Monday, September 7, 2015

Tanka Karki

3 September 2015
विद्वान कमरेड,,,यहाँको बिद्वतालाई कदर गर्दै र यहाँले ब्यक्त गर्नु भएको चिन्तालाई मेरो पनि चिन्ता ठान्दै केही सवालहरु राख्दैछु ।
१) अहिले आन्दोलनकारीहरुले सरकारसँग कुनै नयाँ माग पेश गरेका छैनन् । खाली बिगतमा राज्यद्वारा गरिएका सम्झौता र प्रतिवद्धतालाई पूरा गर मात्र भनिरहेका छन् ।
२) बिगतमा गरिएका सम्झौताहरु दवावमा आएर वा तात्कालिन समयमा बाध्यतावस गरिएको थियो भने,,,सो सम्झौतामा संलग्न शक्तिहरुसँग पुनः छलफल किन राज्यले गरेन ? छलफल गर्ने आवश्यकता नदेख्नुको पछाडि बिगतमा भएको सम्झ...ौता ठिक थियो भन्ने अर्थ लाग्दैन र ?
३) लामै बहस र छलफलपछि ६ वटा सङ्घीय प्रदेश सहितको सङ्घीय संरचना चार पार्टीको बैठकले निर्णय गर्यो । निर्णय लगतै सुर्खेत, कर्णाली र पश्चिमका थारु बाहुल्य जिल्लामा आन्दोलनले गति लियो । सुर्खेतमा केही जना मारिए, कर्णाली र थारु बाहुल्य जिल्लामा आन्दोलन रोकिने अवस्थामा थिएन । त्यसपछि तिनै चार दलका नेता बसेर कर्णालीले उठाएको मागलाई सम्बोधन गरि सात प्रदेश बनाउने निर्णय गर्यो । जसरी भैगोलिक रुपमा उपेक्षित कर्णालीबासीको स्वायत्तताको चाहना थियो, त्यही चाहाना जातीय रुपमा सबैभन्दा बढी र ठूलो संख्यामा उपेक्षित थारुहरुको पनि थियो । कर्णाली र थारु दुवैको माग उही स्वायत्तता नै हो । त्यही पहिचानका ५ र सामर्थ्यका ४ आधार भित्रै रहेर थारुहरुले पनि आन्दोलन गरेका हुन्। अहिले मदेश, मगर, लिम्बू वा सम्पूर्ण आदिवासी जनजातिको माग सबै पार्टीहरुले स्वीकार गरेको राज्य पुनः संरचनाको आधारभन्दा पर छैन । तर यही कुरोलाई बङ्ग्याएर जातीय राज्य माग्यो भन्नू कति सान्दर्भिक होला ?

दानवीय स्वभाव

3 eptember 2015

आज मैले ड्यूटी गर्ने कम्पनीमा कार्यरत एक इन्डियन मुलका मलेसियन नागरिकको जवान छोरो एक्सिडेन्टमा मर्यो भन्ने समाचारले आहात छु ।
चरी वा घैंटे अथवा सद्धाम र गद्दाफी जो मारिन्दा पनि मन उसैगरी दुख्यो ।
थाइल्यान्डमा पारस शाह घिटिक घिटिक भैरहँदा पनि ऊ बाँचोस् नै भन्ने कामना गरियो ।
...
आदिवासी जनजाती र मदेशीलाई सबैभन्दा बढी अपमानित गर्ने/ आदिवासी जनजाति र मदेशीलाई सबैभन्दा ठूलो दुश्मन ठान्ने एमालेका बर्तमान केपी ओली अझै लामै समय बाँचोस् भन्ने नै कामना गरिन्छ ।
सायद मानव हुनुको नाताले अरुको मृत्युमा आफ्नो खुशी भेटिन्दैन । संसारका जस्तै अपराधीहरुलाई मृत्यु हैन सुधारेर जीवन दिनुपर्छ भन्ने मान्यता नै सायद मानवीय भावना हो ।
तर हिजोदेखी फेसबुकको भित्तोभरी आङकाजी शेर्पालाई इन्काउण्टर गर, फाँसी दे भन्ने स्टाटस र प्रतिक्रिया पढिरहेको छु । सायद अरुको मृत्युको कामना गर्नु नै दानवी स्वभाव हो ।
यस्तै दानवीय स्वभाव भएका मानिसहरुको हातमा नै सत्ताको साँचो भएपछि प्राकृतिक रुपले सबैभन्दा धनी देश नेपाल आज संसारकै गरिब र भिखारी भएको छ ।
तर पनि मानव हुनुको नाताले दानवहरुलाई सुध्रिनु नै सल्लाह दिन्छु ।

गीरि, पुरी, सन्यासी

4 September 2015

गीरि, पुरी, सन्यासी खस आर्य भित्र कै जात हुन् तर हिन्दु आर्य बर्णवादी ब्यवस्थाले गीरि, पुरी, सन्यासीलाई क्षेत्रीभन्दा सानो जातको रुपमा उभ्याएको छ । तापनि गीरि, पुरी, सन्यासीलाई हिन्दु-आर्य इतरका समुदायले क्षेत्री समुदायमै गणना गरेर हेर्ने गर्छन् ।
पहिला क्षेत्री र गीरि, पुरी, सन्यासीबीच बिवाहवारी चल्दैन थियो तर अचेल सामान्यत: बिवाहवारी चल्छ । तर क्षेत्रीले गीरि, पुरी, सन्यासीको छोरी बिवाह गरे पनि कुल छुन कतै कतै प्रतिबन्ध छ । क्षेत्रीको मष्ट पूजामा सन्यासी बुहारीलाई सहभागी गर...ाउन हुँदैन भन्ने चलन अझै पनि क्षेत्री समाजमा छ ।
हिन्दु आर्यको सांस्कृतिक प्रतिकको रुपमा रहेको जनाई क्षेत्रीहरुले दुई सरो लाउँछन् भने गीरि, पुरी, सन्यासीहरुले एक सरो मात्र लाउँछन् । हिन्दु आर्य समाजमा सन्यासीहरु पनि साँस्कृतिक हिसाबले हेर्ने हो भने उत्पीडित समुदाय नै हुन् ।
खगेन्द्र सर,,,,तपाईं कहाँको गीरि पर्नु भो थाहा छैन तर म डा. तुलशी गीरिको छिमेकी हुँ । त्यसैले गीरिहरुको सामाजिक साँस्कृतिक अवस्था मात्र होइन,,किन २०१७ सालमा नेपाली काँग्रेसको महामन्त्री हुँदाहुँदै पनि डा. तुलशी गीरिले राजा महेन्द्रलाई साथ दिए भन्ने कुरालाई सामान्यत: केलाएको पनि छु ।
लेख्नलाई अब पुरानो शास्त्र पल्टाएर मात्र हुँदैन त्यसको विश्लेषण गर्न पनि जरुर छ । शास्त्रको पुरानो श्लोक कण्ठ गरेर मात्र धर्मको रक्षा हुँदैन । धर्मको रक्षा गर्नलाई गलत कुराहरु त्याग्न पनि जरुरी छ ।

श्रीकृष्ण सौन्दर्य !

5 September 2015

युद्घ नायक वा युद्घ सरदारहरु एउटा कोणबाट हेर्दा बीर देखिन्छन् तर अर्को कोणबाट अपराधी । त्यसैले पौराणिक वा आधुनिक कुनै पनि युद्घ सरदारहरुको मृत्यु स्वभाविक रुपमा नभै जटिल अवस्थामा भएको देखिन्छ ।
महाभारत, एक पौराणिक साहित्य र त्यसका नायक श्रीकृष्ण हुन् । यद्यपि धेरै घटनाहरु सत्यको नजिक भएको जिकिर गरिन्छ ।
...
महाभारतको युद्घलाई यति बिभत्स ढङ्गले बर्णन गरिएको छ कि, पढ्दै जाँदा मानवमुटु टुक्राटुक्रा बन्छ । भिष्म पितामहमाथि सिखण्डीको आड लागेर बाण प्रहार गरिएको दृश्यदेखि चक्रब्यूहमा फसेको अभिमन्यूमाथि सबैको आक्रमण, हिलोमा गाडिएको रथाको पाँग्रा निकाल्दै गरेका अस्त्र बिहिन कर्णमाथिको लगातार बाण प्रहारका दृश्यसम्म आईपुग्दा मानव हृदय भावविह्वल बन्छ । दुस्साशनको रगतले केस धुने द्रौपतिको सहास त्यसबेला टुक्रिन्छ जतिबेला सुतिरहेका उनको छोराहरुको अश्वस्थामाले शीर छेदन गर्छ । अन्ततः कुरुक्षेत्र मानव लासले भरिन्छ र सारा राज्यमा बिधवाहरुको चित्कारमात्र बाँकी रहन्छ ।
महाभारत युद्घका नायक उनै श्रीकृष्ण हुन् । खलनायकको रुपमा उभ्याईएको दुर्योधनले जम्मा ५ गाउँ अंश नदिदा त्यो युद्घ रचिएको हुन्छ । आफन्तहरुसँग युद्घ लडेर सुख प्राप्त गर्नुभन्दा बरु बनकै बास निको ठान्न पुगेका अर्जुनलाई गीता श्रवण गराएर उनै श्रीकृष्णले युद्घलाई अनिवार्य बनाई दिन्छन् । यसर्थ महाभारत युद्धको रचयिता श्रीकृष्ण नै हुन् ।
महाभारतको युद्ध टुङ्गिएपछि तिनै युद्घनायक श्रीकृष्णको राज्यमा अशान्ति फैलन्छ । आपसमा सबै काटमार गर्न थाल्छन् । त्यो अवस्थालाई रोक्ने सामर्थ्य श्रीकृष्णसँग हुँदैन । अन्ततः उनी एक आफन्तको बाणको शीकार हुन्छन् । उता श्रीकृष्णको युद्घ कौशलको सहयोगले कौरबहरुको सबै थोक जिते पनि पाण्डबहरुसँग जीतको खुसी साट्ने आफन्तहरु नै नभएपछि राज्य त्यागेर कठोर यात्राको शुरु गर्छन् र यात्रामै मर्छन् ।
आज श्रीकृष्ण जन्माष्टमी । पौराणीक साहित्यिक ग्रन्थको पात्र भएर पनि श्रीकृष्ण भगवान भएका छन् । माहाभारत भित्र उनको गुणलाई मात्र ब्याख्या गरिएको छैन, प्रत्यक्ष–अप्रत्यक्ष रुपमा अनेकौं दोषहरु पनि औंल्याईएको छ । भगवान हुनु दोषबाट उम्कनु विल्कुल होईन बरु दोषको घेरा भित्र रहेर अरुलाई दोष मुक्त पार्न प्रयत्नशिल रहनु हो । अब सोह्रसय गोपिनीको गोपी वा महाभारत युद्घको रचयीता होईन राधाको प्रेमी र ग्वालाहरुको मिल्ने साथीमा श्रीकृष्णको छवि बढि चम्किन्छ । किनकी युद्घ नायक/सरदारहरु जतिसुकै महान युद्घ लडे पनि अन्ततः कसै न कसैबाट अपराधी नै ठहरिन्छन् ।
परन्तु कृष्णको युद्घकला र जीवन चरित्रसँग प्रभावित हुनेहरु धेरै छन् । खासगरि शासकहरु आफूलाई श्रीकृष्ण नै बनाउन खोज्छन्/चाहान्छन् । अझै श्रीकृष्णबाट प्रभावित भएर अधिकारका लागि लड्नेहरु पछि तिनै दुर्योधन बन्छन । फेरि तिनीहरुलाई हटाउन अर्को श्रीकृष्णको जन्म हुनुपर्छ ।
जब आफन्तहरु आपसमा काटामार गरेको दृश्य देखेर ब्याकुल बनी समुन्द्र तटको पिपलको बृक्ष मुनी बसेको बेला कुनै आफन्तले छोडेको बाण लाग्दा देखिएका एक निरिह श्रीकृष्णको छवि आँखामा आउँछ तब सोह्र सय गोपिनी र युद्घका बिभीषिकाभन्दा राधा र बृन्दावनको कथा रोचक लाग्छ । त्यसैले श्रीकृष्णलाई राधा र बृन्दाबन मै सिमित राखेर अब अगाडिको कहानी हामीले नै शुरु गर्ने कि ?

सल्लाह

6 September 2015

जात र क्षेत्रबाट माथि उठौं भन्ने नेता ज्यूहरुलाई पार्टी बिचार र ब्यक्तिगत स्वार्थबाट माथि उठ्न सल्लाह दिन्छु ।

मेरो कमजोरी

6 September 2015


सायद मेरो कमजोरी यसैमा छ कि,,,म सधैँ उत्पीडितको पक्षमा बोल्छु ।
नेपालको पछिल्लो जनगणना अनुसार १३% ब्रम्हाण छन्, जसमा ५ % अति बिपन्न होलान् तर सामाजिक रुपमा कोही पनि उपेक्षित छैनन् । तर १३% दलितमा ९०% अति बिपन्न छन्,,,१००% नै सामाजिक रुपमा उपेक्षित छन् त्यसैले मसधैँ दलितको पक्ष लिन्छु ।
...
महिलाबाट ५ प्रतिशत पुरुषहरु पीडित होलान् तर पुरुषबाट ७० प्रतिशत ज्यादा महिला उत्पीडित छन्, त्यसैले म महिलाको पक्षमा बोल्छु ।
मदेशमा पहाडेहरुलाई पनि जरुर घृणा गरिन्छ,,,तर पहाडे मनोविज्ञान यस्तो छ कि, कालो अनुहार देख्न साथ बिहारी वा धोती हुन्छ । एउटा नेपाली, नेपाल भित्रै पराई बन्नु पर्ने अवस्था मलाई पच्दैन र मदेशीको पक्षमा बोल्छु ।
राज्यद्वारा एउटा भाषालाई संरक्षण गरेर जसरी अरु भाषा, संस्कृति माथी विभेद गरियो, त्यसले आफ्नै भाषा भएका समुदायलाई पछाडि पार्ने काम गर्यो । जस्तो कि, मगर समुदायमा 'त' लाई पनि 'ट' नै र 'ट' लाई पनि 'ट' नै उच्चारण गरिन्छ । अब आफै भन्नुस्,,,,ती मगर साथीले कसरी सुद्धसँग नेपाली अक्षर लेखेर/बोलेर परीक्षामा धेरै मार्क ल्याउला ? त्यसैले म सबै भाषाको संरक्षण र बिकासमा राज्यले भूमिका खेल्नुपर्छ र सरकारी कार्यालयहरुमा स्थानीय भाषालाई पनि मान्यता दिनुपर्छ भन्ने पक्षमा बोल्छु ।
मेरो गाविस जहाँ सबैभन्दा बढी जनसंख्या राईको छ । राई, पछि क्षेत्रीहरु हुनुहुन्छ । राजनीतिक रुपमा हेर्ने हो भने पञ्चायत कालभरि ब्राह्मण समुदायका ब्यक्ती प्रधानपञ्च र राई समुदायका ब्यक्ती उपप्रधानपञ्च भैरहे । बहुदल आएपछि दुवै कार्यकाल राई समुदायको अध्यक्ष भए, उपाध्यक्षमा दुवै कार्यकाल ब्राह्मण समुदायका ब्यक्तिले जिते । तर दोश्रो धेरै जनसंख्या भएको क्षेत्री समुदाय अहिलेसम्म गाविसको प्रमुख र उपप्रमुख भएकै छैनन् । वडा अध्यक्षमा पनि नगन्य मात्र निर्वाचित हुने गर्छन् । त्यसैले एउटै मात्रै समुदायको ब्यक्ति कार्यकारी प्रमुख भैरहने चलनलाई संवैधानिक ब्यवस्थाद्वारा अन्त्य गरिनुपर्छ भनेर म बोल्छु ।
मेरै गाउँ-समाजमा क्षेत्री समुदाय दोहोरो उत्पीडनमा छन् । एकातिर मूर्ख राईहरुद्वारा बिनाकारण शारीरिक/मानशिक यातना भोग्छन् भने अर्कोतिर कर्मकाण्डको नाममा पण्डितलाई पूजा गरिरहनु पर्ने र दान दक्षिणा चढाई रहनु पर्ने कुराले आजित छन् । धेरै क्षेत्री समुदायलाई दुवै तर्फबाट आफ्नो छोरीचेली जोगाउन पनि गाह्रो छ । त्यसैले म त्यसप्रकारको उत्पीडनको बिपक्षमा बोल्ने गर्छु ।
र,
खासगरी मलेसियामा मंगोलियन अनुहार भएका नेपालीहरुलाई स्थानीय लुटेराहरुले सहजै आक्रमण गर्न सक्दैनन् । किनकी मंगोलियनहरुको अनुहार स्थानीय चाइनिज, भियतनामीज, बर्मिजसँग मिल्दोजुल्दो हुन्छ । नेपाली नै हो भन्ने थाहा लागे मात्र लुट्न तम्सन्छन् । तर खसआर्य समुदायका ब्यक्तिहरुलाई सहजै नेपाली हो भनेर ठम्याउने र लुट्ने गर्दछन् । त्यसैले बजारतिर निस्किएका मंगोलियन अनुहारका साथीहरुभन्दा खस-आर्य साथीहरुको चिन्ताले बढी पिरोलिन्छु ।
सायद मेरो गल्ती यही नै हो ।

गणतन्त्रको परिभाषा

7 September 2015
"पृथ्वीनारायण शाहले आततायी युद्धद्वारा अरुको राज्यमाथि दखल गरेपछि,,,,,, राज्यको श्रोत साधनलाई शाही परिवार र भाइभारदारहरुले मनोमानी ढंगले खर्च गर्न पाउने ब्यवस्था कायम भएको हुँदा अब उप्रान्त सो ब्यवस्थालाई खारेज गर्दै सो सम्बन्धी सम्पूर्ण अधिकार केही पार्टीका सिमित उच्च जातीका नेतामा मात्र रहने ब्यवस्थालाई 'गणतन्त्र' भनिने छ ।"
संविधानमा गणतन्त्रको परिभाषा यस्तो राख्दा कसो होला ?