Thursday, July 30, 2015

हाम्रा पूर्खाहरु प्राकृतिप्रकोपसँग हारेको इतिहास छैन

3 June 2015

१९९० सालको भूकम्पले पूर्वलाई ध्वस्त बनायो,,,,हाम्रा पूर्खाहरुले पुरानै ठाउँमा पुनः घर निर्माण गरे, कसैले अलिक समतल ठाउँमा सारे ।
२०४५ सालको भूकम्पले पनि पूर्वैलाई बढी क्षतिग्रस्त बनायो,,,हाम्रो बाबुहरुले त्यही ठाउँमा फेरि घर उभ्याए र कतिले सुरक्षित र समथर ठाउँमा सारे ।
हाम्रा पूर्खाहरु प्राकृतिप्रकोपसँग हारेको इतिहास छैन । आइपरेको बिपत्तिलाई आफ्नै बलबुताले सामना गरी भत्किएको संरचनाहरु निर्माण गरेर आफ्ना दैनिकीहरु चलाएको इतिहास सुरक्षित छ। यसैबाट भन्न सक्छौं अहिलेको अवस्थामा कसैले, केही सहयोग नगरे पनि ग्रामीण भेगका जनताहरु आफ्नो लागि खाने, बस्नेको ब्यवस्था गर्न सक्छन् तर सहरमा बसेर अरुलाई ठगी/भ्रष्टाचार गरी महल ठडाएका नव ढनाढ्यहरुको हकमा भने लागू नहुन सक्छ ।

No comments:

Post a Comment