
Post a Comment