Tuesday, July 14, 2015

दलालहरुको चौतर्फी बिरोध गरौं ।

9 July 2015
गरेको निर्णयको बिरुद्ध निर्लज्ज सडकमा उत्रेका म्यानपावर ब्यवसायको नाममा ठगी धन्दा चलाई रहेका यी दलालहरुको चौतर्फी बिरोध गरौं ।

मलेसियाको लागि सरकारले तोकेको अधिकतम ८० हजार नेपाली रुपैयाँको ठाउँमा तीन गुणा बढी रकम तिरेर पनि सम्झौता गरिए अनुसारको तलब र सुबिधा
नपाउने लाखौं नेपालीहरुको कथा-ब्याथालाई प्रत्येक्ष देख्ने/भोग्ने हामी छौं । मलेसिया जस्तो देशमा नेपालीहरु पठाउन पूर्ण प्रतिबन्ध लाउनु नै उचित हुन्छ ।

लाखौं यूबाहरुलाई ठग्न नपाईने भयो भनेर ङिच्च अनुहार लगाई सडकमा उत्रेका दलालहरु होसियार ! तिमीहरुकै कारणले दु:ख पाएर देश फर्किएका यूवाहरु र आम जनताले फेरि इराक हत्याकाण्ड पछिको अराजकता दोहोर्याउन नपरोस् ।

101 Sahare
105 Vews

No comments:

Post a Comment