Wednesday, July 29, 2015

SLC नतिजा

21 June 2015

अहिले कम्तिमा यति गरे पनि सरकारी बिद्यालयको SLC नतिजा केही बर्ष भित्रै दोब्बर हुन्छ ।
१) पार्टीसँग जोडिएका शिक्षक संगठनहरुको खारेजी । शिक्षकहरुको हक हितको लागि एउटा मात्र गैह्र राजनीतिक संगठन खोल्ने अनुमती ।
२) बिद्यालय ब्यवस्थापन समितिमा स्वतन्त्र ब्यक्तिहरु मात्र निर्वाचित हुनुपर्ने प्रावधान । कुनै पनि राजनीतिक पार्टीमा संलग्न ब्यक्ती ब्यवस्थापन समितिको पदाधिकारी बन्न चाहान्छ भने उसले अनिवार्य राजीनामा दिएर पदावधि भर पार्टीको सदस्यता नलिने प्रतिवद्धता ।
...
३) २० बर्ष माथिका शिक्षकहरुको अनिवार्य अवकाश ।
४) ५-५ बर्षको अन्तरालमा प्रधानाध्यापकको परिवर्तन ।
५) ५ बर्ष एउटा बिद्यालयमा सेवा प्रदान गरिसकेपछि शिक्षकको अनिवार्य सरुवा ।

Comments

1) Gyanendra Rai Ganu
 संपूर्ण सरकारी कर्मचारी को छोरा छोरी को शिक्षा सरकारी बिद्यालयमा हुनु पर्यो ७०% समस्या समाधान हुन्छ। बाकी ३०% समस्या तपाईंले भनेको जस्तो।

2) Raju Chetri Apuro
बुदा नं३ अिल सुहाउँदो भए जस्तो लागेन। बाकी चाहिँ like हान्दिये ल

3) Boz Raj

[वेलायत को पूर्व शिक्षक को नाताले मैले यो विचार राखें है]
...
१ र २ मा शत प्रतिशत मेरो पनि सहमति! यो काम गर्न अझै बिलम्ब गर्यौं भने हामीले खाडी का लागि मात्र मजदूर उत्पादन गर्न सक्छौं तर अन्य जनश्रोत उत्पादन गर्न कठिन हुनेछ!
...
२० वर्ष पुग्दैमा शिक्षक लाइ अवकाश दिन ब्यबहारिक हुँदैन, किनकि उनीहरु लाइ त्यति सानो उमेर [४१ - ४२ वर्ष] देखि काम बाट हटाएर पेन्सन दिन पनि पेन्सन दिने संस्था लाइ कठिन हुन्छ. बरु हरेक शिक्षक को दक्षता हरेक वर्ष परिक्षण गरेर परिक्षण मा असफल हुने लाइ अतिरिक्त तालिम दिनु राम्रो हुन्छ.
...
प्रधानाध्यापक लाइ पनि ५ वर्षमा नै सरुवा गर्न पर्छ भन्ने छैन, विद्यालय को स्तर हरेक वर्ष वा २-३ वर्षमा तटस्थ संस्था ले जाँचेर यदि स्तर गिरेको भए वरु "अवकाश" दिनु राम्रो हुन्छ, किनकि एक पल्ट प्रधानाध्यापक भै सके पछि त्यहाँ भन्दा माथी जाने ठाउँ छैन.
...
५ वर्ष पछि सरुवा गर्नु पनि ब्यबहारिक कठिनाइ हुन्छन, यो गर्नु आवश्यक छैन!
...
... वास्तवमा अन्य क्षेत्र मा जस्तै शिक्षा मा पनि नियन्त्रण नभएर यस्तो विचार आएको हुन पर्छ, सहि नीति निर्देशन र नियन्त्रण हुन सके समसामयिक सुधार गरे हुन्छ! ... शुभ दिन!

No comments:

Post a Comment