Tuesday, July 14, 2015

हिन्दु धर्मावलम्बीहरुले लाज मान्नु पर्ने

5 July 2015

गर्ने खुमबहादुर खड्का र कमल थापालाई देखेर हिन्दु धर्मावलम्बीहरुले लाज मान्नु पर्ने हो,,,,तर उल्टै जयगान पो गाइरहेका छन् । कि भ्रष्टाचार गर्नुलाई मौलिक हक ठान्छ हिन्दु सत्ताले ? मलाई भने कुरीकुरी भन्न मात्रै आइरहेछ ।

Comments
1) Boz Raj
हिन्दू घरमा नै जन्मे हुर्केर पनि कति माओबादि र अन्य धर्मावलम्बि हरु अचेल न बाबुले मानेको न हजूर बाबु वा हजूर आमा ले मानेको पश्चिमी धर्म क्रिश्चियानिटी मन परेर हिन्दू देश लाइ नै धर्म निरपेक्ष हुन पर्छ भन्दै माग राख्नु सान्दर्भिक हुन्छ भने हिन्दू कै घरमा जन्मे हुर्केर धर्म परिवर्तन नगरी आज सम्म हिन्दू नै रहेका खुम र कमल जी ले हिन्दू देश हुन पर्छ भन्ने माग राख्नु लाइ गल्ति ठान्नु अलि असान्दर्भिक हुन्छ कि! हजूर को पनि नाम नै "इन्द्र" भए पछि सो नाम बाइबल को जोसेफ र कोरान को मोहमद भन्दा त कमल संगै नजिक होला क्यारे, अहिले जुन सुकै धर्म माने पनि हजूरको न्वारान गर्ने बेला सम्म त बाबु आमा पनि हिन्दू नै रहेछन भनेर लाटा लाइ पनि ज्ञान भयो नि, कि कसो हो!
अनि माथि प्रतिक्रिया दिने साथी हरु पनि अहिले जुन सुकै धर्म माने पनि न्वारन सम्म त किशोर, तुलसी, रत्न, समिर आदि जस्ता हिन्दू नाम नै भए पछि बाबु आमा त मोहमद, जेम्स हुन कुरो भएन भन्लान नि लाटा ले पनि, LOL!


2) Indra Narthunge
बहस राम्रै भएछ । मैले हिन्दु धर्म सापेक्षताको कुरो उठ्नु हुँदैन भन्न खोजेको होइन तर धर्मको खोल भित्र खुमबहादुर जस्ता भ्रष्ट र कमल थापा जस्ता मरेको राजतन्त्रको वकालत गर्ने अती पुरातनपन्थीले हिन्दुराज्यको वकालत गरिरहँदा हिन्दुकै बेइज्जत त गरेको छैन भन्ने कुरामा प्रश्न उठाएको हुँ ।

3) Indra Narthunge
Boz Raj सरलाई आज मैले पनि एउटा अनुरोध गरें कि, तात्कालिन राज्य सत्ताले हिन्दु इतरका जन समूहहरुलाई कसरी हिन्दुकरण गर्ने प्रयत्न गरे, सो को अध्ययन निश्पक्ष किसिमले एकपटक गर्नु होला । साथै सबै जातीको पहिचान, सबै भाषाको संरक्षण र सबै संस्कृतिको प्रवर्द्धनको लागि पहिचान पक्षधरहरुले सारेको बिचारलाई पनि समय मिलाएर विश्लेषण गर्नु होला। सबै भाषा सबैले अनिवार्य बोल्नु पर्ने, सबैको चाडमा सबैलाई अनिवार्य बिदा दिनु पर्ने भन्ने जस्ता केटाकेटी तर्कले पहिचानको मुद्दालाई दिग्भ्रमित पार्ने काम गर्नु यहाँ जस्ता बिद्वानलाई सुहाउँदैन । देशलाई धर्मनिरपेक्षताको नाममा इसाईकरण गर्न खोजिएको भन्ने बुझाई पनि बिद्वान जगतले गर्ने तर्क होइन ।

4) Sirukharke Jetha
यस्ता अतिवादीहरूको विरोध त आफ्नै समुदायका अल्लि बुझ्ने मान्छेहरूले नै गर्नुपर्छ । यदि जात धर्म या समुदायकै नाताले पक्ष लिन थाल्ने हो भने यस्ता नालायकहरू झन झन मौलाउदै जानेछन ।

No comments:

Post a Comment