Thursday, July 30, 2015

श्रद्धाञ्जली स्वर्गीय बीरेन्द्रको सबै परिवारलाई

June 2/ 2015

अरुलाई मारेर, ज्यूँदै छाला तरेर, नाक-कान काटेर, जाती च्यूत गरेर, पराजितहरुलाई देशबाट अन्तै लखेटेर शुरु भएको जहानियाँ सामन्तबादी शाह बंशको एघारौं पुस्ता बीरेन्द्र र उनको सबै परिवार सखाप भएको आजको दिन अर्थात जेठ १९,,,नेपालको राजनैतिक इतिहासमा बर्तमान पुस्तालाई तर्साई रहने दिन पनि हो ।
दामोदर पाण्डे, रणबहादुर शाह र उनका भाइ शेरबहादुर शाह काटिए, भिमसेन थापाले अपमान सहन नसकेर सेरिनु पर्यो, बिरोधी सबै भारदारहरुलाई कोतमा सखाप पारेर जहानियाँ राणा शासन स्थापना गर्ने जंङ्गबहादुरको सन्...तानलाई उनकै भाइ धिर शम्शेरका छोराहरुले सखाप पारे,,,र, अन्ततः बीरेन्द्रको पनि बंश नास भयो ।
आधुनिक नेपालको निर्माणसँगै बिकास भएको परिवारबादी-एकात्मकबादी राजनीतिक चिन्तन र उच्च जातीय अहंकारबादी सामाजिक/साँस्कृतिक चिन्तन कै उपज हो बिगतदेखि बर्तमानसम्म सत्ता प्राप्तिको लागि भएका हत्या-हिँसा र संघर्षका रुपहरु ।
देशमा गणतन्त्र स्थापना भैसकेर पनि यो चिन्तन परिवर्तन हुन नसक्नु सबैभन्दा बिडम्बनाको कुरो हो । संविधान नबन्नुको पछाडि पनि यही परिवारबादी-एकात्मकबादी राजनीतिक चिन्तन र उच्च जातीय अहंकारबादको मूख्य हात छ । यदि यस्तो चिन्तनलाई परिवर्तन गर्न नसक्ने हो भने जेठ १९ फेरि-फेरि पनि दोहोरिन सक्छ । त्यसैले २०५९ जेठ १९ आउनुको पछाडिका कारणहरु विश्लेषण गरेर आगामी दिनको मार्गचित्र कोर्न आजको दिनले नेताहरुलाई सद्बुद्धि देओस् । श्रद्धाञ्जली स्वर्गीय बीरेन्द्रको सबै परिवारलाई ।

No comments:

Post a Comment